भदौ २, झापा । झापाको विर्तामोड नगरपालिकाको भवन भाडामा लिई व्यापार सञ्चालन गर्ने घनश्याम अधिकारीको पसलबाट बुधबार बिहान ४: ३० म"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ २, झापा । झापाको विर्तामोड नगरपालिकाको भवन भाडामा लिई व्यापार सञ्चालन गर्ने घनश्याम अधिकारीको पसलबाट बुधबार बिहान ४: ३० म"/>
२०८३, १६ जेष्ठ शनिबार
अर्थ/विकास

विर्तामोड नगरपालिकाको भवनमा आगलागी हुँदा डेढ करोड क्षति

२०७३, २ भाद्र बिहीबार ०३:५७

भदौ २, झापा । झापाको विर्तामोड नगरपालिकाको भवन भाडामा लिई व्यापार सञ्चालन गर्ने घनश्याम अधिकारीको पसलबाट बुधबार बिहान ४: ३० मा सुरु भएको आगलागीमा करिब रु एक करोड ५१ लाख बराबरको धनसम्पत्ति जलेर खरानी भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

आगलागीमा घनश्याम अधिकारीको रु सात लाख, मोहम्मद अली हुसेनको कस्मेटिक पसलमा रु आठ लाख, अवुल अन्सारीको कस्मेटिक पसलमा रु सात लाख, कृष्ण राईको कपडा पसलमा रु आठ लाख, बिनु राजवंशीको कपडा पसलमा रु २५ लाख, अशोक राजवंशीको कपडा पसलमा रु २५ लाखको क्षती भएको प्रहरीले जनाएको छ । 

यसैगरी, दीपक राजवंशीको कपडा पसलमा रु १२ लाख, सुजन दाहालको कपडा पसलमा रु छ लाख, अम्बिका शिवाकोटीको कपडा पसलमा रु १० लाख, चन्द्रप्रसाद कटुवालको कपडा पसलमा रु २० लाख, इन्द्र पौडेलको कपडा पसलमा रु पाँच लाख र दुर्गादेवी खड्काको कस्मेटिक पसलमा रु १३ लाख बराबरको सामान जलेर खरानी भएको विवरण प्रहरी नायब उपरीक्षक हरिप्रसाद शर्माले दिनुभयो । 

आगलागी बिजुली सर्ट भई सुरु भएको थियो भने आगोलाई भद्रपुर नगरपालिका, दमक नगरपालिका, मेचीनगर नगरपालिकाका बारुणयन्त्र एवम् प्रहरीको सक्रियताबाट डेढ घन्टापछि नियन्त्रणमा लिइएको थियो । आगोले १३ वटा पसललाई क्षति गरेको थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी