२०८३, ३ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रारामा चहलपहल बढ्यो, घोडा व्यवसायी उत्साहित

२०७८, १९ आश्विन मंगलवार ०८:३१

असोज १९ , मुगु , न्युज कारखाना। कर्णाली प्रदेशको प्रमुख पर्यटकीय स्थल रारा तालमा चहलपहल बढ्न थालेको छ। कोरोना कारण लामो समयसम्म थला परेको रारा ताल पछिल्लो समय कोरोना संक्रमणले केही ओरालो लागे पछि  वर्षा सकिएर मौसम खुलेसँगै रारा घुम्ने सिजन सुरु भएको हो।

पोखरा, काठमाडौ, नेपालगञ्ज, विराटनगर, चितवनलगायत ठाउँबाट रारा आउनेहरू बढेको रारा राष्ट्रिय निकुञ्जले जनाएको छ। सहरी क्षेत्रबाट दैनिक ३० जनासम्म पर्यटक रारा आइरहेका छन्। दैनिक ५० जनासम्म स्थानीय पर्यटक रारा घुम्न आउने गरेका छन्। कर्णाली राजमार्ग हुँदै रारा आउने पर्यटक पनि बढ्न थालेको निकुञ्जका संरक्षण अधिकृत बद्रिविनोद दाहालले बताए। उनका अनुसार जहाजबाट आउने पर्यटकको संख्या बढेपछि निजी एयरलाइन्सले दैनिक पाँचवटासम्म उडान भर्न थालेका छन्। 

लामो समयपछि फिनल्याडका नागरिकको टोली पनि रारा आएको निकुञ्जले जनाएको छ। पर्यटकको चहलपहल बढ्न थालेपछि कोरोना महामारीका कारण कारोबार शून्य भएका होटेल, कटेज र होमस्टे पनि खुल्न थालेका छन्। करिब सात महिनापछि पर्यटकले कोठा बुक गर्न थालेको माझघट्ट होमस्टेका सञ्चालक रत्नसिंह रोकायाले बताए।

‘पर्यटक बढेपछि खानपिन, सरसफाइ र अन्य व्यवस्थापनको तयारी थालिएको छ', उनले भने, ‘अहिले दैनिक कोठाहरू बुक हुन थालेका छन्। उनले पर्यटक बढ्न थालेपछि होटेल व्यवसायी, डुंगा सञ्चालक र घोडा व्यवसायी उत्साहित बनेको बताए।

लामो समय कामविहीन बनेका घोडाले बल्ल काम पाउन थालेको व्यवसायी गोर्ख रोकायाले बताए। उनले दैनिक एक हजार रुपैयाँसम्म कमाइ गरिरहेका छन्। 

हिजाेआज  करिब १५ पर्यटकलाई आसपासका गाउँमा घुमाइरहेको जानकारी दिए। पछिल्लो समय मुर्माटप पनि आन्तरिक पर्यटकको रोजाइमा परेको छ। रारा आएका पर्यटक घोडा चढेर मुर्माटप जान्छन् भने त्यहाँबाट सैपाल हिमाल, छायानाथ तीर्थस्थलसहितको अवलोकन गरेर फर्किन्छन्। पर्यटकको रोजाइमा मुर्माटप परेपछि पर्यटकको सुविधाका लागि रारा इको रिसोर्ट निर्माण गर्न थालिएको छ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
१२ वटा संसदीय समितिको सभापतिमा मनोनयन दर्ता अरुलाई जे नियम लागू हुन्छ हामीलाई पनि त्यही हुने हो: रवि लामिछाने सरकारी छाप दुरुपयोग गरेको अभियोगमा तीन जना पक्राउ कालीगण्डकी नदीमा बेपत्ता भएका दुई युवक मृतावस्थामा फेला अहिलेको संविधानप्रति सरकार पूर्ण बफादार छ: अर्थमन्त्री वाग्ले नेप्सेमा गिरावट बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार ! सभामुखलाई भेट्न पुगे विपक्षी दल संसदीय समितिका सभापतिका लागि रास्वपाले टुंग्यायो नाम कांग्रेसको संसदीय दलको बैठकमा प्रतिपक्ष दलको बैठक सुरु रास्वपाको संसदीय दलको बैठक सुरु कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार ट्याक्टरको ठक्करबाट एक बालिकाको मृत्यु पूर्वमन्त्री खड्काको बन्दीप्रत्यक्षीकरणको रिटमाथि आज सुनुवाइ हुँदै सुन-चाँदीको मूल्यमा वृद्धि यूएईले दियो १२८ जना नेपालीलाई आममाफी गृहमन्त्री गुरुङ र जापानी राजदूत तोरुबीच भेटवार्ता पूर्वऊर्जामन्त्री खड्काको बन्दीप्रत्यक्षीकरण रिटमा फाइल झिकाउन सर्वोच्चको आदेश मुद्दा विचाराधीन भएको अवस्थामा कुनै पनि समितिले मलाई स्पष्टीकरण सोध्नु भनेको हास्यास्पद छ: खड्का परराष्ट्र मन्त्री खनालसँग जर्मनीका राजदूतको शिष्टाचार भेटवार्ता