2026-07-11 07:43 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मन्त्रालय बाँडफाँड : जसपाले कुन-कुन मन्त्रालय पायो ? (नामसहित)

2021-10-05

असोज १९ , काठमाडौं। सत्ता गठबन्धनका शीर्ष नेताहरुबीच मन्त्रालय बाँडफाँडको विषयमा सहमति जुटेको छ। मंगलबार मध्यान्ह बालुवाटारमा बसेको शीर्ष नेताहरूको बैठकले करिब मन्त्रालय बाँडफाँट गरेको हो। गठबन्धनबीच मन्त्रालयको संख्या र नाम नै टुंगो लगाउन समस्या भएको थियो।

एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालको स्वास्थ्य समस्याका कारण गठबन्धनको छलफल हुन सकेको थिए। मंगलबार जुटाएको सहमति समाजवादी पार्टी (जसपा)ले ५ मन्त्रालय पाउने भएको छ। जसअनुसार जसपाले भौतिक पूर्वाधार तथा यातायात, शिक्षा, विज्ञान तथा प्रविधि, संघीय मामिला तथा सामान्य प्रशासन, वन तथा वातावरण र श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय पाउने भएको हो।

‘अब कुनै नाटकीय फेरबदल भएन भने हाम्रो भागमा यी मन्त्रालय हुने छन्,’ जसपाका एक नेताले भने। तर, एकीकृत समाजवादीका एक नेताको भनाइमा औपचारिक रूपमा मन्त्रालयको संख्या टुंगो लगाएको भए पनि केही मन्त्रालयमा भने छलफल भइरहेको छ। जसपाले दाबी गरेका केही मन्त्रालयमा एकीकृत समाजवादीले पनि दाबी गरेका कारण केही मन्त्रालय भने अझै फेरबदल हुन सक्नेछन्।

अहिलेसम्मको सहमति अनुसार कांग्रेसले ६, माओवादी, एकीकृत समाजवादी र जसपाले ५-५ वटा मन्त्रालय पाउनेछन्। त्यसमा एक-एक जना राज्यमन्त्री चाहिँ जसपाबाहेकका दलले पाउनेछन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्लाहीमा पनि एक युवाले गरे आत्मदाहको प्रयास​​​ रामेछापमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु गणेश नेपाली आत्मदाह घटनामा माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न समिति गठन घाँटी चिच्याएर मात्रै हुँदैन, जनताको सेवा गर्छु भनेर मुखले बोलेर मात्र पुग्दैन: गृहमन्त्री गुरुङ गणेश नेपालीको मृत्यु सरकारप्रति जनतामा बढ्दो निरासा र असुरक्षाको भयावह संकेत: खुश्वु ओली आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: नेकपा अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनको मृत्यु प्रतिनिधिसभा बैठक बस्दै राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण सुनचाँदीको मूल्य बढ्यो खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट