२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विज्ञान भन्छः अन्डा शाकाहारी नै हो

१३ कार्तिक २०७८, शनिबार ०७:२९

कात्तिक १३, काठमाडौँ | सामान्यतः शाकाहारी भन्नाले जनावरको निश्चित उत्पादन नखाने व्यक्तिलाई जनाउँछ। सबै शाकाहारीले मासु खाँदैनन्। तर, शाकाहारीले अन्डा खान्छन् भन्दा तपाईंलाई अचम्म लाग्न सक्छ।

प्रायःजसो शाकाहारी खानेकुरा भन्नाले जनावरको मासु नखानु भन्ने बुझिन्छ। तसर्थ, कतिपय शाकाहारीले अन्डा खान्छन्। यद्यपि, उनीहरुले कुखुरा र माछालाई भने आफ्नो दैनिक खानेकुरामा समावेश गरेका हुँदैनन्।

अझै धेरै व्यक्तिले अन्डालाई शाकाहारी खानेकुराका रुपमा मान्यता दिँदैनन्। यदि पोथी र भालेको सम्भोगपछि उत्पादित अन्डाबाट चल्ला कोरलिन्छ। त्यही भएर जनावरको मासु नखाने शाकाहारीले अन्डा खान नहुने तर्क राख्छन्।   

यदि अन्डा निषेचित गरिएको छैन र चल्ला कोरलिने सम्भावना छैन भने त्यसलाई शाकाहारी मान्नुपर्छ भन्ने तर्क पनि छ। त्यस्तो अन्डालाई दूध र नौनीजस्तै जनावरको उत्पादन मान्ने गरिन्छ। व्यवसायिक रुपमा उत्पादित ग्रसरीमा पाइने अन्डा अनिषेचित हुन्, तिनीहरुबाट चल्ला कोरल्न मिल्दैन। हिन्दु, जैनजस्ता केही धर्मले शाकाहारी खानेकुरालाई जोड दिन्छन् र उनीहरुले अन्डालाई पूर्ण रुपमा निषेध गर्नुका साथै पटक्कै शाकाहारी मान्दैन। 

तर, पछिल्लो समयमा विज्ञानले भने अन्डा शाकाहारी भएको पुष्टि गरिसकेको छ। वैज्ञानिकहरुका अनुसार अन्डामा बाहिरी बोक्रा, सेतो र पहेलो गरी तीन भाग हुन्छ। सेतो भागमा प्रोटीन हुन्छ भने पहेलो भागमा प्रोटीन, कोलेस्टेरोल र फ्याट हुन्छ। हामीले खाने अन्डा निषेचित (फर्टिलाइज्ड) नभएको हुनाले त्यसबाट चल्ला कोरिलिने सम्भावना हुँदैन। त्यही भएर वैज्ञानिकहरुले अन्डालाई शाकाहारी पुष्टि गर्दै वर्षौदेखिको विवाद अन्त्य गरिदिएका छन्।

शरीरमा पौष्टिक पदार्थ परिपूर्ति गर्नका लागि अन्डा खानुपर्ने विज्ञहरुको सुझाव छ। अन्डालाई अत्यधिक पौष्टिक पदार्थ मानिन्छ। एउटा ठूलो अन्डामा ६ ग्राम प्रोटीनका साथै भिटामिन र मिनरल्स पाइन्छ। वस्तवमा अन्डाको पहेलो भाग शरीरलाई तन्दुरुस्त राख्न चाहिने कोलिन भन्ने तत्त्वको सबैभन्दा उत्कृष्ट स्रोत हो। कतिपय शाकाहारी व्यक्तिले मासु र माछा नखाए पनि अन्डालाई पोषक खानेकुराका रुपमा छनोट गर्छन्।

अर्कोतर्फ, कतिपय अवस्थामा अन्डामा उच्च मात्रामा कोलेस्टेरोल हुने भएकाले यसलाई अस्वस्थ खानेकुरा पनि मानिन्छ। केही अनुसन्धानले कोलेस्टेरोलयुक्त अन्डा खाँदा रगतमा यसको मात्रा बढ्ने देखाएका छन् भने केही अनुसन्धानले चाहिँ खानेकुरामा भएको कोलेस्टेरोलले मुटुसम्बन्धी रोगमा जोखिम नपार्ने उल्लेख गरेका छन्।

एक अध्ययनअनुसार अन्डा खाने ७० प्रतिशत व्यक्तिमा यसको मात्रा बढेको पाइएन। अनुसन्धानमा एकरुपता नभएको अवस्थामा केही शाकाहारीले अन्डा त्याग गरिरहेको देखिन्छ भने अन्यलाई डाइटको भागकै रुपमा अन्डा खाइरहेका छन्।

कुनै शाकाहारी व्यक्तिले अन्डा खायो भने उसलाई फरक नामले सम्बोधन गरिन्छ। शकाहारीका पनि विभिन्न प्रकार रहेका छन्। अन्डा, माछा र मासु नखाने तर दूध मात्र खाने शाकाहारीलाई लेक्टो–भेजेटरियन भनिन्छ। मासु, माछा र दूध नखाने तर अन्डा चाहिँ खानेलाई ओभो भेजेटरियन भनिन्छ। त्यसैगरी, मासु र माछा नखाए पनि अन्डा र दूध चाहिँ खानेलाई लेक्टो–ओभो भेजेटरियन भनिन्छ। मासु, माछा, दूधजनयअन्डा, महजस्ता जनावरको कुनै पनि उत्पादन नखाने व्यक्तिलाई भेगान भनिन्छ। (एजेन्सीको सहयोगमा )

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान एनपिएलः लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै सुनचाँदीको मूल्यमा सामान्य गिरावट क्रिस लिनको अर्धशतकमा सुदूरपश्चिमले चितवनलाई दियो १७० रनको लक्ष्य नारायणगढ–बुटवल सडक, भौतिक प्रगति ७६ प्रतिशत