२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मटन ग्रेभी बनाउने सहज तरीका

२९ आश्विन २०७८, शुक्रबार ०१:३८

टिप्स | दसैंमा विभिन्न किसिमका परिकार घरपरिवार, आफन्त तथा साथीसँग बसेर खाने चलन छ । पर्वअनुसार खानेकुरा पनि नेपाली सँस्कृति झल्कने छन् । तिहारमा सेलरोटी, माघे संक्रान्तिमा तरुल, असार १५ मा दही चिउरा, श्रावण १५ खीर, जनैपूर्णिमामा क्वाँटी खाइन्छ । यसैगरी दसैंमा विभिन्न परिकार पकाए पनि मासुलाई मुख्य मानिन्छ । दसैंमा मासुको खपथ अत्यधिक हुने गर्छ । हरेक भान्सामा मासुका परिकारहरु पाकेकै हन्छ । हरेक घरमा आ–आफ्नै स्वादअनुसार मासुको परिकार पाक्ने गर्छ । दसैंमा धेरै खाइने मासुको परिकार र पकाउने विधि यस प्रकार छन् ।

आवश्यक सामग्री

खसीको मासु

तेल

पाँच फुरन खुर्सानी, प्याज, टमाटर, हरियो धनियाँ

बेसार, नुन, गरम मसला, मिट मसला, धुलो खुर्सानी

लसुन अदुवाको पेस्ट


बनाउने तरिका

मासु बनाउनुअघि राम्रोसँग पखालेर पानी ओभाउन दिने । पकाउने भाडामा तेल तातिसकेपछि पाँच फुरन हाल्ने र प्याज हालेर भुट्ने । सुख्खा मासु बनाउने हो भने प्याजलाई खैरौ हुने गरी चलाउने तर ग्रेभी बनाउँदा प्याज हल्का खैरो हँुदा नै मासु हालेर चलाउँने । केही समयपछि मासुमा बेसार, नुन, गरम मसलासँगै लसुन अदुवाको पेष्ट हालेर पालैपालो चलाउने र छोपिदिने । केही समयपछि फेरी मासुमा मिट मसला र धुलो खुर्सानी हालेर चलाउने र टमाटर पनि राख्ने । त्यसपछि केही मात्रामा पानी राखेर छोपिदिने । मासु पकाउँदा मनतातो पानीको प्रयोगले स्वाद राम्रो हुन्छ । अन्त्यमा काटेको हरियो धनियाँ राख्दा यसले स्वाद बढाउँछ र खानको लागि ग्रेभी तयार हुन्छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य