2026-07-11 07:41 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

महत नेतृत्वमा कांग्रेस टोली भारत जाँदै

2021-10-07

असोज २१ , काठमाडौं। नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाशशरण महतको नेतृत्वको टोली आज भारत जाँदैछ। सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा)को निमन्त्रणमा पूर्वपरराष्ट्रमन्त्रीसमेत रहेका महतसहितको तीन सदस्यीय टोली भारत भ्रमणमा जान लागेको हो।

भारत भ्रमणमा जान लागेको कांग्रेसको तीन सदस्यीय टोलीले आजै सत्तारुढ भारतीय जनता पार्टीका अध्यक्ष जेपी नड्डासँग भेट गर्ने तय भएको छ।भारतसँग सम्बन्ध सुदृढ गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले महत नेतृत्वको टोली पठाउन लागेको बुझिएको छ। भ्रमण टोलीमा पूर्वराज्यमन्त्री उदयशमशेर राणा र नेता अजय चौरसिया छन्।

चार दिने सद्भाव भ्रमणका क्रममा नेताहरूले भाजपाका सभापति, महासचिव तथा भारतका परराष्ट्र मन्त्रीलगायतसँग भेट्ने कार्यक्रम रहेको छ। गत महिना कांग्रेसको निमन्त्रणामा भाजपाका विदेश विभाग प्रमुख विजय चौथाइवाले काठमाडौं आएका थिए। त्यही मौकामा उनले कांग्रेसलाई भाजपाको तर्फबाट निम्ता दिएका थिए।

त्यही निम्तालाई देउवाले भाजपासँग सम्बन्ध सुधार्ने अवसरका रूपमा प्रयोग गर्न लागेका हुन्। कांग्रेस नेता सम्मिलित भ्रमण टोलीलाई दिल्ली विमानस्थलमा बीजेपी विदेश विभागका केन्द्रीय सदस्य अश्विर जोहरले स्वागत गर्ने भएका छन्।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्लाहीमा पनि एक युवाले गरे आत्मदाहको प्रयास​​​ रामेछापमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु गणेश नेपाली आत्मदाह घटनामा माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न समिति गठन घाँटी चिच्याएर मात्रै हुँदैन, जनताको सेवा गर्छु भनेर मुखले बोलेर मात्र पुग्दैन: गृहमन्त्री गुरुङ गणेश नेपालीको मृत्यु सरकारप्रति जनतामा बढ्दो निरासा र असुरक्षाको भयावह संकेत: खुश्वु ओली आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: नेकपा अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनको मृत्यु प्रतिनिधिसभा बैठक बस्दै राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण सुनचाँदीको मूल्य बढ्यो खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट