२०८३, ९ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रावलको चिठीपछि ओलीको प्रतिक्रियाः मास्क खोल्नुस् भन्न चिठी लेख्नुपर्छ र !

२०७८, १२ कार्तिक शुक्रबार १३:०५

कात्तिक १२, काठमाडौं | नेकपा एमालेले शुक्रबार महाधिवेशनको मापदण्ड र कार्यतालिका पारित गर्न भन्दै केन्द्रीय कमिटी बैठक डाकेको थियो । तर, बैठकमा माओवादीबाट एमालेमा समाहित भएका नेता प्रभु साह निकट दुई नेतालाई एकाएक केन्द्रीय सदस्यको शपथ खुवाइयो । 

एमाले अध्यक्षको ओलीको यो कार्यशैली उपाध्यक्ष भीम रावललाई पचेन । उनले बैठकमा शपथ देखेर अन्योलमा परेको प्रतिक्रिया जनाए । 

मञ्चमा बसेका ओलीले शपथ खुवाइसकेसँगै बैठक सुरु भयो । बैठकमा एमाले कैलालीका नेता झपट रावलले १० बुँदे कार्यान्वयन नभएको र कैलालीमा मापदण्ड पालना नगरीकनै पार्टी सदस्यता वितरण गरेको भन्दै संगठन विभाग प्रमुखलाई लेखेको पत्र बैठकमा पेस गरे । 

१० बुँदे सहमतिलाई ‘रटान’ भन्दै आएका ओली त्यसपछि आक्रोशित देखिए । बैठकमा महाधिवेशन तयारीलगायतका विषय उठान गर्दै ओलीले रावलको चिठीप्रति व्यंग्य मिश्रित आक्रोश पोखे । 

छेवैमा बसेका उपाध्यक्ष युवराज ज्ञवालीतिर हेर्दै भने, ‘युवराजजी मास्क लगाएर बस्नुभएको छ, अब उहाँलाई मास्क खोल्नुस् भन्नुपर्‍यो भने पनि चिठी लेखिहाल्ने ?’ 

उनले नेताहरूमा चिठी लेख्ने मोह बढेको भन्दै असन्तुष्टिलाई बैठकमा स्पष्ट राख्न पनि भनेको बैठकमा सहभागी एक नेताले बताए । 

चिठी प्रकरणमा बोलिसकेपछि शपथ ग्रहण कार्यक्रम देखेर रिसाएर बसेका भीम रावलमाथि खनिए ओली । उनले १० बुँदे सहमति कार्यान्वयन गराउन नसकेर राजीनामा दिएको बताउँदै अब महाधिवेशन मुखमा आइसकेको भन्दै १० बुँदेको औचित्य सकिएको बताए । 

अध्यक्ष बोल्दाबोल्दै रावलले ‘हैन कमरेड’ भन्दै रोक्न खोजे । तर, ओली रोकिएनन् । रावलले असन्तुष्टि राख्न थालेपछि अन्य केन्द्रीय सदस्यहरूले १० बुँदे एजेण्डा स्थायी कमिटीमा भएको भन्दै सोही कमिटीको बैठकबाट मिलाउन भनेपछि रावल चुप लागे । 

त्यसलगत्तै ओलीले केन्द्रीय सदस्यको सुझाव र स्थायी कमिटीको पनि सुझाव आएको भन्दै महाधिवेशन प्रतिनिधि बढाउने एजेण्डा पारित गर्नु उपयुक्त हुने बताए । उनको यो एजेण्डामा सबैको सहमति जुटेपछि शुक्रबार बसेको बैठक सकिएको ती नेताको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ