१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बडादसैँलाई भाइचारा र मित्रवत् सम्बन्ध विस्तार गर्ने अवसरका रुपमा मनाउन प्रधानमन्त्रीको अनुरोध

२९ आश्विन २०७८, शुक्रबार ०२:११

असोज २९, काठमाडौं | प्रधानमन्त्री शेरबहादुर देउवाले बडादसैँलाई आपसी सद्भाव र भाइचाराको सम्बन्ध विस्तार गर्ने हिसाबले मनाउन अनुरोध गरेका छन् ।

‘बडादसैँलाई आपसी सद्भाव, भाइचारा र मित्रवत् सम्बन्ध विस्तार गर्ने अवसरमा रुपमा मनाउन सम्पूर्ण नेपालीमा अनुरोध गर्दछु,’ उनले भनेका छन्, ‘सबैको मुहारमा खुसी ल्याउन सकोस् ।’

बडादसैँका अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री देउवाले बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक एकताले भरपूर्ण नेपालमा दसैं लगायतका चाडपर्वले भावनात्मक एकतामा योगदान पुर्‍याउँदै आएको उल्लेख गरेका छन् ।

‘यसलाई विकसित तुल्याएर राष्ट्रिय एकता हासिल गर्दै सम्बन्ध सुमधुर बनाउने हामी सबैको कर्तव्य हो,’ उनले भनेका छन् ।

दसैं, तिहार, छठ, नेपाल संवतलगायतका पर्वका आ-आफ्नै मूल्यमान्यता र विशेषता रहेको भन्दै प्रधानमन्त्री देउवाले सबै भाषा र जाति तथा संस्कृति र सभ्यताहरुको संरक्षण र विकास गर्नु आफूहरुको दायित्व भएकोमा जोड दिएका छन् ।

कोरोना संक्रमण कायमै रहेकाले स्वास्थ्य मापदण्डको पूर्ण पालना गरेर मनाउन उनको अनुरोध छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक