2026-07-11 07:43 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रधानमन्त्री देउवाले भने- एमसीसी पास गर्नुपर्छ, अन्तर्राष्ट्रिय कानुन लागू हुँदैन

कात्तिक ५, धनगढी | प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयाेग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) जस्ताको त्यस्तै पास गर्नुपर्ने बताएका छन् ।

‘एमसीसी नेपालकै कानुनको अधिनमा रहेर लागू हुने हो,’ बाढीपहिरोको अवलोकन गर्न सुदूरपश्चिम प्रदेशको कैलाली आइपुगेका प्रधानमन्त्री देउवाले भने, ‘बाहिरी हल्ला फैलाएर त्यसको गलत प्रचार गरिएको छ, त्यस्तो हैन, एमसीसी नेपालको हितमा छ, निसर्त पास गर्नुपर्दछ ।’

देउवाले बेमौसमी वर्षापछि आएको बाढीपहिरोमा परेर भएको क्षतिलाई तत्कालै सम्बोधन गरिने बताए । अहिलेको मुख्य समस्या बाढीपहिरो रहेको बताउँदै उनले राहत र सुरक्षित बसोबासका लागि तत्कालै सरकारले कार्यक्रम ल्याउने घोषणा गरे ।

बाढीपहिरोबाट भएको क्षति र पुर्नस्थापनाका लागि दीर्घकालीन योजना बनाइने देउवाले बताए । उनले विपद जुनसुकै वेला पनि आउन सक्ने भन्दै त्यसको पूर्वतयारीमा जुट्नुपर्नेमा समेत जोड दिए ।

प्रधानमन्त्री देउवाले सुदूरपश्चिम प्रदेश सरकार परिवर्तनका बारेमा कुनै छलफल नभएको बताए । पाँचदलीय गठबन्धनको सहमतिमा सरकार बनेको प्रसंग निकाल्दै देउवाले सुदूरपश्चिमका विषयमा छलफल नभएको बताए । उनले सरकार परिवर्तनका लागि गठबन्धनसँग छलफल गरिनुपर्ने उल्लेख गरे ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्लाहीमा पनि एक युवाले गरे आत्मदाहको प्रयास​​​ रामेछापमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु गणेश नेपाली आत्मदाह घटनामा माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न समिति गठन घाँटी चिच्याएर मात्रै हुँदैन, जनताको सेवा गर्छु भनेर मुखले बोलेर मात्र पुग्दैन: गृहमन्त्री गुरुङ गणेश नेपालीको मृत्यु सरकारप्रति जनतामा बढ्दो निरासा र असुरक्षाको भयावह संकेत: खुश्वु ओली आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: नेकपा अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनको मृत्यु प्रतिनिधिसभा बैठक बस्दै राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण सुनचाँदीको मूल्य बढ्यो खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट