कात्तिक १६, काठमाडौं | बलिउडस्टार शाहरुख खानको मंगलबार २ नोभेम्बरमा जन्मोत्सव परेको छ । मंगलबार शाहरुख ५६औँ वर्षमा प्रवेश गरेका छन् । बलिउडमा शाहरुखलाई ‘रोमान्स किङ’ को ट्याग दिइएको छ । उनलाई सम्झाउने नै उनले निर्वाह गरेका विभिन्न रोमान्टिक क्यारेक्टरले हो । यसैले गर्दा उनले एक्सन जनराका निकै कम फिल्म गरेका छन् । यिनै शाहरुखले एक अवार्डमा आफूले पुलिस अफिसरको भूमिका कुनै फिल्ममा पनि निर्वाह नगरेको गुनासो गरेका थिए ।
उनले आफू पुलिसको भूमिकामा देखिने इच्छासमेत जाहेर गरेका थिए । उनी पछिल्लो समय 'पठान' मा स्पाइ एजेन्टको भूमिका भने निर्वाह गरिरहेका छन् । उनको निर्माण तथा अभिनय रहेको फिल्म 'जिरो' असफल भएपछि उनले नयाँ निर्देशक र कथा चयनमा सतर्क छन् ।
पठानपछि शाहरुख साउथ इन्डियन फिल्म निर्देशक इटलीको फिल्ममा काम गर्ने तयारीमा छन् । मार्सल र थेरी जस्ता फिल्म निर्देशन गरेर चर्चामा आएका एटलीको फिल्म कुनै रिमेक नभई ओर्जिनल कथामा हुने बताइएको छ । शाहरुख चाहान्छन्, फिल्म हेरेर दर्शकले पूर्ण रूपमा मनोरञ्जन लिउन् । कोरोना भाइरसको महामारीका कारण यसको काम रोकिएको छ ।
यस्तै , शाहरुखले काम गर्न चाहेको अर्को निर्देशक हुन् राजकुमार हिरानी । केही समय यता उनीहरूले विभिन्न स्क्रिप्टमा छलफल गरेको खबर आउने गरेको छ । यद्यपि, फिल्म गर्ने घोषणा भने भएको छैन । सन् २०१८ मा रिलिज भएको फिल्म ‘सन्जु’ पछि हिरानीले पनि फिल्म निर्देशन गरेका छैनन् ।