९ पुष २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आन्तरिक परामर्शमा सत्तारुढ दलहरू, होला त मन्त्रिपरिषद् विस्तार ?

२१ आश्विन २०७८, बिहीबार ०५:५२

असोज २१ , काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन्। दलहरुबीच मन्त्रालय बाँडफाँटको टुंगो लागेपछि देउवाले मन्त्रिपरिषद् विस्तारको तयारी गरेका हुन्। गठबन्धनमा रहेको नेकपा (माओवादी केन्द्र)ले भने सरकारमा पठाउने नाम टुंग्याएको छ। हिजो बसेको स्थायी समिति बैठकले माओवादीबाट देवेन्द्र पौडेल, शशी श्रेष्ठ, महेश्वर गहतराज मन्त्री र बोधमाया यादवलाई राज्यमन्त्रीमा पठाउने निर्णय गरेको थियो।

गठबन्धनका अन्य दलले भने नाम टुंग्यान सकेका छैनन्। काँग्रेस र नेकपा (एकीकृत समाजवादी) भित्र मन्त्रालय बाँडफाँटलाई लिएर विवाद कायमै छ। काँग्रेसमा रामचन्द्र पौडेल पक्ष र संस्थापन देउवा पक्षबीच कति मन्त्रालय लिने भन्नेमा विवाद छ। पौडेल पक्षले काँग्रेसको भागमा आएका बाँकी पाँचमध्ये तीन मन्त्रालय मागे पनि देउवाले दुई मात्रै दिने बताएका छन्।

देउवा र पौडेलबीच आन्तरिक बाँडफाँट मिलाउनका लागि बुधवार बेलुका छलफल भएको थियो तर देउवाले दुई मन्त्रालय मात्रै दिने भनेपछि पौडेल पक्ष बैठक छोडेर हिँडेको थियो। एकीकृत समाजवादीले मन्त्रालय बाँडफाँटलाई लिएर दलहरुबीच पुनः छलफल हुनुपर्ने माग गरेको छ। हालको गठबन्धनको सूत्रधार भएको नाताले आफूलाई अरू दलसरह व्यवहार गरिनुपर्नेमा राज्यमन्त्रीसहित चार मन्त्रालय दिने भनिएकोमा एकीकृत समाजवादी असन्तुष्ट छ।

पार्टीभित्र आकांक्षी धेरै रहेको र भागमा परेको मन्त्रालयले व्यवस्थापन गर्न कठिन परेकाले बिहीबार एकीकृत समाजवादीको स्थायी कमिटी बैठक बस्दैछ। एकीकृत समाजवादीले मन्त्रालय बाँडफाँटबारे दलहरुबीच फेरि छलफल हुनुपर्ने र आफूले थप मन्त्रालय पाउनुपर्ने माग गरेको छ।

यस्तै जनता समाजवादी पार्टी नेपाल (जसपा) ले अहिलेसम्म मन्त्री बन्नेको नाम टुंग्याएको छैन। तर त्यसको जिम्मेवारी पाएका नेता उपेन्द्र यादवले बिहीबार नै नाम दिने तयारी गरेको बुझिएको छ। जसपामा राजेन्द्र श्रेष्ठ, महेन्द्र यादव, रेणु यादव, प्रदीप यादव, अमृता अग्रहरी, मृगेन्द्र यादव, मोहम्मद इस्तियाक राई, रामसहाय यादवलगायत आकांक्षी छन्। आफ्नै दल र बाँकी अन्य दलमा नाम नटुंगिए आज पनि देउवा सरकारले पूर्णता पाउने छैन।

मन्त्री हुने नेताहरूको नाम टुंग्याउन सत्तारुढ गठबन्धनमा रहेका दलहरू आज पनि छलफलमा व्यस्त छन्। माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि आजै मन्त्रिपरिषद् विस्तार हुने तयारी रहेको बताएका छन्। राजधानीमा आयोजित एक कार्यक्रममा प्रचण्डले उस्तै परे आजै शपथ हुने बताए। ‘भर्खरै क्याबिनेट अब हामी उस्तै परे आज शपथ ग्रहण हुन्छ होला, पूर्णता पाउँछ,’ प्रचण्डले भने।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नवीकरणीय ऊर्जा क्षेत्र तीव्र बनाउन चीनको नयाँ योजना वैदेशिक रोजगार व्यवसायीद्वारा सरकारी निर्णयको स्वागत ठगीको अभियोगमा पक्राउ उत्तरपूर्वी पाकिस्तानमा आक्रमण, पाँच जना प्रहरीको मृत्यु राष्ट्रपतिसँग प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताको भेट कोरला नाका सञ्चालन भएपछि स्थानीयलाई रोजगारी नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार राष्ट्रपतिसँग बिदाइ भेट पेट्रोल छर्केर आगो लगाइ हत्या गरेको अभियोगमा पक्राउ जेन्जी आन्दोलनका शहिदः भ्रष्टाचार अन्त्यको भएको देख्ने छत्रमानको सपना बालेनलाई प्रधानमन्त्री बनाउने छलफलमा प्रवेश गरेका छैनौँ : रवि लामिछाने कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बुधबार बस्ने मन्त्रीद्वयद्वारा नेपाली कांग्रेसको कार्यालय निरीक्षण ‘राष्ट्रिय सुरक्षाका लागि’ ग्रिनल्यान्ड चाहिन्छ : ट्रम्प काठमाडौँको तापक्रम आज यस वर्षकै कम नयाँ नेतृत्वका साथ कांग्रेस चुनावमा सहभागी हुनुपर्छ : नेता पौडेल दुई नाबालकसहित ११ कैदीबन्दी पक्राउ मदुरोमाथि ट्रम्पको दबाब महान्यायाधिवक्ता कार्यालयले न्याय प्रणालीलाई प्रभावकारी बनाउँदै लगेको छ : प्रधानन्यायाधीश पाँच महिनामा साढे छ खर्ब व्यापार घाटा