२५ मंसिर २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हवाई भाडा बढ्यो, कहाँ जान कति ?

१८ कार्तिक २०७८, बिहीबार ०१:४७

कात्तिक १८, काठमाडौँ | नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको भन्दै आन्तरिक वायुसेवा सञ्चालक हवाई कम्पनीहरूले पनि तिहारमै हवाई भाडा बढाएका छन् । वायुसेवा सञ्चालक संघ नेपालले आयल निगमले प्रतिलिटर १० रुपैयाँ हवाई इन्धनले मूल्य बढाएको भन्दै अहिले काठमाडौंबाट सबैभन्दा लामो दूरीको विमानस्थल रुटमा प्रतियात्रु ४ सय ४० रुपैयाँसम्म हवाई भाडा बढाएका हुन् ।

वायुसेवा प्रदायक कम्पनीहरूले बुधबारदेखि नै लागू हुनेगरी, काठमाडौं–धनगढी रुटमा सबैभन्दा धेरैप्रति यात्रु अहिलेको भन्दा ४ सय ४० रुपैयाँले भाडा वृद्धि गरेका छन् । यसैगरी, काठमाडौंबाट सबैभन्दा कम काठमाडौं– सिमारा छोटो दूरीको रुटमा प्रति यात्रु ९५ रुपैयाँ भाडा वृद्धि गरेका छन् । जसका कारण तिहार र छठका हवाई यात्रु थप मर्कामा पर्ने भएका छन् ।

वायुसेवा सञ्चालक संघले हवाई इन्धनको मूल्यवृद्धि भएसँगै स्वचालित प्रणालीअनुसार हवाई कम्पनीले पनि केही भाडा बढाएको जनाएको छ । संघका अनुसार काठमाडौंबाट पर्वतीय उडानमा अब साबिकको तुलनामा प्रति यात्रु ३ सय ४५ रुपैयाँले भाडा बढेको छ ।

यसैगरी, काठमाडौंबाट झापाको भद्रपुर विमानस्थलका लागि प्रतियात्रु ३ सय रुपैयाँ, काठमाडौं–विराटनगरका लागि प्रतियात्रु २ सय ४० रुपैयाँ, काठमाडौँ–जनकपुरका लागि प्रतियात्रु १ सय ३० रुपैयाँ, काठमाडौँ–भरतपुरका लागि प्रतियात्रु १ सय ५ रुपैयाँ, काठमाडौँ–पोखराका लागि प्रतियात्रु १ सय ५५ रुपैयाँ र काठमाडौं–भैरहवाका लागि प्रतियात्रु २ सय ५ रुपैयाँले हवाई भाडा वृद्धि भएको छ ।

त्यसैगरी, काठमाडौ–नेपालगन्जका लागि प्रतियात्रु ३ सय ३० रुपैयाँ, काठमाडौँ–तुम्लिङटारका लागि प्रतियात्रु १ सय ८५ रुपैयाँ, काठमाडौँ–सुर्खेतका लागि प्रतियात्रु ३ सय ४५ रुपैयाँ र काठमाडौं–राजविराजका लागि प्रतियात्रु २ सय ५ रुपैयाँ भाडा वृद्धि भएको छ ।

वृद्धि भएको नयाँ भाडादरसँगै अब पोखरा–भरतपुरका लागि प्रतियात्रु १ सय १० रुपैयाँ, पोखरा–भैरहवाका लागि प्रतियात्रु १ सय ३० रुपैयाँ, पोखरा–सिमराका लागि प्रतियात्रु २ सय २० रुपैयाँ, पोखरा–नेपालगन्जका लागि प्रतियात्रु २ सय ३५ रुपैयाँ, पोखरा–विराटनगरका लागि प्रतियात्रु ३ सय ५५ रुपैयाँ र पोखराबाट पर्वतीय उडानका लागि प्रतियात्रु ३ सय १५ रुपैयाँ बुझाउनुपर्नेहुन्छ ।

यसैगरी, विराटनगरबाट पर्वतीय उडानका लागि प्रतियात्रु ३ सय २० रुपैयाँ, विराटनगरबाट तुम्लिङटारका लागि प्रतियात्रु १ सय ५ रुपैयाँ बढी तिर्नुपर्ने भएको छ । त्यसैगरी, भरतपुर–भैरहवा रुटका लागि प्रतियात्रु १ सय ३५ रुपैयाँ र रामेछाप–लुक्ला रुटमा प्रतियात्रु साबिकभन्दा ७५ रुपैयाँ इन्धन सरचार्ज बढेको संघले जनाएको छ । 

- यो समाचार राजधानी दैनिकमा छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य दोहोरो करमुक्ति सम्झौता खारेज भएका बारे मौरिससलाई औपचारिक जानकारी आप्रवासन नियममा कडाइ गरे पछि अमेरिकाद्वारा जनवरी देखि ८५ हजार भिसा रद्द वैदेशिक रोजगार विभागमा बिचौलियाको भूमिका खेलेको आरोपमा १३ जना पक्राउ ‘ढुवानीका लागि बाटो प्रयोग गरेकै आधारमा कर उठाउनु कानुनविपरीत’ नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट एनपिएलः काठमाडौँ गोर्खाज टस जितेर ब्याटिङ गर्दै विश्वविद्यालयको कुलपति प्राज्ञिक व्यक्तिलाई बनाउने गृहकार्य भइरहेको छः प्रधानमन्त्री कार्की पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड आंशिक बन्द गरेर विस्तार गरिँदै डिजिटल माध्यमबाट हुने हिंसा न्यूनीकरणका लागि सबै जुटौँः सञ्चारमन्त्री खरेल नागरिकको अपेक्षा र आवश्यकताअनुसार प्रदेश सरकारले काम गर्छ : मुख्यमन्त्री कँडेल ‘स्वस्थ मन, स्वस्थ जीवनः मानसिक स्वास्थ्य सचेतना अभियान’ शुभारम्भ एमालेको महाधिवेशनमा २४६३ जना प्रनिनिधि सहभागी हुने आफ्नो अनुभवलाई प्राधिकरणको हितमा खर्चिने कार्यकारी निर्देशक शाक्यको प्रतिबद्धता निर्धारित समयमा निर्वाचन सम्पन्न गराउन सहयोगका लागि प्रधानमन्त्रीको अनुरोध प्रतिनिधिसभा निर्वाचनलाई अझ मितव्ययी, पारदर्शी र प्रविधिमैत्री बनाउन सरकार लागिरहेको छ :प्रधानमन्त्री कार्की चीनको आवासीय भवनमा आगलागी, १२ जनाको मृत्यु भन्सार एजेन्टको आन्दोलनले जाँच‘पास’ रोकियो बढ्दो भ्रष्टाचारले मानव अधिकार सुनिश्चित गर्ने मार्गमा गम्भीर चुनौती थपेको छः उपसभामुख राना सुनचाँदीको मूल्य बढ्यो