२०८२, ७ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

लुम्बिनीमा मन्त्रीहरूको नाममा सहमति नजुट्दा सरकार बिस्तारमा ढिलाई

२०७८, २३ आश्विन शनिबार ०६:५२

असोज २३, काठमाडौँ, न्युज कारखाना | सरकार गठन भएको दुई महिना पुग्न लाग्दासमेत लुम्बिनी प्रदेश सरकारले मन्त्रिमण्डल बिस्तार गर्न सकेको छैन । सत्ता साझेदार प्रमुख घटक नेपाली कांग्रेसले मन्त्रीहरूको नाम टुंगो लगाउन नसक्दा मन्त्रीमण्डल बिस्तारमा ढिलाई भएको हो । 

प्रदेश सरकारमा कांग्रेसले चारवटा मन्त्रालय पाएको छ । जसमा डिल्लीबहादुर चौधरी पर्यटन र ग्रामीण तथा सहरी विकासमन्त्री छन् भने अरु मन्त्रीको नाम टुंगो लगाउन सकेको छैन ।

कांग्रेसका प्रमुख सचेतक फकरुद्धिन खानले बाँकेका सुरेन्द्र हमाल र रुपन्देहीका बसिउद्धिन खाँलाई मन्त्री बनाउने सहमति भएको बताए । 'अब एकजना मन्त्री र एक राज्यमन्त्रीको नाम मात्रै टुंगो लाग्न बाँकी छ, त्यो पनि छिटै टुंगिन्छ', उनले भने । रुपन्देहीका अष्टभुजा पाठक र पाल्पाका वीरबहादुर रानाको नाममा सहमति जुट्न सकेको छैन ।

त्यस्तै राज्यमन्त्रीको नाम पनि टुंगो लाग्न बाँकी छ । आकांक्षी धेरै भएका कारण समय लागेको कांग्रेस नेताहरू बताउँछन् । मन्त्री बन्नका लागि अर्घाखाँचीकी निर्मला क्षेत्री, कपिलबस्तुकी रिना नेपाल र दाङका अर्जुन श्रेष्ठले पनि आकांक्षा राखेका छन् । प्रदेश संसदीय दलले मन्त्री टुंगो लगाउन नसकेपछि दलका नेता वीरेन्द्र कनौडियाले पार्टीको केन्द्रीय नेतृत्वसँग छलफल गरेर समाधान खोजिने बताए ।

माओवादी केन्द्रले भने मन्त्रीको नाम टुंगो लगाएको छ । माओवादी केन्द्रबाट दाङका इन्द्रजित थारू र बर्दियाका तिलकराम शर्मालाई मन्त्री बनाउने निर्णय भएको छ ।  राज्यमन्त्रीमा विमलाकुमारी खत्री वलीको नाम टुंगो लागेको छ । माओवादीको भागमा परेको एउटा मन्त्रालय नेकपा (एकीकृत समाजवादी)लाई दिने भएपछि अन्तिम समयमा प्रमुख सचेतक पाल्पाका तुलाराम घर्तीको नाम समेत हटेको छ ।

नेकपा समाजवादीबाट पाल्पाकी रमा घर्ती मन्त्री बन्दैछन् । लुम्बिनी प्रदेशसभामा घर्ती समाजवादीकी एक्ली सांसद हुन् । एमाले नेता शंकर पोखरेलको सरकार अल्पमतमा परेर ढलेपछि २८ साउनमा माओवादी केन्द्रका कुलप्रसाद केसी पाँच दलीय गठबन्धनको सहारामा मुख्यमन्त्री बनेका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा