2026-07-11 07:40 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मन्त्रिपरिषद् विस्तार हुँदै : नवनियुक्त मन्त्रीहरुले ४ बजे शपथ लिने

2021-10-08

असोज २२ , काठमाडौं | मन्त्री परिषदले आज शुक्रबार पूर्णता पाउने भएको छ। शेरबहादुर देउवा प्रधानमन्त्री बनेको करिब ३ महिनापछि आज मन्त्रिपरिषद्ले पूणर्ता पाउन लागेको हो।

लामो समय देखि मन्त्री बन्नेहरुको नाम टुङ्गो लगाउन नसकेका सत्ता गठबन्धनले अन्ततः बिहीबार (हिजो)मन्त्रालय भागबन्डामा सहमति जुटेपछि आज प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद् विस्तार गर्ने भएका हुन्।

नवनियुक्त मन्त्रीहरुले आज अपराह्न ४ बजे राष्ट्रपति बिद्यादेवी भण्डारीबाट पद तथा गोपनियताको शपथ लिने छन्। आज बिहान ११ बजे मन्त्रीपरिषद बिस्तार हुने बालुवाटार स्रोतले जानकारी दिएको छ।

कसले कति मन्त्रालय पाउने ?

कांग्रेसले प्रधानमन्त्रीसहित ९, माओवादी केन्द्रले ५, जसपा र एकीकृत समाजवादीले ४/४ मन्त्रालय पाएका छन्।

साथै माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाले एकरएक जना राज्यमन्त्री पनि पाएका छन्। गठबन्धनका पाँच दलमध्ये राष्ट्रिय जनमोर्चाले भने सरकारमा सहभागी नभई बाहिरबाटै सहयोग गर्ने भएको हो।

मन्त्री बन्नेहरुको नामावली यस्तो छ:

नेकपा (एकीकृत समाजवादी) बाट संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयमा प्रेम आले , स्वास्थ्य तथा जनसंख्यामा रामकुमारी झाँक्री , सहरी विकास मन्त्रालयमा विरोध खतिवडा र श्रम मन्त्रालयमा भने किसान श्रेष्ठ मन्त्री बन्ने छन्।

माओवादी केन्द्रबाट देवेन्द्र पौडेल, शशी श्रेष्ठ र महेश्वर गहतराज मन्त्री बन्दै छन् भने बोधमाया यादव राज्यमन्त्री बन्ने भएकी छिन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्लाहीमा पनि एक युवाले गरे आत्मदाहको प्रयास​​​ रामेछापमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु गणेश नेपाली आत्मदाह घटनामा माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न समिति गठन घाँटी चिच्याएर मात्रै हुँदैन, जनताको सेवा गर्छु भनेर मुखले बोलेर मात्र पुग्दैन: गृहमन्त्री गुरुङ गणेश नेपालीको मृत्यु सरकारप्रति जनतामा बढ्दो निरासा र असुरक्षाको भयावह संकेत: खुश्वु ओली आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: नेकपा अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनको मृत्यु प्रतिनिधिसभा बैठक बस्दै राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण सुनचाँदीको मूल्य बढ्यो खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट