2026-09-19 11:51 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चुच्चे नक्सामा समेटिएका क्षेत्रका जनगणना कसरी गर्ने ?

कात्तिक १५, काठमाडौँ | कात्तिक २५ देखि मंसिर ९ गतेसम्म हुने राष्ट्रिय जनगणनामा कुटी, नाभी, गुन्जी, तिंकर र छाङ्रूको जनगणनासमेत गर्न सहज देखिएको छ। जाडो बढेसँगै दार्चुला ती क्षेत्रका स्थानीयवासी बेंसी सर्ने भएकाले जनगणना गर्न कठिन नहुने सीमा अध्येता रतन भण्डारी बताउँछन्। चुच्चे नक्सामा दार्चुलाका लिपुलेक, कालापानी र लिम्पियाधुरा समेटिएपछि ती क्षेत्रका गाउँमा कसरी जनगणना गर्ने भन्ने अन्योलता थियो।

भण्डारीका अनुसार ब्यास क्षेत्रका ब्यासीसौका सपरिवार कात्तिकपछि जाडो छल्न कुटी, नाभी, गुन्जी, तिंकर, छाङ्रुबाट दार्चुलाको खलंगा, बांगाबगर, जोलजीवी, लेकम, दुम्लिन–राप्ला, सितौला, देथला, धुलीगडा, असिगडा झर्ने गर्छन्। उनीहरू बेंसी झरेको स्थानमा टोली पठाएर जनगणना गर्न सकिने भण्डारी बताउँछन्।

बसाइँ सर्नुलाई उनीहरू ‘कुन्चा’ जानु भन्दछन्। गर्मी सुरु भएपछि अर्थात् चैतको सुरुमै उनीहरू ब्यास (घर) फर्कछन्। यसरी ब्यास फर्कनुलाई ‘सौकेडा’ फर्कनु भन्छन्। भण्डारीका अनुसार सदरमुकाम दार्चुला, बाँगाबगर, जोलजीवी, लेकमलगायतका ठाउँबाट ब्यास समुदायको लगत लिनुपर्ने हुन्छ। ‘दार्चुलाको ब्यासमा मात्र होइन, मनाङ, मुस्ताङका थकाली समुदाय पनि हिउँदमा पोखरा र म्याग्दीतिर बसाइँ सर्छन्।

केन्द्रीय तथ्यांक विभागका निर्देशक ढुण्डीराज लामिछानेले भारतद्वारा अतिक्रमित क्षेत्रको जनगणनाका लागि परराष्ट्र मन्त्रालयमा पत्रमार्फत अनुरोध गरिएको बताए। तर, केही जवाफ नआएको उनको भनाइ छ। उनले भने, ‘भौतिक उपस्थितिमा भने असम्भव छ तर पनि कुनै उपाय लगाएर जनगणना गर्नेबारे विभागले सोच बनाएको छ।’

– यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो