2026-07-11 07:43 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

महोत्तरी - MHT

दलहरु चुनाव चिन्ह बोकेर गाउँ-गाउँमा, लोसपा र एमालेको आक्रामक अभियान

2021-10-09

असोज २३, काठमाडौँ,बिशाल बस्नेत | चुनाव नजिकिएसँगै महोत्तरीमा चुनावी सरगर्मी बढ्न थालेको छ । राजपाबाट टुक्रिएर महन्थ ठाकुरको नेतृत्वमा बनेको लोसपाले महोत्तरीको विभिन्न ठाउँमा प्रचारप्रसारको नै सुरुवात गरेको छ ।

अहिले लोसपाले साइकल चिन्ह बोकेर महोत्तरीको विभिन्न पालिकाका टोल-टोलमा पुगिरहेको लोसपाका नेता ज्ञानेन्द्र झाले बताए । 'चिन्ह पनि नयाँ र पार्टी पनि नयाँ भएको हुनाले जनतालाई जागरुक बनाउन अन्य पाटीले भन्दा हामीले धेरै मेहनत गर्नुपर्ने हुन्छ,' उनले भने ।

चुनावी चिन्हको रुपमा साइकललाई पहिचान बनाउन लोसपाले टोल-टोलमा ब्यानर र झण्डा झुण्ड्याएको छ भने लोसपा समर्थित व्यापारीका पसल तथा निजी घरहरुमासमेत साइकल चिन्ह अङ्कित बाक्लै झण्डाहरु देखिन्छ । अन्य पार्टीको तुलनामा मुल पार्टीबाट दुई टुक्रा बनेका पार्टीहरुले अहिले प्रचारप्रसारलाई मुख्य प्राथमिकतामा राखेका छन् ।

लोसपाजस्तै नेकपा एमालेबाट फुटेको नेकपा एसको पनि आफ्नै  प्रचारप्रसार छ । नेकपा एमालेले देखिनेगरी पाटीका गतिविधि सञ्चालन गरे पनि नेकपा एसले भने गाउँ-गाउँमा पुगेर चुनाव चिन्ह र संगठन विस्तारलाई तीव्र बनाइरहेको छ । यसै पनि प्रदेश-२ मा लोसपाभन्दा जसपा बलियो र नेकपा एमालेभन्दा नेकपा एस बलियो देखिन्छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्लाहीमा पनि एक युवाले गरे आत्मदाहको प्रयास​​​ रामेछापमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु गणेश नेपाली आत्मदाह घटनामा माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न समिति गठन घाँटी चिच्याएर मात्रै हुँदैन, जनताको सेवा गर्छु भनेर मुखले बोलेर मात्र पुग्दैन: गृहमन्त्री गुरुङ गणेश नेपालीको मृत्यु सरकारप्रति जनतामा बढ्दो निरासा र असुरक्षाको भयावह संकेत: खुश्वु ओली आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: नेकपा अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनको मृत्यु प्रतिनिधिसभा बैठक बस्दै राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण सुनचाँदीको मूल्य बढ्यो खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट