2026-07-11 07:42 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एकीकृत समाजवादीमा प्रवेश गर्ने तयारीमा एमाले नेता जोशी

2021-10-07

असोज २१, काठमाडौं। नेकपा एमालेका केन्द्रीय सदस्य भानुभक्त जोशी नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गर्ने भएका छन्। दल विभाजनको समयमा एमालेमै बसेका उनी बिहीबार एकीकृत समाजवादीमा प्रवेश गर्न लागेका हुन्।

नेकपा एकीकृत समाजवादीको विद्यार्थी संगठन अनेरास्ववियूका उपाध्यक्ष माधव पन्तले जोशी आज औपचारिक रूपमा एकीकृत समाजवादीमा प्रवेश गर्न लागेको जानकारी दिए। दल रोज्न निर्वाचन आयोगले प्रदेश र संघका निर्वाचित जनप्रतिनिधिहरूलाई दिएको भदौ २२ को समय सीमाभित्र नै उनले एकीकृत समाजवादी रोज्ने बताएका थिए। तर, उनी एमालेमै बसे।

उनी एमालेमै बसेपछि एकीकृत समाजवादीले सुदूरपश्चिम प्रदेशको इन्चार्ज पनि तोकेको थिएन। अन्तिममा एकीकृत समाजवादीले गरिमा शाहलाई सुदूरपश्चिम प्रदेशको इन्चार्ज बनाएको थियो। जोशी नेकपा रहँदा माधव नेपाल-प्रचण्ड समूहमा थिए भने एमालेभित्रको अन्तरसंघर्षको समयमा नेपाल समूहमा रहेका थिए।

पछिल्लो समय १० बुँदे सहमति कार्यान्वयन नभएको भदै उनी असन्तुष्ट थिए। नेकपा हुँदा सुदूरपश्चिम प्रदेशको सहइन्चार्ज रहेका जोशी एमाले समानान्तर कमिटीको प्रदेश अध्यक्ष पनि थिए। उनलाई नेकपा एसको सचिव बनाउने तयारी रहेको स्रोतको दाबी छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्लाहीमा पनि एक युवाले गरे आत्मदाहको प्रयास​​​ रामेछापमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु गणेश नेपाली आत्मदाह घटनामा माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न समिति गठन घाँटी चिच्याएर मात्रै हुँदैन, जनताको सेवा गर्छु भनेर मुखले बोलेर मात्र पुग्दैन: गृहमन्त्री गुरुङ गणेश नेपालीको मृत्यु सरकारप्रति जनतामा बढ्दो निरासा र असुरक्षाको भयावह संकेत: खुश्वु ओली आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: नेकपा अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनको मृत्यु प्रतिनिधिसभा बैठक बस्दै राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण सुनचाँदीको मूल्य बढ्यो खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट