Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७८ असोज २२ गते, अपराह्न ४:३१ बजे काठमाडौँ - KTM, स्वास्थ्य

३२ प्रतिशतले लगाए खोपको पूर्ण मात्रा

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>असोज २२ , काठमाडौँ, न्युज कारखाना |</b> ३२ प्रतिशत नेपालीले कोरोना भाइरसविरुद्धको खोपको पुर्ण मात्रा लगाएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २१ असोजसम्ममा ६९ लाख ६२ हजार एक सय ६४ जनाले खोप लगाएका हुन् ।&nbsp;<br></p><p>सरकारले दुई करोड १७ लाख ५६ हजार सात सय ६३ जनालाई खोप लगाउने लक्ष्य राखेको छ । यस्तै, लक्षित जनसंख्याको ४० प्रतिशत अर्थात ८७ लाख दुई हजार सात सय पाँचजनाले पहिलो मात्रा खोप लगाएको मन्त्रालयले जनाएको छ।</p><p>काठमाडौं उपत्यकामा ७४ प्रतिशतले पुर्णमात्रा खोप लगाएका छन्। २१ लाख २९ हजार सात सय ७३ लक्षित जनसंख्या मध्ये ७४ प्रतिशत अर्थात १५ लाख ७९ हजार आठ सय ९७ जनाले पहिलो खोप लगाएका छन् । लक्षित जनसंख्याको ८१ प्रतिशत अर्थात १७ लाख ४५ हजार पाँच सय ७० जनाले पहिलो मात्रा लगाएका छन्। काठमाडौ महानगरपालिकाले शुक्रबारदेखि भेरोसेल खोपको पहिलो मात्रा दिन सुरू गरेको छ। खोप लगाउन छुटेका १८ वर्षमाथिका व्यक्तिले अनलाइन दर्ता कोड लिएर खोप केन्द्रमा गइ खोप लगाउन सक्ने महानगरपालिकाले जनाएको छ ।</p>