१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रधानमन्त्री देउवाले भने- एमसीसी पास गर्नुपर्छ, अन्तर्राष्ट्रिय कानुन लागू हुँदैन

५ कार्तिक २०७८, शुक्रबार ०६:०९

कात्तिक ५, धनगढी | प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयाेग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) जस्ताको त्यस्तै पास गर्नुपर्ने बताएका छन् ।

‘एमसीसी नेपालकै कानुनको अधिनमा रहेर लागू हुने हो,’ बाढीपहिरोको अवलोकन गर्न सुदूरपश्चिम प्रदेशको कैलाली आइपुगेका प्रधानमन्त्री देउवाले भने, ‘बाहिरी हल्ला फैलाएर त्यसको गलत प्रचार गरिएको छ, त्यस्तो हैन, एमसीसी नेपालको हितमा छ, निसर्त पास गर्नुपर्दछ ।’

देउवाले बेमौसमी वर्षापछि आएको बाढीपहिरोमा परेर भएको क्षतिलाई तत्कालै सम्बोधन गरिने बताए । अहिलेको मुख्य समस्या बाढीपहिरो रहेको बताउँदै उनले राहत र सुरक्षित बसोबासका लागि तत्कालै सरकारले कार्यक्रम ल्याउने घोषणा गरे ।

बाढीपहिरोबाट भएको क्षति र पुर्नस्थापनाका लागि दीर्घकालीन योजना बनाइने देउवाले बताए । उनले विपद जुनसुकै वेला पनि आउन सक्ने भन्दै त्यसको पूर्वतयारीमा जुट्नुपर्नेमा समेत जोड दिए ।

प्रधानमन्त्री देउवाले सुदूरपश्चिम प्रदेश सरकार परिवर्तनका बारेमा कुनै छलफल नभएको बताए । पाँचदलीय गठबन्धनको सहमतिमा सरकार बनेको प्रसंग निकाल्दै देउवाले सुदूरपश्चिमका विषयमा छलफल नभएको बताए । उनले सरकार परिवर्तनका लागि गठबन्धनसँग छलफल गरिनुपर्ने उल्लेख गरे ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक