2026-08-25 08:28 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अल्मुताइरी नेपाल फर्कन तयार छन् : व्यवस्थापक मधुसुदन

कात्तिक ३, काठमाडौं | नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी पुनः राष्ट्रिय टोलीको मुख्य प्रशिक्षक रहन तयार भएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा)सँग मुख्य प्रशिक्षकको सम्झौता सकिँनै लाग्दा ‘एएफसी प्रो लाईसेन्स’ प्राप्त प्रशिक्षक अब्दुल्लाह पुनः नेपाली राष्ट्रिय टिम हेर्न तयार भएका हुन् । 

यसअघि नेपाल साफ च्याम्पियनसिपको २८ बर्षे यात्रामा पहिलोपटक फाइनल पुग्दा प्रशिक्षक अब्दुल्लाहले नेपाली टोलीको प्रशिक्षक पदबाट राजिनामा दिएको घोषणा गरेका थिए । 

यस्तै उनले फाइनल खेल अन्तिम खेल हुने बताउँदै नेपाल समेत नजाने बताएका थिए । सोहीअनुसार नेपाल उपविजेता भएर स्वदेश फर्कदा अब्दुल्लाह नेपाल नआइ सिधै कतार गएका थिए । न्युज कारखानासँग एन्फाका केन्द्रीय सदस्य तथा राष्ट्रिय टोलीका व्यवस्थापक (म्यानेजर) मधुसुदन उपाध्यायले प्रशिक्षक अब्दुल्लाह नेपाल आउन तयार रहेको बताए । ‘प्रशिक्षक पुनः नेपाल फर्कनु हुन्छ । म सँग भएको कुराकानीमा प्रशिक्षक (अब्दुल्लाह) ले नेपाल आउने सहमति जनाउनु भएको छ । दोहाबाट छुटेपछि त्यस्तो केही नभए उहाँ एक दुई सातामा नेपाल आउनुहुन्छ ।’ पछिल्लो समय नेपाली टोलीको व्यवस्थापनको जिम्मेवारी सम्हालिरहेका उपाध्यायले भने । 

उपाध्यायले पछिल्ला दिनमा प्रशिक्षकले नेपाल बस्ने निर्णय नलिए पनि आफ्ना बाँकी काम सक्काउन भए पनि नेपाल फर्कने बताए । ७७ साल चैतमा एन्फाले पहिलोपटक प्रशिक्षक अब्दुल्लाहलाई नेपालको प्रशिक्षकको जिम्मेवारी दिएको थियो । उनको सम्झौता ५ कात्तिकमा सकिदैछ । 

यसअघि प्रो लाईसेन्स प्राप्त स्विडिस मुख्य प्रशिक्षक योहान कालिनले पारिवारिक समस्या देखाउँदै नेपाल नफर्कने बताएपछि नेपाली टोलीको कार्यकारी प्रशिक्षक जिम्मा बालगोपाल महर्जनले पाएका थिए । तर, उनीसँग फिफा विश्वकप छनोटका बाँकी खेल खेलाउन ‘एएफसी प्रो लाईसेन्स’ नभएपछि एन्फाले कतार फुटबल संघको सहयोगमा कुवेती नागरिक अब्दुल्लाहलाई मुख्य प्रशिक्षक नियुक्ति गरेको थियो । 

पछिल्लो समय मैदानमा सफलता पाउँदै गएका प्रशिक्षक अब्दुल्लाह वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङसँगको लफडा र त्यसपछिका क्रियाकलापपछि लगातार नेपाल राष्ट्रिय टोलीसँग नरहने बताउँदै आएका थिए । उनले हालसम्म तीनपटक सामाजिक सञ्जालमार्फत राष्ट्रिय टोलीको प्रशिक्षकबाट राजिनामा दिने बताइसकेका छन् । 

यता, एन्फाको अध्यक्ष कर्मा छिरिङ शेर्पाले बुधबार (आज) नै सामाजिक सन्जालमा प्रशिक्षक अब्दुल्लाहसँग राष्ट्रिय फुटबल टिमलाई थप मजबुत बनाउन छलफल भएको बताएका छन् । कतारमा भएको भेटपछि सामाजिक सन्जालमा फोटो राख्दै शेर्पाले भनेका छन्, ‘नेपाली राष्ट्रिय फुटबल टिमलाई थप मजबुद बनाउने सम्बन्धमा आज हाम्रो छलफल भयो ।’

तस्बिर : एन्फा 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खानतलासीको नाममा ज्यादती भएको छ, खसी–कुखुरा समेत लगिएको छ : दुर्गा प्रसाईं बालेनलाई सुदन किरातीको कटाक्ष– ‘देशको चाबी दिएँ, ड्राइभर एम्बुलेन्सको परेछ’ बाढी-पहिरोले देशका प्रमुख राजमार्ग प्रभावित बानेश्वरमा महिला ट्राफिक प्रहरीमाथि हातपात गरेको आरोपमा युवक पक्राउ घरेलु श्रमलाई औपचारिकरण गर्ने दिशामा सरकार अघि बढ्दैछ : श्रममन्त्री यादव बुधबार संसदमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर, ११ सांसदले सोध्दैछन् प्रश्न आँखाको समस्याका कारण प्रधानमन्त्री शाहले संसद्मा कालो चस्मा लगाउने गलत सूचना होइन, सत्य कुराको मात्र प्रचार गरौँ : ज्ञानेन्द्र शाही काठमाडौँ उपत्यकासहित देशका केही जिल्लामा आज आकस्मिक बाढीको जोखिम प्रतिनिधि सभाको बैठक स्थगित सुन-चाँदीको मूल्य घट्यो इन्दिरा र रामबहादुर थापाका थापाले बोलेका शब्दहरु संसद्को रेकर्डबाट हटाउन सभामुखको निर्देशन चार विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो भारतमा मृत्युदण्डको व्यवस्था छ भने हामी किन सक्दैनौँ ? : खुश्बु ओली सामाजिक सञ्जालमा बालबालिकाका लागि उमेर हद तोक्न पद्मा अर्यालको आग्रह बलात्कारी र भ्रष्टाचारी प्रमाणित भए अन दि स्पोर्ट ठोक्ने कानुनको व्यवस्था गर्न खगेन्द्र सुनारको माग प्रधानमन्त्री भन्ने पदको निजी जीवन हुँदैन : हर्कराज राई बालिका हत्याका आरोपीको भिडिओ खिच्ने एक प्रहरी पक्राउ हाम्रो सरकारको प्रभाव र विश्वास जनतामा घट्दै गइरहेको छ : सांसद सिंह विदेशबाट आयातित स्याउ रोक्न ज्ञानेन्द्र शाहीको माग