२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

केपी ओलीको आँखाको इसारामा कलाकार विल्सनविक्रमले उड्नै लागेको फ्लाइट क्यान्सिल गरे…

२०७८, ८ कार्तिक सोमबार ०४:३९

कात्तिक ८, बिर्तामोड | नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली हाल गृहजिल्ला झापाको भ्रमणमा छन् । आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै हवाई मार्गबाट भद्रपुर ओर्लिए । भद्रपुरमा उनको जम्काभेट कलाकार विल्सन विक्रम राईसँग भयो । राई आफैं पनि ओलीका फ्यान ।

त्यसमाथि ओलीले पनि रुचाएका एवं गृहजिल्लाबासी कलाकार । भद्रपुर विमानस्थलमा राईसँग अध्यक्ष ओलीको आँखा जुध्यो । इसारामै ओलीले सोधे कता हो ? जवाफमा आँखाको इशारामै विल्सनले काठमाडौं जान लागेको भने । ओलीले हुँदैन यतै रोकिन भने इशारामै । विल्सनले 'म जान लागेको हुँदैन'? भने आँखाको इशारामै ।

ओलीले आँखाको इशारामै कडा रुपमा तपाईँ यतै रोकिनुस्, नजानुस् भने पछि विल्सन रोकिए । ओलीलाई विल्सन रोकिएलान् जस्तो लागेको थिएन ।

तर एकैपटक भद्रपुर-१ पृथ्वीनगरस्थित पिता मोहन ओलीको घरमा विल्सनलाई देखेपछि ओलीले सोधे, तपाईँ पनि यता, टिकट क्यान्सिल गर्नुभयो ?

यो कुरा विल्सन स्वयंले अध्यक्ष ओलीकै अगाडि भनेका हुन् । बिर्तामोडमा आयोजित बृहत् पार्टी प्रवेश कार्यक्रममा कार्यकर्ता हँसाउन आएका विल्सनले ओलीलाई हसाउँदै आफू कसरी कार्यक्रममा आएको जानकारी गराए ।

लिम्बुको छोरा, नेम्वाङको भाञ्जा भन्दै उनले सुवास नेम्वाङलाई मामा पर्ने भन्दै सेवारो (नमस्ते) भने । अनि ओलीसँग आफ्नो छुट्टै सम्बन्ध रहेको आँखा झिम्केपछि त्यसको भाव बुझिहाल्ने बताए । ओलीको आग्रहमा आफूले काठमाडौंको टिकट क्यान्सिल गरेर कार्यक्रममा सहभागी भएको उनले सुनाए ।


उपस्थित नेता कार्यकर्तालाई हँसाउने क्रममा विल्सनले केही जोकका साथै गीत पनि गाएका थिए । उनको प्रस्तुतिमा नेता कार्यकर्तासँगै अध्यक्ष ओली पनि मख्ख थिए । विल्सन ओलीका पिता मोहन ओलीको घरदेखि  प्रवेश कार्यक्रममा आफ्नो प्रस्तुतिसँग सँगै थिए । ओलीले पनि आफ्नो सम्बोधनमा विल्सनलाई सम्झिएका थिए । 

कार्यक्रममा काठमाडौंमा कलाकार राजा रानेन्द्र र गायिका पूर्णकला बिसी पनि पुगेका थिए । उनीहरुले पनि आ-आफ्नो प्रस्तुति दिएका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले