२०८३, ९ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एमाले महाधिवेशन र कांग्रेस जिल्ला सभापतिको अभिव्यक्तिपछि झस्किए प्रचण्ड

२०७८, १२ कार्तिक शुक्रबार १५:५१

कुलप्रसाद काफ्ले | कात्तिक १२, चितवन | नेकपा एमालेको १० औँ महाधिवेशन चितवनमा गर्ने तय भएपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गृह जिल्लामा चार दिन बिताए । उनी आफ्नो निर्वाचन क्षेत्रमा पर्ने माडी र भरतपुरका विभिन्न कार्यक्रममा सहभागी भए । जनताको घर दैलो पनि गर्न भ्याए । 

सत्तारुढ दलका नेतासमेत रहेका प्रचण्डले बिहीबार माडीको हनुमानझुला पुगेर सुकुमबासीलाई नागरिकता बाँडे । उनले सुकुमबासीलाई गठबन्धनको सरकारले छिट्टै लालपुर्जा दिने आश्वासन पनि दिए । नागरिकता बाँड्ने काम जिल्ला प्रशासन कार्यालयको भए पनि उनले नागरिकतालाई राजनीतिक स्वार्थसँग जोडे । 

एमालेको महाधिवेशन तय र नेपाली कांग्रेस जिल्ला सभापति जीतनारायण श्रेष्ठको अभिव्यक्तिपछि प्रचण्ड केही झस्किएको जस्तो देखिन्छन् । विभिन्न चाडपर्वको शुभकामना आदानप्रदान गर्न शुक्रबार आयोजित कार्यक्रममा सहभागी भएका प्रचण्ड शुभकामना दिनुको साटो एमाले अध्यक्ष ओली र कांग्रेस जिल्ला सभापतिविरुद्ध खनिए । 

उनले भने, ‘देशभरिको ध्यान चितवनमै केन्द्रित छ । चितवनमा चुनाव मात्रै हुनेवाला छैन । यहाँ ठूलो लडाइँ हुनेवाला छ । ठूलो टक्कर हुँदैछ ।’ कार्यक्रममा बाबुछोरी नै एमाले र चितवन कांग्रसमाथि खनिए । 

आगामी चुनावमा आफू र माओवादी केन्द्रलाई हराउने रणनीति बनाउनकै लागि एमालेले चितवनमा महाधिवेशन गर्न लागेको प्रचण्डले आशंका गरेका छन् । एमालेले गृह जिल्ला चितवन नै भएका रामबहादुर थापा बादललाई महाधिवेशन व्यवस्थापनको संयोजक बनाएको छ । 

नेकपा विभाजनपछि पनि बादल एमालेमै बसेपछि बादल र प्रचण्डबीच दुष्मनी बढेको छ । बुटवलमा तय भइसकेको महाधिवेशन अन्तिम समयमा आएर चितवनमा गर्ने निर्णय भएको थियो । आगामी १०–१२ मंसिरमा हुने महाधिवेशनको बन्दसत्र नारायणी नदी किनार र बन्दसत्र सौराहामा हुँदै छ । 

नेपाली कांग्रेसको संस्थापन इतर समूहले आगामी चुनावमा माओवादी केन्द्रसँग चुनावी गठबन्धन नगर्ने र रुख चिह्न बाहेक अन्त भोट नहाल्ने बताउँदै आएका छन् । कांग्रेस जिल्ला सभापति जीतनारायण श्रेष्ठले त केही दिनअघि प्रचण्ड र रेनु दाहाललाई चितवनबाट लखेट्ने अभिव्यक्ति नै दिए ।

श्रेष्ठको अभिव्यक्तिलाई प्रचण्डले वर्गीय स्वार्थ बाहेक अरू केही नभएको बताए । २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा कांग्रेस र माओवादीबीच चुनावी गठबन्धन बनेको थियो ।

भरतपुर महानगरपालिकाको प्रमुखमा रेनु दाहाललाई जिताउन कांग्रेसले ठूलै मिहेनत गर्‍यो र जितायो पनि । मतपत्र च्यातेको विषयमा समेत कांग्रेस चुइक्क बोल्न सकेन । त्यसपछि २०७४ मंसिरमा भएको प्रतिनिधि सभाको निर्वाचनमा भने माओवादी केन्द्रले एमालेसँग बाम गठबन्धन गर्‍यो । चितवन निर्वाचन क्षेत्र ३ बाट प्रचण्ड विजयी बने । त्यतिबेला कांग्रेसीहरू माओवादी अध्यक्ष प्रचण्ड र आफ्नै पार्टीको केन्द्रीय नेतृत्वप्रति रुष्ट बनेका थिए ।

अबको चुनावमा माओवादी केन्द्रसँग गठबन्धन नगर्ने कांग्रेसको संस्थापन इतरले भन्दै आएको छ । सोही कारण पनि प्रचण्ड झस्किएका हुन सक्छन् । यद्यपि अबको चुनाव पनि चितवनबाटै लड्ने प्रचण्डले बताएका छन् । 

आफू डराउने खालको मान्छे नभएको भन्दै उनले अबको चुनावमा चितवन राजनीतिको कुरुक्षेत्र बन्ने बताएका छन् । २०७४ सालको स्थानीय तहको निर्वाचनमा चितवनका ९८ वटा वडाहरूमध्ये माओवादी केन्द्रले सात वटा वडामा मात्रै जितेको थियो । एमालेले ५६ र कांग्रेसले ३५ वडामा जित हात पारेको हो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ