२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ढोका बन्द गरेर सरकार झ्यालबाट भित्र छिर्न खोज्यो: नेकपा (एस)

२६ आश्विन २०७८, मंगलवार ०२:२५

असोज २६, विराटनगर | अल्पमतमा परेका प्रदेश १ का मुख्यमन्त्री भीम प्रसाद आचार्यले विश्वासको मतका लिनका लागि सोमवार संसद सचिवालयलाई सूचना पठाएका छन् । ३० दिनभित्रमा विश्वासको मत लिइसक्ने कानुनी व्यवस्था रहे पनि मुख्यमन्त्री आचार्यले ३२ औं दिनमा मात्रै सचिवालयलाई सूचना पठाएका हुन् । 

प्रदेश सभा नियमावली नियम १२८को उप नियम १ मा विधानको धारा १८८ को उपनियम १ र २ बमोजिम मुख्यमन्त्रीले ३० दिनभित्र प्रदेश सभामा विश्वासको मत लिनका लागि संसद सचिवालयका सचिवलाई सूचना दिनु पर्ने उल्लेख गरिएको छ । मुख्यमन्त्रीले सूचना पठाएको संसद सचिवालयका सचिव गोपाल पराजुलीले जानकारी दिए ।

आजका लागि बोलाइएको प्रदेशसभाको बैक विशेष कारण देखाई ५ कार्त्तिक दिनको १ बजे बस्ने गरी स्थगित गरीएको छ । दसैंको मुखमा संसद आह्वान गरे पनि मुख्यमन्त्री आचार्यले भने विश्वासको मत सम्बन्धी कुनै छलफल नै नगरी दसैंपछाडि सारेका छन् । 

यता विपक्षी गठबन्धन दलहरूले भने ढोका बन्द गरेर सरकार झ्यालबाट भित्र छिर्न खोजेको आरोप लगाएका छन् । २५ भदौमा प्रदेशमासमेत दल फुटेको निर्णय निर्वाचन आयोगले गरे पनि मुख्यमन्त्री आचार्यले आफूअनुकुल व्याख्या गरेर सरकारको आयु लम्ब्याएको नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता राजेन्द्र कुमार राईले आरोप लगाए । 

मुख्यमन्त्री आचार्यले भने नेकपा (एस)ले २८ गते मात्रै सरकारलाई दिएको समर्थन फिर्ता लिएको बताउँदै आएका छन् । विपक्षी गठबन्धनले अवैधानिक भन्दै आए पनि आचार्यले भने राजनैतिक नियुक्तिलाई झन् तीव्रता दिएका छन् ।

हिजो मात्रै विभिन्न पदमा दुई दर्जनभन्दा बढीलाई मुख्यमन्त्रीले नियुक्त गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान