2026-07-11 07:42 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यस्ता छन् आजको मन्त्रिपरिषद्का निर्णयहरु

कत्तिक १, काठमाडौं | प्रधानमन्त्री शेरबहादुर देउवा ग्लास्गोमा आयोजना हुने जलवायु परिवर्तनसम्बन्धी ‘वर्ल्ड लिडर्स समिट’मा सहभागी हुने भएका छन् । 

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री देउवाको नेतृत्वमा ग्लास्गोमा आयोजना हुने जलवायु परिवर्तनसम्बन्धी ‘वर्ल्ड लिडर्स समिट’मा सहभागी हुने प्रतिनिधिमण्डल गठन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले बताए । 

यस्तै, बैठकले मंगलबार (२ कात्तिक)मा मोहम्मद जयन्ती (१४९६)को अवसरमा मुस्लिम समुदायलाई सार्वजनिक बिदा दिने निर्णय पनि गरेको छ । 

सरकारले साफ च्याम्पियनसिप प्रतियोगितामा उपविजेता भएका नेपाली फुटबल टिमका खेलाडीहरूलाई प्रति खेलाडी पाँच लाख र प्रशिक्षकलाई तीन लाख रुपैयाँ प्रोत्साहन रकम उपलब्ध गराउने निर्णय पनि गरेको प्रवक्ता कार्कीले जानकारी दिए । 

बैठकले अर्थ मन्त्रालय आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) नियमावली, २०७८ स्वीकृत गर्ने, अबुधावी डाइलगको छैटौँ मन्त्रीस्तरीय परामर्श बैठकमा सहभागी हुन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री किसान श्रेष्ठलाई स्वीकृति दिने निर्णय गरेको छ ।

विभिन्न मन्त्रालयहरूमा अस्थायी दरबन्दी सिर्जना गर्न स्वीकृति दिने र लोक सेवा आयोग तथा बढुवा समितिको सिफारिसबमोजिम राजपत्राङ्कित प्रथम श्रेणीका विभिन्न पदहरूमा नियुक्त गर्ने निर्णय पनि गरेको सरकारका प्रवक्ता कार्कीले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्लाहीमा पनि एक युवाले गरे आत्मदाहको प्रयास​​​ रामेछापमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु गणेश नेपाली आत्मदाह घटनामा माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न समिति गठन घाँटी चिच्याएर मात्रै हुँदैन, जनताको सेवा गर्छु भनेर मुखले बोलेर मात्र पुग्दैन: गृहमन्त्री गुरुङ गणेश नेपालीको मृत्यु सरकारप्रति जनतामा बढ्दो निरासा र असुरक्षाको भयावह संकेत: खुश्वु ओली आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: नेकपा अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनको मृत्यु प्रतिनिधिसभा बैठक बस्दै राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण सुनचाँदीको मूल्य बढ्यो खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट