२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेकपा (एस)ले मन्त्रीको नाम पठाउन मापदण्ड बनाउँदै

२०७८, १९ आश्विन मंगलवार १६:०२

असोज १९, काठमाडौँ | विधि र पद्धतिको वकालत गर्दै आएको नेकपा (एकीकृत समाजवादी)ले चाँडै विस्तार हुने मन्त्रिपरिषद्‍मा कस्ता व्यक्तिलाई मन्त्री बनाउला भन्ने आमचासोको विषय बनेको छ । 

नेकपा एमालेसँग विधि, प्रक्रियामा असहमति जनाउँदै अलग भएको नेकपा (एस)ले पार्टीले कस्ता व्यक्तिलाई मन्त्रिपरिषद्‌मा पठाउला भन्ने सबैको चासो रहेको छ । ढिलोमा आगामी शुक्रबारसम्म मन्त्रिपरिषद् विस्तार हुने चर्चा चलिरहेका बेला नेकपा (एस) सहभागी हुने व्यक्तिको मापदण्ड बनाउने तयारीमा जुटेको छ । 

सो पार्टीका केन्द्रीय सदस्य जगन्नाथ खतिवडाले मन्त्रिपरिषद्‌मा सहभागी हुनेको मापदण्ड बनाइने जानकारी दिए । उनले मापदण्डका बारेमा अहिलेसम्म छलफल नभएको र चाँडै नै मापदण्ड बनाइने बताए । उनका अनुसार ज्येष्ठता, योग्यता, समय सापेक्ष, भौगोलिक र समावेशीकरण जस्ता मापदण्डका आधारमा पार्टीले मन्त्रीहरूको नाम पठाउने बताए ।

नेकपा (एस)का महासचिव वेदुराम भुसालले मापदण्ड बनाएर नै मन्त्रिपरिषद्‌मा पार्टीबाट व्यक्ति पठाउने बताए । उनले पार्टीले भूगोल, इतिहास, व्यक्तिको भूमिका, समुदाय जस्तालाई मापदण्ड बनाइने जानकारी दिए । 

‘हामी मन्त्रिपरिषद्‌मा पार्टीका तर्फबाट सहभागी हुनका लागि मापदण्ड बनाउँदै छौँ’, उनले भने, ‘ती मापदण्डका आधारमा मात्र हामीले मन्त्रिपरिषद्‌मा सहभागी गराउँछौ ।’ उनले चाँडै नै बस्ने स्थायी कमिटी बैठकबाट ती मापदण्ड बनाउने र त्यसैको आधारमा मात्र मन्त्रिपरिषद्‍‌मा व्यक्ति पठाउने बताए । 

नेकपा (एस)ले अहिलेको मन्त्रिपरिषद्‌मा पाँचवटा मन्त्रालय पाउने संभावना छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो