2026-09-19 11:17 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आर्यन ड्रग्स केसमा अरु तीनजना ‘स्टार किड’ को नाम

कात्तिक ९, काठमाडौं | बलिउड अभिनेता शाहरूख खानका छोरा आर्यन खान संलग्न लागुऔषध मुद्दामा नार्काेटिक कन्ट्रोल ब्युरो (एनसिबी) ले नयाँ नयाँ तथ्यहरू फेला परिरहेको जनाएको छ ।

३ अक्टोबरमा मुम्बईस्थित कार्डेलिया द इम्प्रेस क्रुजमा आयोजित ड्रग्स पार्टीमा आर्यनसहित अन्य आठजना पक्राउ गरेको थिए । त्यसपछि प्रहरीले आर्यनसँग सम्बन्धित अन्य व्यक्तिलाई सोधपुछ गरिरहेको छ । सोही क्रममा प्रहरीले आर्यनको फोनमा अभिनेता चंकी पाण्डेकी छोरी अनन्या पाण्डेसँग ड्रग्स व्यवस्था गर्ने बारेमा च्याट भएको फेला पारेको थियो ।

प्रहरी अधिकारीले अनन्यासँग दुई दिनसम्म करिब ६ घन्टा सोधपुछ गरेका थिए । अनन्यासँग सोधपुछ गर्ने क्रममा ड्रग्स सेवन र सप्लाइको बारेमा बलिउडका अन्य तीनजना स्टार किडको समेत नाम आएको बताइएको छ । तर उनीहरू को–को हुन्, त्यो भने खुलाइएको छैन । 

आर्यन र अनन्याबीच ड्रग्सको व्यवस्था गर्नेबारे पटकपटक च्याट भएको पाइएको छ । आर्यनले अनन्यालाई कोकिन र चरेश व्यवस्था गर्न लगाउँथे । प्रहरीले सोमबार अनन्यासँग तेस्रोपटक सोधपुछका लागि बोलाएको थियो । तर उनी व्यक्तिगत कारण देखाउँदै उपस्थित भइनन् । उनीसँग प्रहरीले लागुऔषध सप्लायर्सको रूपमा सोधपुछ गरिरहेको बताइन्छ । 

आर्यनले अनन्याबाहेक अरु मान्छेहरूसँग पनि ड्रग्सको बारेमा कुरा गरेको च्याट प्रहरीले प्राप्त गरेको छ । उनले उचितकुमार नामक व्यक्तिसँग ८० हजार भारुको लागुऔषध खरिद गर्ने कुरा गरेको भारतीय मिडियाले जनाएका छन् । आर्यन तीन सातादेखि आर्थर रोड जेलमा कैद छन् । मंगलबार हाई कोर्टमा उनको जमानतको बारेमा सुनुवाइ हुँदैछ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो