१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

देउवालाई चुनौती दिँदा लम्बियो प्रदेश १ सरकारको आयु

७ कार्तिक २०७८, आईतवार १५:३३

कात्तिक ७, विराटनगर | प्रदेश १ सरकारको नेतृत्व पाउनुपर्ने नेपाली कांग्रेसले अडान राख्दै आएको छ ।  तर, प्रधानमन्त्री शेरबहादुर देउवाले संघीय सरकारलाई दरिलो बनाउन बागमती र प्रदेश १ मा सरकारको नेतृत्व नेकपा एकीकृत समाजवादीलाई दिने बताएका थिए । नेकपा एकीकृत समाजवादीलाई मनाउनका लागि देउवाले गरेको निर्णय अहिले उनकै लागि झन्झटिलो बनेको छ । 

कांग्रेसकै नेता शेखर कोइराला खेमाका नेताहरू भने यो निर्णयको विरोधमा थिए । विराटनगर आएका बेला पनि नेता शेखर कोइरालाले दुई वटा प्रदेशमध्ये एउटामा कांग्रेसले नेतृत्व गर्न पाउनुपर्ने बताएका थिए । प्रदेश १ को सरकारको नेतृत्व कांग्रेसले गर्न पाउनु पर्ने आफ्नो अडान रहेको उनले सुनाएका थिए । 

प्रदेश १ मा कांग्रेसका २१ जना सांसद छन् । यीमध्ये ७–८ जना मात्रै देउवा पक्षका छन् ।  अन्य सांसद कोइराला पक्षका हुन् । देउवाको निर्णयपछि कोइराला खेमाका सांसदहरू आक्रोशित बनेका थिए । 

ती आक्रोशित सांसदहरूले आजको संसद् बैठकमा ‘फ्लोर क्रस’ गर्न सक्ने सम्भावना देखिएको थियो । तर, केन्द्रमा देउवा नेतृत्वको वर्चस्व भएकाले ‘फ्लोर क्रस’ गर्ने सांसदहरूलाई पदबाटै हटाउन सक्ने छाँट देखिएपछि कांग्रेस संसदीय दलले आजको प्रदेश सभा बैठक स्थगित गर्न माग गरेको एक कांग्रेस सांसदले बताए । 

१० बजे सभामुख प्रदीपकुमार भण्डारीलाई कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले आज बस्ने भनिएको बैठक सार्न भन्दै सहयोगीमार्फत पत्र पठाएका थिए । लगत्तै एमालेका प्रमुख सचेतक बुद्धिकुमार राज भण्डारीले पनि १५ गतेसम्मका लागि बैठक स्थगन गर्न माग राख्दै निवेदन सभामुखलाई दिएका थिए । 

आज मुख्यमन्त्री भीमप्रसाद आचार्यले विश्वासको मत लिनका लागि बैठक बोलाइएको थियो । देउवा प्रदेश १ को भ्रमणमा आएको मौका छोप्दै आजको संसद् बैठक रोक्न कोइराला खेमाका सांसदहरूले निवेदन दिएको कांग्रेसकै सांसदहरूको भनाइरहेको छ ।  

प्रधानमन्त्री प्रदेश १ मा आएकाले सांसदहरू व्यस्त भएको भन्दै निवेदन दिए पनि कांग्रेस संसदीय दलको बैठकमा भने सबै सांसदको सहभागिता रहेको थियो । तर कांग्रेस कोइराला खेमाका सांसदले भने गठबन्धन निर्णय मान्ने भन्न भने छाडेका छैनन् । 

कांग्रेस संसदीय दलका नेता राजीव कोइरालाले कांग्रेस भित्रै केही आन्तरिक समस्या देखिएकोले बैठक स्थगन गर्न माग गरिएको बताएका छन् । 

यता सत्तापक्षका सांसदहरूले भने सरकारको विरोध गर्ने दलहरूले नै कुरा परिवर्तन गरेर बैठक स्थगन गर्न माग गरेको आरोप लगाएका छन् । 

‘मुख्यमन्त्री विश्वासको मत लिने तयारीमा बस्नु भएको थियो,’ नेकपा एमालेका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले भने, ‘पाटीको अधिवेशन तथा स्थायी कमिटी बैठक १३ गते सम्म रहेको छ १४ गते आउने समय राखेर कात्तिक १५ गतेसम्मका लागि बैठक रोक्न निवेदन दिएका हौं ।’ 

प्रदेश सभा बैठक कात्तिक १५ गते सम्मका लागि स्थगित भएको छ । मुख्यमन्त्री आचार्यले विश्वासको मत लिने प्रस्ताव शुक्रबार पेस गरेका थिए । आज छलफल र मतदान गर्ने तयारी थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक