विजया पन्त । सामाजिक संजालमा सबैले पोष्ट गरेको देखेपछि को र के रहेछ यो जोया भन्ने उत्सुकताले सतायो । फेसबुकको वालमा खोजेर लिङ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... विजया पन्त । सामाजिक संजालमा सबैले पोष्ट गरेको देखेपछि को र के रहेछ यो जोया भन्ने उत्सुकताले सतायो । फेसबुकको वालमा खोजेर लिङ"/>
२२ मंसिर २०८२, आईतवार
काठमाडौँ - KTM

किन रहिन जोया हरेक नेपालीको मन मस्तिष्कमा ?

२ भाद्र २०७३, बिहीबार ११:३२

विजया पन्त । सामाजिक संजालमा सबैले पोष्ट गरेको देखेपछि को र के रहेछ यो जोया भन्ने उत्सुकताले सतायो । फेसबुकको वालमा खोजेर लिङ्कमा क्लिक गरेर पढ्न थालेँ । चिच्याइ चिच्याइ पढ्दै थिएँ । पढ्दै जाँदा गला अबरुद्ध भो फेरी आफूलाई समालेर पढ्न थालेँ । 

फिलिपिन्स महिला नेपाली केटासँग विवाह गरेर आएको र दुई सन्तान भएको तर श्रीमानले सधैँ रक्सी खाएर कुट्ने गरेको श्रीमानले दिएको यातना सहन नसकेर .हारगुहार गर्दा सरकारबाट सहयोग गरेर माइती देश फर्काइएको ………….. फोटो पनि एउटा बच्चा काखमा र अर्को हातले समाएको । यो हृदय विदारक कहानी र दृश्यले कुनै पनि नारीको  मन थाम्न सक्दैन । पढ्दै गर्दा लाग्यो नेपालकी बुहारी हुन् उनी अनि ती अबोध बालकहरूमा नेपाली रगत छ । 

हुन त जोया जस्ता नेपाली महिला यहाँ सयौँ छन् । पन्ध्र सोह्र वर्षमा भागी विवाह गर्ने बीस बाइस वर्षमा दुई सन्तानको आमा बन्ने र श्रीमानले पिट्ने, दुःख दिने गरेपछि घर बनाउने, अरुको घरमा भाडाँ माझ्ने, लुगा घुने गरेर बालबच्चा हुर्काउने गर्छन् । यसरी कष्टपूर्वक जीवन बिताएर बस्ने महिला कसैको नजरमा परेका छैनन् तर किन जोया हरेक नेपालीको मन मस्तिष्कमा रहिन पति भक्ति त मर्दैन पापी पति भए पनि ?  

मलाई पनि लाग्यो उनको विवाह दर्ता हुनु पथ्र्यो, नागरिकता पाउनु पथ्र्यो, छोराहरूको जन्मदर्ता गरेर नेपाली बालबच्चाले पाउनु पर्ने अधिकार पाउनु पथ्र्यो । जोयाको अवस्था र उनको रोदनले उनी नेपालकी बुहारी हुन् र नेपालमा बस्न पाउनु पर्छ भन्ने लाग्यो । यसैमा सम्झेँ भवानी भिच्छुको हारजित कथा । सुनवा नाउँकी केटीको गोज्याँग्रो केटासँग विवाह हुन्छ । सुनवा गोज्याँग्रो लोग्नेको सधैँको पिटाइ सहन नसकेर गाउँको मनोहर महतोको घरमा मज्दुरी गर्न जान्छे । 

सुनवा गाउँको बुहारी र इज्जत भएको हुँदा उसलाई  घर फर्काउन घुरहु महतोले आफ्नी विवाह गरेर दिएकी छोरी रतियालाई यो  अर्काको घरकी बुहारी हो । केही समय माइत बस्न आएकी छे । मनोहर महतोले पनि विवाहमा छोरी जस्तै जल खाएका थिए । त्यसैले यसलाई लगेर काम गर्नु भन्दै सुनवाको सट्टामा रतियालाई पठाउँछन् र सुनवालाई आफ्नो घर पर्काउँछन् । त्यस्तै जोया पनि यस देशकी बुहारी र इज्जत हुन् । आजसम्म हाम्रो समाज बुहारीले धानेको छ । बैधानिक वा अबैधानिक जसरी विवाह गरेको भएपनि जोयालाई अन्तिम अवस्थामा भएपनि कानुनी मान्यता दिनु पथ्र्यो यसमा कसैको दुई मत हुँदैन ।  

दिमागले धेरै दिन मन्थन गर्यो के विवाह दर्ताले उसलाई खान दिन्छ ? के नागरिकताले उसको नाङ्गो शरीर छोप्छ ? के बालकहरूको जन्मदर्ताले शिक्षा दिन्छ । यहाँ त धनी र गरिबको शिक्षा छ । हो बच्चाहरूलाई सरकारले शिक्षा देला तर त्यो शिक्षा प्राप्त गर्नेहरू जाने भनेको खाडी मुलुक हो  । यहाँ बसेको भए उनीहरूको गन्तव्य स्थल पनि खाडी मुलुक हुन्थ्यो । नेपाली नागरिकता नपाएर माइती देश फर्कन पर्यो । यस विषयले सबैको मन बिझउँछ । 

विवाह गरेर आएर पनि किन अधिकार दिइएन ?  यो दुःखको कुरा हो तर नेपालमा बस्नेहरूले आफूलाई भाग्यमानी ठानेको कतै पाइएको छैन । आफूलाई राष्ट्रवादी र अतिनै ठूला हुँ भन्नेहरू पनि अमेरिकाको डि वि पर्दा आफूलाई सबैभन्दा भाग्यमानी ठान्छन् र नेपाली नागरिकता त्याग्न तयार हुन्छन् । उनको देश कस्तो छ ? थाहा छैन ? तर जोयालाई लैजान जुन रकम तिरेको छ सरकारले त्यो देख्दा नेपालभन्दा धेरै अगाडि छ भन्ने बुझिन्छ । उनी जस्ता हाम्रा नेपाली चेलीबेटी  विदेशको भूमिमा  कति जीवन र मरणको दोसाधमा  परेका छन् ? सरकाले उद्द्धार गर्न सकेको छैन । त्यसैले पनि भन्छु उनले ती  दुई सन्तानलाई पक्कै पनि शिक्षा दिएर योग्य बनाउने छिन् । 

कानुनी रुपमा नेपालको बुहारी बन्न सकिनछिन् जोया । कानुनी रुपमा बुहारी बनेको भए विवाह दर्ता हुने थियो ।  विवाह दर्ता नगरेको कारण नै उनी आज साच्चै नेपालकी बुहारी बनिन् । विवाह दर्ता गरेको भए । NGO ले सम्बन्ध विचछेद गराउँथ्यो र पाइती देश पठाउँथ्यो । नेपालसँगको कुनै सम्बन्ध नै रहने थिएन । उनले प्लेन चढ्दै गर्दा दुष्टै भएपनि एकपटक आफ्नो श्रीमानलाई सम्झेर झरेका आँसुले सबैको मन पगाल्यो । सम्बन्ध विच्छेद गरेको भए रुने होइन सम्झने पनि अधिकार हुने थिएन । 

सम्बन्ध विच्छेद गरेर गएकोसँग नेपालीको कुनै सम्बन्ध पनि रहने थिएन । यहाँ कानुन र रगतको नातभन्दा भावनात्मक नाताले बढी नेपालीको मन छोएको छ ।  भोलि उनले विवाह गर्लिन वा छोरा पालेर बस्लिन् समयले बताउला । कानुनी मान्यता नपाइकन बनेको नेपाली बुहारीले नै सबैको मन जित्न सकेको हो । त्यसैले भन्न मन लाग्यो पति भक्त त मर्दैन पापी पति भए पनि । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य