१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रावलको खुलासा :’१० बुँदे कार्यान्वयनका लागि दुई अध्यक्ष बनाउने सहमति भएको थियो’

१५ कार्तिक २०७८, सोमबार ०२:३०

कात्तिक १५, काठमाडौं | प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (एमाले) भित्र १० बुँदे सहमति कार्यान्वयन नभएको भन्दै विवाद चर्किंदै गएको बेला एक अर्को सहमतिको खुलासा भएको छ । एमाले उपाध्यक्ष भीम रावलले १० बुँदे सहमति कार्यान्वयनका लागि दुई अध्यक्ष बनाउने सहमति भएको खुलासा गरेका छन् ।

उपाध्यक्ष रावलले १० बुँदे सहमति कार्यान्वयनसम्बन्धी गठन भएको कार्यदलको संयोजकबाट आइतबार दिएको लिखित राजीनामा पत्रमा वरिष्ठ नेता माधवकुमार नेपाललाई अर्को अध्यक्ष बनाउने सहमति भएको खुलाएका हुन् ।

१० बुँदे सहमति कार्यान्वयन गर्न पार्टी अध्यक्ष केपी शर्मा ओलीले चासो नदिएको र उल्टै सहमतिको औचित्य सकिसकेको बताएपछि उपाध्यक्ष रावलले उच्चस्तरीय कार्यदलबाट राजीनामा दिँदै यस्तो खुलासा गरेका हुन् ।

तर २७ असारमा भएको १० बुँदे सहमतिका बुँदामा दुई अध्यक्ष बनाउने विषयमा केही उल्लेख छैन । १० बुँदे सहमति कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेपछि तेस्रो धारका नेताहरू नेपालको साथ छोडेर एमालेमै बसेका थिए ।

सो सहमति कार्यान्वयन गर्ने स्थायी कमिटी र केन्द्रीय कमिटीले निर्णय गरेर अन्तर पार्टी निर्देशन (अपानि) १२ जारी हुँदासमेत अध्यक्ष ओलीले १० बुँदे औचित्यहीन भएको बोल्ने गरेकाले आफूले राजीनामा दिएको रावलले जनाएका छन् ।

रावलले बुझाएको राजीनामा पत्रको बुँदा नम्बर ४ मा भनिएको छ, ‘१० बुँदे सहमतिको कार्यान्वनय गर्दै पार्टी एकता कायम गर्न केन्द्रीय कमिटीमा दुई जना अध्यक्षको व्यवस्था गर्ने सहमतिसमेत भएको थियो । यस विषयमा पार्टी अध्यक्ष र वरिष्ठ नेताका बीच कुराकानी हुुनुका साथै ६ साउनमा अध्यक्षको निवास बालकोटमा पार्टी अध्यक्ष स्वयं, महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल, स्थायी कमिटीका सदस्य सुवासचन्द्र नेम्वाङ र मसमेतको उपस्थितिमा वरिष्ठ नेता माधवकुमार नेपाल केन्द्रीय कमिटीको अर्को अध्यक्षको रूपमा रहने व्यवस्था गर्ने सहमति भएको थियो ।’

- यो समाचार आजको राजधानी दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक