२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जब अक्षय हेलिकप्टरमा बिना सुरक्षा झुण्डिए …

१ कार्तिक २०७८, सोमबार ०८:१४

कात्तिक १, काठमाडौं | हलिउड झैँ बलिउडमा पनि सिनेम्याटिक युनिभर्स बनाउने तयारी साथ निर्देशक रोहित शेट्टीले ‘कप युनिभर्स’ निर्माण गरिरहेका छन् । उनले ‘सिंघम’ बाट निर्माण गर्ने यो युनिभर्समा सिम्बा हुँदै सूर्यवंशीमा पनि इन्ट्री गरिसकेका छन् । 

भारतीय प्रहरीको बहादुरीको कथालाई पर्दामा देखाउने निर्देशक रोहितले आफ्नो आगामी फिल्म ‘सूर्यवंशी’ मा पछिल्लो समय सोसल ड्रामामा देखिदै आएका अक्षयलाई एक पटक पुनः एक्सन अवतारमा प्रस्तुत गरेका छन् ।

यसै फिल्मसँग जोडिएको आफ्नो भावना अक्षयले साटेका छन् । एक पत्रकारको जिज्ञासामा अक्षयले पछिल्लो समय प्रविधिले कामलाई सहज बनाएको बताए । 

थाइल्याण्डमा खिचिएको एक दृश्यमा अक्षय बाइक हुँदै हेलिकप्टरमा चढ्छन । यो दृश्यमा जोखिम हुँदा हुँदै पनि अक्षयले सामना गरे । ‘सबसे बडा खिलाडीमै यस्ता दृश्य गरेको थियो तर त्यसबेला सुरक्षाका उपाए कम थिए भने प्राविधिक रुपमा पनि हामी सबै थिएनौ’ अक्षयले भन्छन् ‘यतिबेला प्रविधिले सहज बनाएको छ हामीलाई त्यसैले हावाको बहावलाई कम गर्दा जाँदै सात क्यामेराले खिच्दा त्यो दृश्य छिटै सकिनुका साथै सहज पनि भयो ।’

यस्तै, रोहितले सो दृश्यमा आफु निकै चिन्तित रहेको बताए । ‘मलाइ थाहा थिएन त्यो दृश्यमा अक्षयले पाइलटसँग सेटिङ गरिसकेछन ,’ रोहितले भने । किनकी बाइक हुँदै हेलिकप्टरमा झुण्डिएका अक्षयलाई लिएर हेलिकप्टर टाढा पुग्यो जसको बारेमा रोहितलाई थाहा थिएन । उनले त्यहाँ सुरक्षासम्बन्धी  प्रोटोकल पुरा नगरेको बताए । 


‘अर्को सिनमा त्यहाँ सुरक्षित रुपमा अक्षयलाई राख्नु थियो यद्दपी उनले एकै टेकमा पुरै सिन सकाए त्यसैले म केहि डराएको थिए ’ रोहितले बताए । 

यो फिल्म शिव राजकुमारको अभिनय रहेको कन्नड फिल्म ‘तगारु’ को रिमेक रहेको धेरैले अनुमान गरेका छन् । करण जोहरको पनि निर्माणमा सहकार्य रहेको फिल्ममा अक्षय कुमार प्रहरी अधिकारीको भूमिकामा देखिएका छन् । फिल्ममा अक्षयले निडर प्रहरी अधिकारीको भूमिका निर्वाह गरेका छन् । अक्षयको को–स्टार कट्रिना कैफ छिन् । 

कट्रिनाको ग्लामर अवतारले अक्षयको एक्सनलाई सहयोग गर्ने रोहितको विश्वास छ । फिल्ममा अजय देवगन र रणवीर सिंहको पनि केमियो रहेको छ । फिल्म ‘सिम्बा’ मा रोहितले अजय देवगन र अक्षयलाई केमियो गराएका थिए भने उनले ‘सूर्यवंशी’ मा अजय देवगनलाई केमियो गराएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो