2026-11-04 06:57 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘इन्शाल्लाह’ मा ऋतिक रोशनसँग आलिया भट्टको जोडी

कात्तिक ५, काठमाडौं | सञ्जयलीला भन्साली पछिल्लो समय पिरियड ड्रामा जनरका फिल्म बनाइरहेका छन् । यद्यपि उनको लभस्टोरीलाई दर्शकले प्रतीक्षा गरिरहेको लामो समय भइसकेको छ । किनकि देवदास, हम दिल दे चुके सनम जस्ता लभस्टोरी सिनेमा उनले दर्शकसमक्ष ल्याइसकेका छन् ।

यिनै सञ्जयले केही समय अगाडि ‘इन्शाल्लाह’ निर्देशनसँगै निर्माण गर्ने घोषणा गरेका थिए । घोषणा गरिएको स्टारकास्ट सलमान खानसँग कुरा नमिल्दा फिल्मको काम अझै सुरु हुन सकेको छैन । सलमान पनि अन्य प्रोजेक्टमा व्यस्त छन् । सञ्जयले आलिया भट्टलाई लिएर ‘गंगुवाई कठियावाडी’ निर्देशन गरिसकेका छन् । उनी अहिले नेटफ्लिक्सका लागि ‘हिरामन्डी’ सिरिज बनाउने तयारीमा छन् । 

यसपश्चात उनी रोकिएको प्रोजेक्ट ‘इन्शाल्लाह’ को काम अगाडि बढाउने तयारीमा छन् । उनले फिल्मका लागि ‘गुजारिस’ मा सँगै काम गरेका अभिनेता ऋतिक रोशनसँग कुराकानी अगाडि बढाएका छन् ।

पछिल्लो समय एक्सन र सोसल ड्रामा फिल्ममा देखा परिरहेका ऋतिक पनि लभस्टोरी फिल्म दर्शकसमक्ष ल्याउन चाहन्छन । दर्शकका लागि पनि ऋतिक र आलियाको जोडी फ्रेस हुनेछ । आलिया पछिल्लो समय सञ्जयको निकट अभिनेत्री बन्दैछिन् भने ऋतिकलाई पनि लभस्टोरी मन परेको छ ।

पछिल्ला फिल्महरूमा सञ्जयको कन्टेन्ट बलियो देखिएको छ । यसैले गर्दा पनि बलिउडका एक्टर र एक्ट्रेस सञ्जयसँग काम गर्न चाहन्छन । ऐश्वर्या राय, माधुरी दीक्षित, दीपिका पादुकोणको करियरमा सम्झिने फिल्म सञ्जयले दिएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नवनियुक्त आईजीपी मनोज केसीलाई गृहमन्त्री गुरुङले लगाए दर्ज्यानी चिह्न आईजीपी हटाएको विषयमा कांग्रेसको टिप्पणी : सिंहदरबार र बालुवाटारमा रमिता चलिरहेको छ कांग्रेसको आधिकारिकताबारे भ्रम फैलाएको भन्दै सरकारमाथि शर्माको आरोप स्वदेशी फूल बिक्रीका लागि काठमाडौँ महानगरले तोक्यो ३३ स्थान, प्लास्टिकका फूल बिक्रीमा प्रतिबन्ध आईजीपी नियुक्तिबारे ओलीको टिप्पणी : उहाँहरूले अराएको काम गर्छन् भनेर बनाएको होला चितवनको जलविरे झरना घुमेर फर्किँदा कार दुर्घटना, भारतीय नागरिकको मृत्यु भारतीय विदेश सचिव मिश्री र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेटवार्ता नवनियुक्त आईजीपी केसीले आजै पदभार ग्रहण गर्ने एनपीएलमा सट्टेबाजी गरेको आरोपमा भारतीय नागरिक पक्राउ नेपाली कांग्रेसले बोलायो शीर्ष नेताहरूको बैठक यी हुन् आकस्मिक मन्त्रिपरिषद् बैठकका ३ निर्णय निर्वाचनमा पार्टीले व्यहोरेको हारको गम्भीर समीक्षा गर्नुपर्छ : शंकर पोखरेल चितवनमा बाघको आक्रमणबाट एक जनाको मृत्यु, बाघ नियन्त्रणमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेश सचिव मिश्रीबीच शिष्टाचार भेट डोल्पा कारागारबाट भागेका थप दुई कैदी पक्राउ, अझै चार फरार राष्ट्रपति पौडेलद्वारा दक्षिणकाली मन्दिरमा पूजाअर्चना डेभिड मिलर एनपीएल खेल्न काठमाडौँ आइपुगे, कर्णाली याक्समा आबद्ध सुनको मूल्य बढ्यो, चाँदीको घट्यो आजको मौसम: आंशिक बदलीसँगै हल्का वर्षाको सम्भावना पोखराले गुमायो छैठौँ विकेट