2026-07-11 07:42 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मन्त्री नबनाएको भन्दै झण्डा र पुत्ला जलाइयो

असोज २३, पर्सा | शेरबहादुर देउवा नेतृत्वको सरकारले पूर्णता पाएको छ तर जनता समाजवादी पार्टी नेपालमा मन्त्री बन्न नपाएका नेताहरुले आफ्ना कार्यकर्ता परिचालन गरेर बिरगंजमा पुत्ला जलाएका छन् । 

बिरगंजमा मन्त्री नबनाएको बिरोधमा जसपा अध्यक्ष उपेन्द्र यादवको पुत्ला जलाईएको हो । प्रतिनिधिसभा सदस्य प्रदीप यादवलाई मन्त्री नबनाएको भन्दै पर्साको वीरगञ्जमा जसपाको झण्डा समेत जलाइएको छ । साथै अध्यक्ष उपेन्द्र यादवको पुत्ला जलाइएको छ । बिरोध गर्नेहरुले पर्साबाट मन्त्री नबनाएको भन्दै आक्रोश पोखेका छन् । 

शुक्रबार प्रधानमन्त्री देउवाले १६ मन्त्री र २ राज्यमन्त्री थपेर सरकारलाई पूर्णता दिएका थिए ।

जसपाले पठाएका मन्त्रीमा यादव समुदायको बाहुल्यता

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल (जसपा)ले पठाएका चार मन्त्रीहरूमा यादव समुदायको मात्रै बाहुल्यता भएपछि पार्टीमा असन्तुष्टी देखिएको छ । शेरबहादुर देउवा नेतृत्वको सरकारमा पठाएका चारमध्ये तीन जना यादव परेपछि जसपाभित्र असन्तुष्टी देखापरेको हो ।

महन्थ ठाकुर नेतृत्व छाडेर अध्यक्ष यादवतिर लागेका प्रमोद साहले त सामाजिक सञ्जालबाट नै विरोध गरेका छन् । अध्यक्ष यादवले देउवा सरकारमा रेणु यादव, रामसहाय यादव र महेन्द्रराय यादवलाई मन्त्री बनाएका छन् भने गैर यादव समुदायबाट राजेन्द्र श्रेष्ठ मात्रै मन्त्री छन् ।

सोही घटनालाई लिएर सांसद साहले लेखेका छन, ‘आज पनि हाम्रो पार्टी नेतृत्वले गरेको निर्णय एकल जातीय अहंकार र दमन शोषणको नमुना रहेको ठहर गर्दछु, हाम्रो पार्टीका अध्यक्षद्वयज्यूले मन्त्रिमण्डलमा समावेश हुनेहरूका नाम समावेशी सिद्धान्तका आधारमा गर्नुपर्ने थियो तर टुंगो लगाउँदा एकल जातीय सोच र व्यक्तिवादी चरित्र देखियो ।’

उनका अनुसार सो प्रवृत्ति र कार्यशैलीले पार्टीका लागि क्षति पुगेको छ । त्यसो त पर्साका सांसद प्रदीप यादवलाई मन्त्री नबनाएपछि वीरगञ्जमा जसपाका कार्यकर्ताले अध्यक्ष यादवको पुत्ला दहन गरेका छन् भने अध्यक्ष यादवका पुत्र अमरेन्द्र यादवले पनि श्रेष्ठ र रामसहायको नियुक्तीबाहेक अन्यको विरोध गरेका छन् ।

जसपाका शीर्ष नेताहरूले शुक्रबा बिहानसम्म प्रमोद साहको नाम मन्त्रीमा चयन गरेपनि दिउँसो राष्ट्रपति कार्यालयबाट मन्त्री नियुक्तीको सूचना आउँदा उनको नाम काटिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्लाहीमा पनि एक युवाले गरे आत्मदाहको प्रयास​​​ रामेछापमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु गणेश नेपाली आत्मदाह घटनामा माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न समिति गठन घाँटी चिच्याएर मात्रै हुँदैन, जनताको सेवा गर्छु भनेर मुखले बोलेर मात्र पुग्दैन: गृहमन्त्री गुरुङ गणेश नेपालीको मृत्यु सरकारप्रति जनतामा बढ्दो निरासा र असुरक्षाको भयावह संकेत: खुश्वु ओली आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: नेकपा अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनको मृत्यु प्रतिनिधिसभा बैठक बस्दै राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण सुनचाँदीको मूल्य बढ्यो खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट