२०८३, २४ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपालमा आत्महत्या गर्नेमध्ये ८० प्रतिशत मानसिक रोगी

२०७८, २४ आश्विन आईतवार ०७:५६

असोज २४, काठमाडौँ, न्युज कारखाना | नेपालमा आत्महत्या गर्नेमध्ये करिब ८० प्रतिशत मानसिक रोगी रहेको दाबी गरिएको छ । विश्व मानसिक स्वास्थ्य दिवसका अवसरमा आयोजित कार्यक्रममा यसबारे चिकित्सकले जानकारी दिएका हुन् । 

‘असमानता हटाउन आवश्यक छ सबैको साथ र योगदानः सुलभ, समान र उपयुक्त मानसिक स्वास्थ्य हाम्रो अभियान’ भन्ने नाराका साथ यसवर्ष जुम्लामा पनि टिपियो नेपालको आयोजना कर्णाली स्वास्थ्य विज्ञानको प्रतिष्ठान र नेपाल पत्रकार महासंघको समन्वयमा  विश्व मानसिक स्वास्थ्य दिवस अन्तरक्रिया कार्यक्रम गरी मनाइएको छ । 

सो कार्यक्रममा जुम्लाका जिल्ला मनोविर्मशकर्ता नन्दराज आचार्यले अझै पनि समाजमा मानसिक रोग लागेको व्यक्ति भन्ने बित्तिकै नकारात्मक सोच राख्ने गरिएको बताए । 

‘मानसिक रोगी अझै पनि खुलेर अस्पताल आएका छैनन् । कडा अवस्था भएपछि मात्र अस्पताल जाने गर्दछन् । त्यसकारण पनि उनीहरूको उपचारमा धेरै समय लाग्ने गरेको छ’, उनी भन्छन् ।

विश्वका १० खतरनाक रोग, जसले मानिसको दैनिक क्रियाकलापमा असर गर्छ । जसमध्ये पाँचवटा मानसिक रोग डिप्रेसन, मेनिया, सिजोफोर्निया, दूव्र्यसनी र डिमेन्सिया पर्ने कार्यक्रमका वक्ताहरूले बताए । 

उनीहरूका अनुसार डिप्रेसन रोग सबैभन्दा बढी पाइने मनोरोग हो । नेपालमा मनोरोगका बिरामीलाई उपचार गर्ने जनशक्तिको कमि छ ।  जुम्लामा यो समस्या बढ्दै गएको छ ।  तर, यस विषयमा कुनै पनि सरकारी पक्ष जिम्मेवारी भएको देखिँदैन । 

विश्वमा हरेक वर्ष १० अक्टोबरमा मानसिक स्वास्थ्य  दिवस  मनाइन्छ  ।  तर, मानसिक रोगलाई मनोरोग भनेर पनि चिन्ने गरिन्छ । विश्वमा करिब ५० करोड मानिस कुनै न कुनै प्रकारको मनोरोगबाट पीडित छन ।

त्यस्तै, कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठानका  मनोचिकित्सक  डाक्टर अनुप देवकोटाले अझै पनि समाजमा मानसिक रोग लागेको व्यक्ति भन्नेबित्तिकै नकारात्मक सोच राख्ने गरेको बताए । जसका  कारण बिरामी खुलेर अस्पताल नआउने गरेको उनको अनुभव छ । 

‘धेरैजसो आत्महत्याको घटना मानसिक बिरामीबाट हुने गरेको छ । नेपालमा आत्महत्या गर्नेमध्ये करिब ८० प्रतिशत मानसिक रोगी नै छन् । बाँकी, सिजोफ्रेनिया, डिमोन्सिया, रक्सी र लागूऔषध सेवनका कारण आत्महत्या गर्ने पुग्छन्’, डा. देवकोटा भने ।  

मानसिक रोगको उपचार गर्नु भनेको आत्महत्याको रोगथाम गर्नु पनि हो । युवावर्गमा आर्थिक पक्ष अथवा घर–परिवारबाट छुट्टिनु पर्दाको पीडाले पनि आत्महत्याको सिकार बन्दै गएका छन् । 

घर–परिवारमा कुनै सदस्यले अनौठो क्रियाकलाप देखाउने, निराश हुने, बढी डराउने, आत्तिनेजस्ता क्रियाकलाप गर्ने थाल्यो भने मानसिक रोगको सिकार भएको हुन सक्छ । त्यसैगरी, अनावश्यक रूपमा निद्रा बिग्रन थाल्यो, व्यक्ति दुब्लाउँदै गयो, आत्महत्याको सोच आयो भनेर कोहीसँग कुरा गर्न थाल्यो भने मानसिक रोगको लक्षण हो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संवैधानिक परिषद बैठक सुरू हुरीका बेला सतर्कता अपनाउन आग्रह महेश बस्नेतकी पत्नी अम्बिकासहित १० जनालाई धरौटीमा रिहा गर्न अदालतको आदेश आँबुखैरेनी–मुग्लिन सडक अवरुद्ध विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गर्ने पाँच जना पक्राउ बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु नेप्से परिसूचकमा सामान्य सुधार धादिङ केन्द्रविन्दु भएर भूकम्प २४ घण्टामा ट्राफिक कारबाहीबाट २६ लाख बढी राजस्व सङ्कलन लागूऔषधसहित दुई जना पक्राउ जबरजस्ती करणी आरोपमा वडाध्यक्ष पक्राउ सुनचाँदीको मूल्य बढ्यो ११ जना सहसचिवको सरुवा पश्चिम एसिया युद्ध तत्काल र पूर्ण रूपमा अन्त्य गर्न चीनको आह्वान कीर्तिपुरमा धारिलो हतियार प्रहार गरी एक युवकको हत्या पहिले प्रधानमन्त्रीले यस्तै गर्दा हामीले रोक्न सक्यौँ तर अहिले सकेनौँ किनकि त्यो अध्यादेश बनेर गयो: गगन थापा विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गर्ने पाँच जना पक्राउ बागमती प्रदेशमा भोलि सार्वजनिक बिदा कांग्रेस संसदीय दलको बैठक जारी प्रधानमन्त्रीले बोलाए संवैधानिक परिषद्को बैठक