पढ्न करिब 1 मिनेट लाग्छ
<p><b>असोज १९ , काठमाडौं। </b>जल तथा मौसम पूर्वानुमान महाशाखाले मंगलबार देशभर आंशिकदेखि सामान्य बदली रहने जनाएको छ।<br></p><p>बदलीका कारण दिउँसो कर्णाली र सुदुरपश्चिम प्रदेशका एक दुई स्थानहरुमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।</p><p>यस्तै राति पनि देशभर आंशिकदेखि सामान्य बदली रहनेछ भने कर्णाली र सुदुरपश्चिम प्रदेशका एक दुई स्थानहरुमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ।</p>

