२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

उत्तर कोरियाद्वारा जापानको समुद्रमा प्रोजेक्टाइल प्रहार

२ कार्तिक २०७८, मंगलवार ०४:१३

कात्तिक २, प्योङयाङ | एजेन्सी | उत्तर कोरियाले एउटा प्रोजेक्टाइल प्रहार गरेको छ । उत्तरले प्रहार गरेको प्रोजेक्टाइल जापानको समुद्रमा खसेको दक्षिण कोरियाको सेनाले पुष्टि गरेको छ । उत्तर कोरियाले पछिल्लो समयमा एक पछि अर्को आणविक हतियार परीक्षण गरिरहेको छ । 

यसअघि उत्तर कोरियाले लामो दूरीको क्रुज मिसाइल र आवाजभन्दा पनि चाँडो पुग्ने हाइपरसोनिक मिसाईल परीक्षण गरेको थियो । 

अन्तर्राष्ट्रिय प्रतिबन्धकाबाबजुद उत्तर कोरियाली नेता किम जोङ उनले सैन्य प्रविधिमा तीब्र प्रगति गरेका छन् । गत साता मात्र उत्तर कोरिया र अमेरिकाबीचको तनाबको मुख्य कारक वासिंगटन भएको किमले आरोप लगाएका थिए । उत्तर कोरियाले अमेरिकालाई कहिल्यै पनि शत्रुतापूर्ण दृष्टिकोण नराखेको उनको भनाई थियो ।


अमेरिकी दूतले प्योङयाङसँग वार्ताको प्रस्ताव गरिरहेका बेला उत्तर कोरियाले पछिल्लो परीक्षण गरेको हो । ‘एक अर्को देशबीच समझधारी बढाउन हामी उत्तर कोरियासँग वार्ता गर्न चाहन्छौं’, उत्तर कोरियाका लागि अमेरिकी दूत सुङ किमले भने । 

कोरियाली नेता किमले अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पसँग तीन पटक भेटवार्ता गरिसकेका छन् । ट्रम्पले आफ्नो शासन कालमा उत्तर कोरियाली प्रायद्धीपको युद्ध अन्त्य गर्ने वारम्बार बताए पनि सफल हुन सकेका थिएनन् । उत्तरलाई निशस्त्र पार्ने विषयमा वर्तमान राष्ट्रपति जो बाईडेनले कूटनीतिलाई तीब्रता दिएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण