२०८३, ९ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मेस्सीको दुई गोल मद्दतमा पिएसजीको जित

२०७८, ३ कार्तिक बुधबार ०३:३५

कात्तिक ३, काठमाडौं| अर्जेन्टिनी स्टार खेलाडी लिओनेल मेस्सीको दुई गोल मद्दतमा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) ले यूईएफए च्याम्पियन्स लिगमा पुनरागमन जित निकालेको छ । 

मंगलबार राति घरेलु मैदानमा भएको समूह ए को खेलमा पीएसजीले जर्मन बुण्डेस लिगा क्लब आरबी लाइप्जिगलाई ३-२ ले पराजित गरेको छ ।

टोली २-१ ले पछि पर्दा मेस्सीले २ गोल गर्दै महत्त्वपूर्ण तीन अंक दिलाएका थिए । यस्तै युवा फरवार्ड केलीयन एमबाप्पेले १ गोल गरे । पराजित लाइप्जिगको लागि आन्द्रे सिल्भा र नोर्दिक मुकिएलेले १/१ गोल गरे ।

खेलको नवौं मिनेटमा एमबाप्पेले काउन्टर मुभमा उत्कृष्ट फिनिस गरेका थिए । तर २८ औं मिनेटमा आन्द्रे सिल्भाले गोल गर्दै खेल बराबरीमा ल्याए । दोस्रो हाफको ५७ औं मिनेटमा नोर्दिक मुकिएलेले गोल गर्दै पाहुना टोलीलाई २-१ ले अघि बढाए । 

यसपछि यसै सिजन स्पेनिस क्लब बार्सिलोनाबाट पेरिस झरेका मेस्सीले खेलको ६७ औं मिनेटमा मेस्सीले गोल गर्दै खेल पुन: २/२ को बराबर ल्याए । 

७४ औं मिनेटमा मेस्सीले पेनाल्टी गोल गर्दै टोलीलाई ३-२ को पुनरागमन जित दिलाए । पिएसजीले इन्ज्युरी समयमा अर्को पेनाल्टी प्रा

प्त गर्‍यो । तर ह्याट्रिकमा रहेका मेस्सीले उक्त प्रहार एम्बाप्पेलाई दिए । एमबाप्पेको पेनाल्टी प्रहार बाहिरिदा पिएसजीले अग्रता बढाउन सकेन ।

समूहको अर्को खेलमा म्यानचेस्टर सिटीले क्लब ब्रुगलाई ५-१ ले हरायो । 

यस जितसँगै पिएसजी अंक तालिकाको शीर्षस्थानमा कायम छ । टोलीको ३ खेलमा ७ अंक छ । सिटीको ३ खेलमा ६ अंक तथा क्लब ब्रुगको ४ अंक छ । आरबी लाइप्जिग भने ३ खेलमा अंकविहीन छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ