2026-07-11 07:44 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

देउवालाई चुनौती दिँदा लम्बियो प्रदेश १ सरकारको आयु

कात्तिक ७, विराटनगर | प्रदेश १ सरकारको नेतृत्व पाउनुपर्ने नेपाली कांग्रेसले अडान राख्दै आएको छ ।  तर, प्रधानमन्त्री शेरबहादुर देउवाले संघीय सरकारलाई दरिलो बनाउन बागमती र प्रदेश १ मा सरकारको नेतृत्व नेकपा एकीकृत समाजवादीलाई दिने बताएका थिए । नेकपा एकीकृत समाजवादीलाई मनाउनका लागि देउवाले गरेको निर्णय अहिले उनकै लागि झन्झटिलो बनेको छ । 

कांग्रेसकै नेता शेखर कोइराला खेमाका नेताहरू भने यो निर्णयको विरोधमा थिए । विराटनगर आएका बेला पनि नेता शेखर कोइरालाले दुई वटा प्रदेशमध्ये एउटामा कांग्रेसले नेतृत्व गर्न पाउनुपर्ने बताएका थिए । प्रदेश १ को सरकारको नेतृत्व कांग्रेसले गर्न पाउनु पर्ने आफ्नो अडान रहेको उनले सुनाएका थिए । 

प्रदेश १ मा कांग्रेसका २१ जना सांसद छन् । यीमध्ये ७–८ जना मात्रै देउवा पक्षका छन् ।  अन्य सांसद कोइराला पक्षका हुन् । देउवाको निर्णयपछि कोइराला खेमाका सांसदहरू आक्रोशित बनेका थिए । 

ती आक्रोशित सांसदहरूले आजको संसद् बैठकमा ‘फ्लोर क्रस’ गर्न सक्ने सम्भावना देखिएको थियो । तर, केन्द्रमा देउवा नेतृत्वको वर्चस्व भएकाले ‘फ्लोर क्रस’ गर्ने सांसदहरूलाई पदबाटै हटाउन सक्ने छाँट देखिएपछि कांग्रेस संसदीय दलले आजको प्रदेश सभा बैठक स्थगित गर्न माग गरेको एक कांग्रेस सांसदले बताए । 

१० बजे सभामुख प्रदीपकुमार भण्डारीलाई कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले आज बस्ने भनिएको बैठक सार्न भन्दै सहयोगीमार्फत पत्र पठाएका थिए । लगत्तै एमालेका प्रमुख सचेतक बुद्धिकुमार राज भण्डारीले पनि १५ गतेसम्मका लागि बैठक स्थगन गर्न माग राख्दै निवेदन सभामुखलाई दिएका थिए । 

आज मुख्यमन्त्री भीमप्रसाद आचार्यले विश्वासको मत लिनका लागि बैठक बोलाइएको थियो । देउवा प्रदेश १ को भ्रमणमा आएको मौका छोप्दै आजको संसद् बैठक रोक्न कोइराला खेमाका सांसदहरूले निवेदन दिएको कांग्रेसकै सांसदहरूको भनाइरहेको छ ।  

प्रधानमन्त्री प्रदेश १ मा आएकाले सांसदहरू व्यस्त भएको भन्दै निवेदन दिए पनि कांग्रेस संसदीय दलको बैठकमा भने सबै सांसदको सहभागिता रहेको थियो । तर कांग्रेस कोइराला खेमाका सांसदले भने गठबन्धन निर्णय मान्ने भन्न भने छाडेका छैनन् । 

कांग्रेस संसदीय दलका नेता राजीव कोइरालाले कांग्रेस भित्रै केही आन्तरिक समस्या देखिएकोले बैठक स्थगन गर्न माग गरिएको बताएका छन् । 

यता सत्तापक्षका सांसदहरूले भने सरकारको विरोध गर्ने दलहरूले नै कुरा परिवर्तन गरेर बैठक स्थगन गर्न माग गरेको आरोप लगाएका छन् । 

‘मुख्यमन्त्री विश्वासको मत लिने तयारीमा बस्नु भएको थियो,’ नेकपा एमालेका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले भने, ‘पाटीको अधिवेशन तथा स्थायी कमिटी बैठक १३ गते सम्म रहेको छ १४ गते आउने समय राखेर कात्तिक १५ गतेसम्मका लागि बैठक रोक्न निवेदन दिएका हौं ।’ 

प्रदेश सभा बैठक कात्तिक १५ गते सम्मका लागि स्थगित भएको छ । मुख्यमन्त्री आचार्यले विश्वासको मत लिने प्रस्ताव शुक्रबार पेस गरेका थिए । आज छलफल र मतदान गर्ने तयारी थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्लाहीमा पनि एक युवाले गरे आत्मदाहको प्रयास​​​ रामेछापमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु गणेश नेपाली आत्मदाह घटनामा माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न समिति गठन घाँटी चिच्याएर मात्रै हुँदैन, जनताको सेवा गर्छु भनेर मुखले बोलेर मात्र पुग्दैन: गृहमन्त्री गुरुङ गणेश नेपालीको मृत्यु सरकारप्रति जनतामा बढ्दो निरासा र असुरक्षाको भयावह संकेत: खुश्वु ओली आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: नेकपा अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनको मृत्यु प्रतिनिधिसभा बैठक बस्दै राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण सुनचाँदीको मूल्य बढ्यो खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट