२०८२, ७ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हामी जनवादी व्यवस्थाको पक्षधर हौं : अध्यक्ष केसी

२०७८, २३ आश्विन शनिबार ०७:३५

असोज २३ , काठमाडौँ | राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले मुलुकलाई दुर्गतितिर धकेलिरहेको बताएका छन्। राष्ट्रिय जनमोर्चा निकटको अखिल (छैठौं) को राष्ट्रिय सम्मेलनमा राजनीतिक पार्टीहरूमा स्खलन हुँदा पदीय स्वार्थको खेल भइरहेको र त्यसले मुलुकलाई दुर्गतितिर धकेलिरहेको बताएका हुन्।

उनले ठूला दलहरूमा देखा परेको राजनीतिक विकृति र विसंगतिको परिणामले मुलुक अनिर्णयको बन्दी बनिरहेको बताए। ‘देशी तथा विदेशी तत्वहरूले नेपालको राष्ट्रियता, स्वतन्त्रता र स्वाधीनतामाथि धावा बोलिरहेका छन्, त्यसलाई मलजल हुने गरी दलाल पार्टीहरू लागिरहेका छन्’ उनले भने।

केसीले पार्टीभित्रको विवाद वामपन्थी संर्किणवादको संकेत भएको बताए। ‘आफ्नो कुनै क्रान्तिकारी लाइन दिन नसक्ने तर पार्टीले दक्षिणपन्थी लाइन लियो भन्ने प्रवृत्ति नै वामपन्थी संर्किणवादको उदाहरण हो,’ उनले भने। नेपालको शिक्षा नीतिले विदेशीको दलाली र चाकडी गर्ने जनशक्ति तयार गरिरहेको उनको भनाई छ। उनले अहिलेका सत्ताधारी नेतृत्व राजनीतिक रूपमा नै विचलित भइसकेकाले त्यस्तो नेतृत्वबाट सही शिक्षा नीति बन्नै नसक्ने दाबी गरे। ‘हामी जनवादी व्यवस्थाको पक्षधर हौं, तर यो संसदीय व्यवस्थाको विकल्प छैन। अहिले अन्य व्यवस्थाको सम्भव छ ?,’ उनले भने।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा