१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रधानन्यायाधीश भेट्ने निष्कर्षसहित सकियो न्यायाधीशहरूको बैठक

८ कार्तिक २०७८, सोमबार ०९:२५

कात्तिक ८, काठमाडौँ | प्रधानन्यायाधीश चोलेन्द्र शमशेमर जबराको कार्यशैलीप्रति असन्तुष्टि जनाइरहेका सर्वाेच्च अदालतका १४ जना न्यायाधीशहरूले गतिरोध अन्त्यका लागि प्रधानन्यायाधीश राणासँगै छलफल गर्ने भएका छन् । 

सर्वाेच्च अदालत परिसरमा सोमबार चार घण्टाको छलफलपछि असन्तुष्ट न्यायाधीशहरू मंगलबार बिहान साढे ११ बजे प्रधानन्यायाधीशलाई भेट्ने निष्कर्षसहित बैठकबाट उठेका छन् । 

न्यायिक नेतृत्व र न्यायालयमा हुने गरेका विकृतिबारे लामो छलफल गरे पनि ठोस निष्कर्षमा भने नपुगिएको न्यायाधीश हरिकृष्ण कार्कीले न्युज कारखानालाई बताए । 

‘लामो छलफल भए पनि त्यस्तो कुनै निष्कर्षमा पुगिएको होइन । हाम्रो सामूहिक सरोकारका विषयमा भोलि (मंगलबार) प्रधानन्यायाधीशसँग समय लिएर भेटेर कुरा राख्ने भन्ने कुरा भएको छ’, न्यायाधीश कार्कीले भने । 

कार्कीले ठोस निष्कर्षमा नपुगेको दाबी गरे पनि न्यायाधीशहरू प्रधानन्यायाधीशले मार्गप्रशस्त गर्नुपर्ने वा सार्वजसनिक रूपमा विगतका कमिकमजोरीहरू सच्याउने र भविष्यमा कार्यपालिकासँग सोझो सम्बन्ध छैन भनेर विश्वस्त आधार तयार पार्नुपर्ने निष्कर्षमा छन् । 

न्यायाधीशहरूको बैठकका कारण सर्वाेच्च अदालतमा सबै मुद्दा प्रभावित भएका छन् । न्यायाधीहरूको बैठक सकिए पनि अघोषित इजलास बहिस्कारलाई भने निरन्तरता दिएका छन् । न्यायालयको आन्तरिक विवादका कारण भोलि (मंगलबार)को मुद्दा सुनुवाइसमेत प्रभावित हुने देखिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक