भदौ २, झापा । झापाको विर्तामोड नगरपालिकाको भवन भाडामा लिई व्यापार सञ्चालन गर्ने घनश्याम अधिकारीको पसलबाट बुधबार बिहान ४: ३० म"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ २, झापा । झापाको विर्तामोड नगरपालिकाको भवन भाडामा लिई व्यापार सञ्चालन गर्ने घनश्याम अधिकारीको पसलबाट बुधबार बिहान ४: ३० म"/>
२३ मंसिर २०८२, सोमबार
अर्थ/विकास

विर्तामोड नगरपालिकाको भवनमा आगलागी हुँदा डेढ करोड क्षति

२ भाद्र २०७३, बिहीबार ०३:५७

भदौ २, झापा । झापाको विर्तामोड नगरपालिकाको भवन भाडामा लिई व्यापार सञ्चालन गर्ने घनश्याम अधिकारीको पसलबाट बुधबार बिहान ४: ३० मा सुरु भएको आगलागीमा करिब रु एक करोड ५१ लाख बराबरको धनसम्पत्ति जलेर खरानी भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

आगलागीमा घनश्याम अधिकारीको रु सात लाख, मोहम्मद अली हुसेनको कस्मेटिक पसलमा रु आठ लाख, अवुल अन्सारीको कस्मेटिक पसलमा रु सात लाख, कृष्ण राईको कपडा पसलमा रु आठ लाख, बिनु राजवंशीको कपडा पसलमा रु २५ लाख, अशोक राजवंशीको कपडा पसलमा रु २५ लाखको क्षती भएको प्रहरीले जनाएको छ । 

यसैगरी, दीपक राजवंशीको कपडा पसलमा रु १२ लाख, सुजन दाहालको कपडा पसलमा रु छ लाख, अम्बिका शिवाकोटीको कपडा पसलमा रु १० लाख, चन्द्रप्रसाद कटुवालको कपडा पसलमा रु २० लाख, इन्द्र पौडेलको कपडा पसलमा रु पाँच लाख र दुर्गादेवी खड्काको कस्मेटिक पसलमा रु १३ लाख बराबरको सामान जलेर खरानी भएको विवरण प्रहरी नायब उपरीक्षक हरिप्रसाद शर्माले दिनुभयो । 

आगलागी बिजुली सर्ट भई सुरु भएको थियो भने आगोलाई भद्रपुर नगरपालिका, दमक नगरपालिका, मेचीनगर नगरपालिकाका बारुणयन्त्र एवम् प्रहरीको सक्रियताबाट डेढ घन्टापछि नियन्त्रणमा लिइएको थियो । आगोले १३ वटा पसललाई क्षति गरेको थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो