2026-07-11 07:44 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रधानन्यायाधीशका जेठानलाई मन्त्री बनाएकोबारे प्रचण्डको यस्तो स्पष्टीकरण

असोज २३, चितवन | नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गजेन्द्र हमाल कांग्रेसकै कोटाबाट मन्त्री बनेको बताएका छन् । आज बिहान भरतपुर विमानस्थलमा पत्रकारहरूसँग कुरागर्दै प्रचण्डले अनावश्यक हल्ला गर्नुमा केही तुक नभएको बताए ।

प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराका जेठान गजेन्द्र हमाल नियुक्त गरेका छन् । देउवाले कांग्रेस प्रजातान्त्रिक बनाउँदा हमाल नेपाली कांग्रेस बाँकेको सभापति थिए । त्यसपछि हमाल सक्रिय राजनीतिमा छैनन् । 

न्यायालयले भागबण्डा खोजेको हो ? भन्ने प्रश्नमा प्रचण्डले भने, ‘उहाँ कांग्रेसको पहिलाको अध्यक्ष नै हुनुहुन्थ्यो । नेपाली कांग्रेसकै कोटाबाट मन्त्री हुनुभाछ । होहल्ला गर्नु आवश्यक नै छैन । अनावश्यक हल्ला गर्नुमा केही तुक छैन ।’ सांसद बाहेकका व्यक्ति पनि ६ महिनासम्म मन्त्री हुन पाउने व्यवस्था संविधानमै भएको भन्दै उनले यसभन्दा अघिपनि धेरै पटक गैर सांसद मन्त्री बनेको बताए । 

पहिलो पटक संविधानसभा विघटन भएपछि हालको सत्तारुढ गठबन्धनले सेटिङको कुरा देशभर चलाएकाले त्यसैलाई कतिपयले भन्न मन लागेर भनेको तर मन्त्री नियुक्तिमा त्यस्तो सेटिङ नभएको उनले दाबी गरे । ‘त्यस्तो केही होइन । यहाँ केही सेटिङ छैन’, प्रचण्डले भने । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्लाहीमा पनि एक युवाले गरे आत्मदाहको प्रयास​​​ रामेछापमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु गणेश नेपाली आत्मदाह घटनामा माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न समिति गठन घाँटी चिच्याएर मात्रै हुँदैन, जनताको सेवा गर्छु भनेर मुखले बोलेर मात्र पुग्दैन: गृहमन्त्री गुरुङ गणेश नेपालीको मृत्यु सरकारप्रति जनतामा बढ्दो निरासा र असुरक्षाको भयावह संकेत: खुश्वु ओली आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: नेकपा अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनको मृत्यु प्रतिनिधिसभा बैठक बस्दै राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण सुनचाँदीको मूल्य बढ्यो खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट