2026-08-25 07:19 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आज नेपाल र फिफाको शिर्ष स्थानमा रहेको इरानबीच खेल हुँदै, कति बजे ?

कात्तिक ८, काठमाडौं | एएफसी यू–२३ एसियन कप छनोटको पहिलो खेलमा आज (सोमबार) नेपालले  बलियो टिम इरानविरुद्ध प्रतिस्पर्धा गर्दै छ । ताजिकिस्तानको रिपब्लिकन सेन्ट्रल स्टेडियममा नेपालले इरानको सामना गर्न लागेको हो । खेल  नेपाली समयअनुसार अपरान्ह ४:४५ बजे सुरु हुनेछ ।

फिफा बरियतामा एसियाको शीर्षस्थानमा रहेको इरानविरुद्ध मैदान उत्रिँदा नेपाल सुखद सुरुवात गर्ने योजनामा हुनेछ  । नेपाल कम्तिमा इरानलाई रोक्ने दाउमा हुनेछ । खेलअघि प्रशिक्षक बालगोपाल महर्जन र कप्तान अर्पण कार्कीले राम्रो नतिजाको लागि खेल्ने बताएका छन् ।

पछिल्लो दुई संस्करणमा नेपालको प्रदर्शन यस प्रतियोगितामा राम्रो हुन सकेको छैन । खेलेका ६ खेलमा हार ब्यहोरेको नेपालले कुनै पनि गोल गर्न सकेको छैन ।

यसपटक राष्ट्रिय टोलीका नियमित ६ र बाँकी पाँच खेलाडी बोकेर ताजकिस्तान उडेको नेपाली टोली उच्च मनोबलकासाथ इरानबिरुद्ध खेल्दै छ । 

नेपालले यू–२३ एसियन कप छनोटमा इरानसँग दोस्रो पटक खेल्न लागेको हो । यसअघि नेपालले सन् २०१५ मा इरानसँग उसैको घरेलु मैदानमा खेलेको थियो । त्यस खेलमा इरानले नेपाललाई ५–० ले पराजित गरेको थियो ।  

नेपालको  समूह ‘बी’को दोस्रो प्रतिद्वन्द्वी हो आयोजक ताजकिस्तान । फिफा बरियतामा ११८औँ स्थानमा रहेको ताजकिस्तानसँग नेपालले ११ गते खेल्नेछ ।

यस्तै, तेस्रो प्रतिद्वन्द्वी लेवनानसँग नेपालले १४ गते खेल्नेछ । समूह बिजेता फाइनल चरण छनोट हुनेछ ।

नेपाली २३ टोली :

गोलरक्षक– अर्पण कार्की (कप्तान), विशाल सुनार, अभिषेक बराल

डिफेण्डर– सुमन अर्याल, गौतम श्रेष्ठ, राजन गुरुङ, रन्दीप पौडेल, शिव गुरुङ, अनिल महर्जन, अभिषेक लिम्बू

मिडफिल्डर– नितिन थापा, सुरजजिउ ठकुरी, आयुष घलान, सेसेहाङ आङदेम्बे, शिशिर लेखी, आकाश बुढामगर, रोशन पहाडी, एरिक बिष्ट

स्ट्राइकर– ऋतिककुमार खड्का, मनीष डाँगी, अभिषेक रिजाल, दर्शन गुरुङ, राजिव लोप्चन

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खानतलासीको नाममा ज्यादती भएको छ, खसी–कुखुरा समेत लगिएको छ : दुर्गा प्रसाईं बालेनलाई सुदन किरातीको कटाक्ष– ‘देशको चाबी दिएँ, ड्राइभर एम्बुलेन्सको परेछ’ बाढी-पहिरोले देशका प्रमुख राजमार्ग प्रभावित बानेश्वरमा महिला ट्राफिक प्रहरीमाथि हातपात गरेको आरोपमा युवक पक्राउ घरेलु श्रमलाई औपचारिकरण गर्ने दिशामा सरकार अघि बढ्दैछ : श्रममन्त्री यादव बुधबार संसदमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर, ११ सांसदले सोध्दैछन् प्रश्न आँखाको समस्याका कारण प्रधानमन्त्री शाहले संसद्मा कालो चस्मा लगाउने गलत सूचना होइन, सत्य कुराको मात्र प्रचार गरौँ : ज्ञानेन्द्र शाही काठमाडौँ उपत्यकासहित देशका केही जिल्लामा आज आकस्मिक बाढीको जोखिम प्रतिनिधि सभाको बैठक स्थगित सुन-चाँदीको मूल्य घट्यो इन्दिरा र रामबहादुर थापाका थापाले बोलेका शब्दहरु संसद्को रेकर्डबाट हटाउन सभामुखको निर्देशन चार विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो भारतमा मृत्युदण्डको व्यवस्था छ भने हामी किन सक्दैनौँ ? : खुश्बु ओली सामाजिक सञ्जालमा बालबालिकाका लागि उमेर हद तोक्न पद्मा अर्यालको आग्रह बलात्कारी र भ्रष्टाचारी प्रमाणित भए अन दि स्पोर्ट ठोक्ने कानुनको व्यवस्था गर्न खगेन्द्र सुनारको माग प्रधानमन्त्री भन्ने पदको निजी जीवन हुँदैन : हर्कराज राई बालिका हत्याका आरोपीको भिडिओ खिच्ने एक प्रहरी पक्राउ हाम्रो सरकारको प्रभाव र विश्वास जनतामा घट्दै गइरहेको छ : सांसद सिंह विदेशबाट आयातित स्याउ रोक्न ज्ञानेन्द्र शाहीको माग