१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यसरी चयन हुनेछन् एमालेका महाधिवेशन प्रतिनिधि, कति छन् कुल सदस्य ?

११ कार्तिक २०७८, बिहीबार १५:१८

न्युज कारखाना | कात्तिक ११, काठमाडौं | नेकपा एमालेको १०औं महाधिवेशन प्रतिनिधि १५ सय ३६ जना रहने भएको छ ।

बिहीबार बसेको एमाले स्थायी कमिटी बैठकले चितवनमा हुने १० औं महाधिवेशनका लागि पार्टीका ७ लाख २१ हजार सदस्यबाट १५ सय ३६ प्रतिनिधि चयन गर्ने निर्णय गरेको हो । स्थायी कमिटीको निर्णयलाई भोलि बस्ने केन्द्रीय कमिटीमा लैजाने र थपघट हुनसक्ने प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।  

‘चितवनमा हुने महाधिवेशनका लागि प्रतिनिधि चयन हुने व्यवस्थामा रहेर छलफल अगाडि बढायौं । अहिले एमालेसँग ७ लाख २१ हजार पार्टी सदस्य छन् । १५ सय ३६ जना प्रतिनिधिहरु १० औं महाधिवेशनका निम्ति चयन गर्नेछौं,’ उनले भने ।

प्रवक्ता ज्ञवालीका अनुसार प्रतिनिधि तीन खालका हुनेछन् । केन्द्रीय कमिटी, केन्द्रीय अनुशासन आयोग, लेखा परीक्षण आयोग, केन्द्रीय निर्वाचन आयोग र केन्द्रीय सल्लाहकारका निश्चित सदस्यहरु पदेन प्रतिनिधि हुनेछन् ।

पदेन प्रतिनिधिबाहेक विभिन्न भुगोलबाट प्रतिनिधित्व गर्ने विभिन्न रेसियोबाट करिब ११९६ जना प्रतिनिधि चयन गरिनेछ । त्यसका लागि हरेक निर्वाचन क्षेत्रबाट १५ सय सदस्य बराबर कम्तिमा एक जना महिला र दुईजना खुला गरेर तीन जना अर्थात हरेक निर्वाचन क्षेत्रबाट तीन जना हुने उनले बताए ।

त्यसबाहेक एक हजार सदस्य बढ्दै जाँदा एक जना थपिनेगरी यसहिसाबले भुगोलबाट चयन हुने ११९६ जना, पदेन २६२ जना र यसको ५ प्रतिशतले हुने मनोनयन गरेर १५३६ जना प्रतिनिधि चयन हुने व्यवस्था प्रस्ताव गरेको ज्ञवालीले जानकारी दिए । ‘यसमा ५१ प्रतिशत प्रतिनिधि समावेशी हुनेछ । ३३ प्रतिशत महिलाका अतिरिक्त आदिवासी, जनजाति थारु मधेसी मुस्लिम दलित पिछडिएको क्षेत्रसहित कलस्टर छुट्याएका छौं । ४९ प्रतिशत खुला गरेर प्रतिनिधि चयन हुनेछ,’ उनले भने ।

त्यसबाहेक हरेक जिल्लाबाट एक एक जना दलित प्रतिनिधि चयन हुनेछन् । अर्को हरेक प्रदेशबाट मजदुर पार्टी सदस्यबाट मजदुर प्रतिनिधि चयन हुनेछ । त्यसैगरी हरेक जनसंगठनबाट ५/५ जना प्रतिनिधित्व हुनेछ । केन्द्रीय विभाग र केन्द्रीय कार्यालयलाई एउटा निर्वाचन क्षेत्र मानेर त्यहाँबाट दुई जना महिला र एकजना खुला गरेर तीन जना त्यहाँबाट निर्वाचित हुनेछन् । प्रवासका समर्थक शुभचिन्तकबाट २० जना प्रतिनिधित्व गराइने प्रवक्ता ज्ञवालीले बताए ।

बैठकमा महाधिवेशन मूल आयोजक कमिटीबाट सहसंयोजक सुरेन्द्र पाण्डेले चितवनमा हुने महाधिवेशनको तयारीका सन्दर्भमा प्रारम्भिक कामहरुबारे जानकारी गराएका थिए । नारायण नदी किनारमा खुला सभा गर्ने र सौराहको पर्यटकीय स्थलमा बन्दसत्र गर्ने जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक