२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कस्तो छ आजको दिन ? थाहा पाउनुहोस् तपाईँको राशिफल

१२ कार्तिक २०७८, शुक्रबार ०४:२९

चिरन्जिवी भारद्वाज | कात्तिक १२, काठमाडौं | 

पन्चाङ्ग : कात्तिक महिनाको १२ गते शुक्रबार । कात्तिक कृष्णपक्ष अष्टमी तिथि, आज (राधाष्टमी) तद्अनुसार नोभेम्बर महिनाको २९ तारिक ।

बिहान सूर्योदय ६:१३ र सूर्यास्त ५:२० मिनेटमा हुनेछ । चन्द्रमा कर्कट राशिमा छ । आजको अभिजित मुर्हुतको समय भनेको बिहान ११:२६ देखि १२:१० सम्म छ ।

हरेक दिन अभिजित मुहूर्त हुन्छ । यसलाई शास्त्रमा शुभमुहूर्त मानिन्छ । अध्यात्मप्रति आस्था राख्नेले गर्ने शुभकर्मका लागि अभिजित मुहूर्तको समयका कर्म गर्ने गर्दछन् । आजका देवता हुन लक्ष्मी, ग्रहदेव हुन सूर्य । सनातनशास्त्र सूर्य भगवान साक्षात नारायण हुन् । आजका तिथि स्वामी हुन ‘शिव’ । चन्द्रमा कर्कट राशिमा भएका हुनाले आजको दिन यात्रा गर्दा उत्तर दिशातर्फको यात्रालाई शुभ मानिन्छ ।  

आजको राशिफल :

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ)

आज मेष राशिका मानिसमा मन चन्चल हुनसक्छ । पारिवारिक समस्याका कारण घरमा केही आन्तरिक कहल हुनसक्छ । आजको दिन मेषराशि भएका व्यक्तिका लागि मौन रहेर आफ्नो काम सम्पादन गर्नु उत्तम हुनेछ । परिवारभित्रका जेष्ठ सदस्यका  कुरा सुनेर काम गर्नु राम्रो हुनेछ ।

वृष  (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो)

आफन्तजनसँगको मित्रभावका कारण साथ सहयोग मिल्ने छ । नयाँ वस्त्र खरिद गरेर लगाउन सक्नुहुनेछ । यात्राका लागि पनि आजको दिन उत्तम रहेको छ । तपाईँको समय श्रीबृद्धिका लागि अघि बढ्ने देखिन्छ । छोटो दुरीको यात्राको अवसर प्राप्त हुनसक्छ । यात्राबाट नयाँ कार्यको शुरुवात हुनसक्छ ।

मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह)

आज मिथुन राशि भएका व्यक्तिको चन्द्रमा गोचरमा छ । त्यसैले तपाईँको प्रस्तूतिमा प्रभाव पर्नेछ । त्यसको कारण मीठो भोजन र आकस्मिक धनलाभ पनि हुनसक्छ । आजको दिन आफन्त र परिवारजनबाट आर्थिक सहयोग प्राप्त गर्दा तपाईको उन्नती र प्रगतिको ढोका खुल्नसक्छ ।

कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो)

आजको दिन बिहान घरबाट बाहिर निस्कदा उत्तर मुख पर्खेर निस्कनु भयो भने दिन सफल हुनेछ । किनकी चन्द्रमा कर्कट राशिमा रहेको छ । दाम्पत्य जीवनमा सुख, समृद्धि र नयाँ वस्त्र खरिद, आजको दिन आभुषण खरिद गर्दा तपाईलाई लाभ मिल्नेछ । आजको दिन मनमा उत्साह, उमङ्ग थपिने छ ।

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे)

सिंह राशि भएकाका लागि आजको दिन समय अनुकुल नहुनसक्छ । तपाईँको फजुल खर्च, अनावश्यक यात्रा हुनसक्ने सम्भावना छ । स्वास्थ्यमा प्रतिकुल हुनसक्ने भएकाले स्वास्थ्यमा ध्यान दिँदै आजको दिन आफ्नो नियमित कार्यबाहेक अन्य कार्यमा त्यति धेरै ध्यान नदिँदा तपाईँका लागि राम्रो हुनेछ ।

कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो)

यदी व्यापार व्यवसायमा लागेका कन्या राशिका हुनुहुन्छ भने आजको दिन व्यापारबाट लाभ मिन्नेछ । सन्तानबाट सुख, मीठो भोजनप्रतिका लागि निम्तो, स्त्रिबाट साथ सहयोगसमेत मिल्नेछ । आजको दिन रसस्वला नभएकी कुमारी कन्यालाई भोजन र दक्षिण दिनुभयो भने तपाईँको मनमा प्रशन्नता बृद्धि हुनेछ ।  

तुला( रा.री.रु.रे.रो.ता.ती.तु.ते)

आकस्मिक मानसम्मान र अवसरको प्राप्ति हुनेछ । तपाईँले गर्दै आएका कामको सम्मान र घर परिवार र इष्टमित्रबाट साथ सहयोग हुनेछ। यदी सरकारी अधिकारी हुनुहुन्छ भने आज तपाईँले गरेको कामको उपल्लो तहका अधिकारीबाट सम्मानका शब्दहरु प्राप्त हुनसक्छन् ।

वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु)

लामो दूरीको यात्राको लागि प्रस्ताव आउनसक्छ । धार्मिक यात्राको लागि समेत जान उत्तम हुनेछ । चन्द्रमाका कारण तपाईँको कार्यसिद्धि हुनेछ । नयाँ अवसरको प्रस्ताव आउनसक्नेछ । यदी तपाईँ यात्रामा रमाउनुहुन्छ भने आजको दिन वृश्चिक राशि भएकाका लागि दिन उत्तम छ । टाभल्स, ट्रेकिङ्ग व्यवसायमा हुनुहुन्छ भने आजको दिन केही नयाँ स्थानको यात्राको प्रबन्ध मिलाउनु होला ।   

धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे)

धनु राशि भएका व्यक्तिका लागि आजको दिन त्यति उत्तम मान्न सकिदैन । मनमा अनेक सोच, स्वास्थ्यमा समेत कष्ट आउन सक्छ । आकस्मिक नयाँ समस्या आउन सक्छ । मनमा भय, त्रास आउनसक्ने हुनाले आजको दिन नियमित बाहेक नयाँ काम, यात्रा र आफन्तजनसँगको भेटलाई यति उत्तम मान्न सकिदैन ।

मकर भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी)

दाम्पत्य जीवनमा हर्ष छाउने छ । व्यापार व्यबसायबाट अर्थलाभ, यात्राको लागि पनि अवसर र परिवारको साथ सहयोग पाउनु हुनेछ । बाहिरबाट घरमा आउँदा खाली हात घर प्रवेश नगर्नुहोला ।  परिवारजनका लागि खाने केही सामानहरु लिएर मात्र घर प्रवेश गर्नुभयो भने मकर राशि भएका व्यक्तिमा आजको दिन उमङ्ग छाउने छ ।

कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द)

मनमा उल्लाहस रहन सक्छ । आजको दिन आर्थिक नोक्सानी हुने सम्भावना प्रवल छ । तपाईमाथि नकारात्मक सोच राख्ने शत्रुहरुमाथि विजयप्राप्त हुनेछ । आजको दिन तपाईले सोच अनुसारको काम हुनसक्छ । तर, आफूले गरेको काम गुप्त राख्नु फाइदाजनक हुनेछ ।

मीन(दी.दु.थ.झ.ञ.दे.दो.च.ची) 

आजको दिन मीन राशि भएका व्यक्तिको लागि नयाँ अवसरको कार्य थालनी शुभ मानिन्छ । रचनात्मक काम, कलाकारितातर्फ मन बहकिन सक्छ । सन्तान र परिवारबाट साथ सहयोग हुनेछ । आजको दिन मित्रमण्डलीसँगको भेट रचनात्मक हुनेछ । अध्ययन अध्यापनमा सफलता प्राप्त हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ