2026-08-25 08:30 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

साफ फुटबल: इतिहास कोर्ने दाउमा नेपाल (खेल तालिका सहित)

रमेश सुवेदी | असोज २३, काठमाडौं | पहिलो खेलमै आयोजक तथा साविक विजेता माल्दिभ्सविरुद्ध सानदार जित र दोस्रो खेलमा श्रीलंकाविरुद्ध रोमाञ्चक विजयीसँगै नेपालले दक्षिण एसियाली फुटबल महासंघ (साफ) को पुरुष तर्फका ‘साफ च्याम्पियनसिप’मा बलियो प्रस्तुती देखाएको छ । 

नेपालले सुखद प्रदर्शन गर्दा बलिया मानिएका भारत र माल्दिभ्सले सोचे अनुसारको प्रदर्शन दिन सकेका छैनन् । जसकारण लगातार दुई खेल जितेको नेपालले साफ च्याम्पियनसिप फुटबलको इतिहासमा नयाँ कीर्तिमान बनाउने निश्चित छ । 

साफ फुटबलको १३औँ संस्करण माल्दिभ्सको मालेमा जारी रहँदा नेपाल ५ टोली सहभागी ‘सिंगल राउण्ड रोबिन’ लिगको शीर्ष स्थानमा छ । नेपालले दुई खेलबाट शतप्रतिशत ६ अंक जोड्दा ३ खेलबाट ४ अंक जोडेकाे बंगलादेश, २ खेलबाट ३ अंक जोडेको माल्दिभ्स, २ खेलबाट २ अंक जोडेको भारत र ३ खेलबाट १ अंक श्रीलंकालाई पछि पार्दै शीर्ष स्थानमा रहँदै फाइनल नजिक छ । 

फिफा प्रतिबन्धका कारण पाकिस्तान सहभागी हुन नपाउनु र भुटानले कोरोना कारण देखाउँदै प्रतियोगिताबाट नाम झिक्दा प्रतियोगिता सिंगल राउण्ड रोबिनमा खेलाइएको हो । तालिकाको अग्रपंक्तिमा रहने दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । 

जहाँ नेपालले आफूलाई बलियो स्थितिमा राखेको छ । अब, प्रतियोगितामा नेपालले दुई खेल खेल्ने छ । यस प्रतियोगिताको सर्वाधिक ७ पटकको च्याम्पियन भारत र १ पटकको विजेता बंगलादेशसँग नेपालले बाँकी खेल खेल्नेछ । बाँकी दुई खेलमा नेपालले ३ अंकमात्रै प्राप्त गरे साफको इतिहासमा पहिलो पटक फाइनल पुग्नेछ । सन् १९९३ बाट साफ गेम हुँदै साफ च्याम्पियनसिपको १३औँ संस्करण आईपुग्दा नेपाल हालसम्म फाइनल पुगेको छैन । उपाधि कुरा परको भयो । 

नेपालले आफ्नो तेस्रो खेलमा भारतसँग खेल्दैछ । २४ असोज हुने  खेल नेपाली समय अनुसार राति पौन १० बजे सुरु हुनेछ । त्यसअघि साँझ पौने ५ बजे  आयोजक माल्दिभ्स र श्रीलंका भिड्नेछन् । 

नेपाल भारतलाई हराउन सके एक खेल अघि नै फाइनल प्रवेश गर्नेछ । यदि बराबरले फाइनल सम्भावना बढ्दा, हारले समेत नेपाललाई कुनै फरक पार्ने छैन । सोहि दिनको पहिलो खेलमा श्रीलंका र माल्दिभ्सबीचको नतिजाले समेत प्रतियोगिता फाइनल समीकरणमा धेरै अर्थ राख्नेछ । 

भारतविरुद्ध हारमा नेपालले २७ असोजमा तालिकको अन्तिम खेलमा बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ । सो खेलमा बराबर अथवा जितले नेपाल सीधै फाइनल पुग्नेछ । त्यहि दिन भारत र माल्दिभ्स भने नेपालको खेलको नतिजा कुरिरहेका हुनेछन् । 

यस अघि नेपालले दुबै खेलमा काउन्टर रणनीति अपनाउँदा पहिलो खेलमा माल्दिभ्सलाई १–० र श्रीलंकालाई ३–२ गोल अन्तरले पराजित गर्न सफल भएको थियो । 

नेपालले पहिलो खेलमा बैकल्पिक खेलाडी मनिष डांगीको निर्णायक गोलमा साफको इतिहासमा पहिलो पटक माल्दिभ्सलाई उसैको घरेलु मैदानमा हराएको थियो । दोस्रो खेलमा नेपालले युवा खेलाडीको शसक्त प्रदर्शनमा श्रीलंकाविरुद्ध रोमाञ्चक जित हासिल गर्यो । नेपालको जितमा सुमन लामा, अन्जन विष्ट र आयुष घलानले एक एक गोल गरे । 

तीनै गोल काउन्टरमा सम्भव भएका थिए । सुमन र आयुषको यो राष्ट्रिय टोलीको लागि आधिकारीक पहिलो गोल हो । अन्जनले भने राष्ट्रिय टोलीबाट ४ गोल पुरा गरेका छन् । 

साफको खेल तालिका र नतिजा र खेल 

असोज १५ गते – श्रीलंका ०, बंगलादेश १

नेपाल १, माल्दिभ्स ०

असोज १८ गते – बंगलादेश १ भारत १

श्रीलंका २, नेपाल ३

असोज २१ गते – भारत ० श्रीलंका ०

माल्दिभ्स २, बंगलादेश ०

असोज २४ गते – माल्दिभ्सविरुद्ध श्रीलंका, नेपालविरुद्ध भारत (हुन बाँकी)

असोज २७ गते-बंगलादेशविरुद्ध नेपाल, भारतविरुद्ध माल्दिभ्स (हुन बाँकी)

फाइनल, असोज ३० गते – विजेता र उपविजेता (हुन बाँकी)

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खानतलासीको नाममा ज्यादती भएको छ, खसी–कुखुरा समेत लगिएको छ : दुर्गा प्रसाईं बालेनलाई सुदन किरातीको कटाक्ष– ‘देशको चाबी दिएँ, ड्राइभर एम्बुलेन्सको परेछ’ बाढी-पहिरोले देशका प्रमुख राजमार्ग प्रभावित बानेश्वरमा महिला ट्राफिक प्रहरीमाथि हातपात गरेको आरोपमा युवक पक्राउ घरेलु श्रमलाई औपचारिकरण गर्ने दिशामा सरकार अघि बढ्दैछ : श्रममन्त्री यादव बुधबार संसदमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर, ११ सांसदले सोध्दैछन् प्रश्न आँखाको समस्याका कारण प्रधानमन्त्री शाहले संसद्मा कालो चस्मा लगाउने गलत सूचना होइन, सत्य कुराको मात्र प्रचार गरौँ : ज्ञानेन्द्र शाही काठमाडौँ उपत्यकासहित देशका केही जिल्लामा आज आकस्मिक बाढीको जोखिम प्रतिनिधि सभाको बैठक स्थगित सुन-चाँदीको मूल्य घट्यो इन्दिरा र रामबहादुर थापाका थापाले बोलेका शब्दहरु संसद्को रेकर्डबाट हटाउन सभामुखको निर्देशन चार विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो भारतमा मृत्युदण्डको व्यवस्था छ भने हामी किन सक्दैनौँ ? : खुश्बु ओली सामाजिक सञ्जालमा बालबालिकाका लागि उमेर हद तोक्न पद्मा अर्यालको आग्रह बलात्कारी र भ्रष्टाचारी प्रमाणित भए अन दि स्पोर्ट ठोक्ने कानुनको व्यवस्था गर्न खगेन्द्र सुनारको माग प्रधानमन्त्री भन्ने पदको निजी जीवन हुँदैन : हर्कराज राई बालिका हत्याका आरोपीको भिडिओ खिच्ने एक प्रहरी पक्राउ हाम्रो सरकारको प्रभाव र विश्वास जनतामा घट्दै गइरहेको छ : सांसद सिंह विदेशबाट आयातित स्याउ रोक्न ज्ञानेन्द्र शाहीको माग