३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दुबईमा धनाढ्यको संख्या बढेको बढ्यै

१ कार्तिक २०७८, सोमबार ०३:३०

कात्तिक १, दुबई | एजेन्सी | दुबईका निजी बैंक र सम्पत्ती व्यवस्थापन क्षेत्रका लागि यो वर्ष पनि सुखद  रह्यो । सन् २०१९ मा व्यक्तिगत रूपमा उच्च सम्पत्ती भएका व्यक्ति बस्ने सहरहरूमा  दुबई सबैभन्दा अग्रपंक्तिमा आउथ्यो । त्यस्तै, विश्वका धनी व्यक्तिहरुको छनौटमा दुबई उच्च १० गन्तव्यमा पर्दथ्यो ।

सन् २०२० को सुरूदेखि नै महामारीको चपेटामा परेको दुबई सार्वजनिक स्वास्थ्य समस्या देखिएको थियो । यद्यपी रोग नियन्त्रण गर्न देशले उल्लेख्य भूमिका खेलेको थियो ।

अर्बपतिहरुको गतिविधि अनुसन्धान गर्ने संस्था न्यु वल्र्ड हेल्थ (एनडब्लुएच) ले दुबईमा हाइ–नेट–वेल्थ इन्डिभिजुअल (एचएनडब्लुआई) को संख्या यो जुन महिनामा ३ दशमलब ८ प्रतिशतले बढेको जनाएको छ । दुबईमा गत डिसेम्वरमा ५२ हजार एचएनडब्लुआईमा रहेकोमा अहिले ५४ हजार पुगेको हो । एचएनडब्लुआई अर्थतन्त्रको एउटा शब्द हो जसको अर्थ अमेरिकी डलर १० लाख भन्दा बढी सम्पत्ती भएका धनाढ्य भन्ने बुझाउँछ ।


मध्येपूर्व र अफ्रिका (एमइए) क्षेत्रमा दुबई संसारकै धनी सहर हो । दुबई १६५ ‘सेन्टी–मिलिअनरिज’ र १२ ‘विलिअनरिज’को घरसमेत हो । कम्तिमा एक मिलियन डलर रकम, सम्पत्ती र व्यवसाय भएका व्यक्तिको संख्या जुनमा २ दशमलब ५ प्रतिशतले बढेको एनडब्लुएचको अध्ययनमा उल्लेख छ ।

अर्को एक छुट्टै अध्ययनमा मध्यपूर्वमा आगामी पाँच वर्षमा ३० मिलियन (३ करोड) डलर सम्पत्ती भएका व्यक्तिहरुको संख्या २४ दशमल ६ प्रतिशत हुने प्रक्षेपण गरिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली