२५ मंसिर २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ट्रायल पास गरेको एक वर्ष बित्दासमेत हातमा छैन लाइसेन्स

१८ कार्तिक २०७८, बिहीबार ०१:५२

कात्तिक १८, काठमाडौँ | सरकारी ढिलासुस्ती र बेवास्ताका कारण सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को परीक्षा उत्तीर्ण गरेका सेवाग्राहीले एक वर्ष बित्दासमेत लाइसेन्स पाउन सकेका छैनन् । सवारी लाइसेन्सको परीक्षा उत्तीर्ण गरेका ७ लाख सेवाग्राहीले एक वर्ष बित्दासमेत स्मार्ट लाइसेन्स पाउन नसकेका हुन् ।

यसअघि, ठूलो मात्रामा स्मार्ट लाइसेन्स छपाइ हुन बाँकी रहेकाले दुई वर्षसम्म सेवाग्राहीले स्मार्ट लाइसेन्स पाएका थिएनन् । कोभिड–१९ कारण परीक्षा नहुँदा संख्या नथपिएसँगै पुराना लाइसेन्सको छपाइसमेत सकिने अवस्थामा पुगे पनि पुनः लाइसेन्स छपाइको काम थुप्रिन पुगेको छ । यातायात व्यवस्था विभागले कोभिडलगायतका कारण कार्ड खरिद गर्न नसकेको वहाना बनाएर गत वर्षको भदौदेखि स्मार्ट लाइसेन्स वितरण बन्द गरेको छ ।

विभागले हालसम्म पनि स्मार्ट लाइसेन्स वितरण गर्न सकेको छैन । विभागले स्मार्ट लाइसेन्स आउन अझै दुई महिनासम्म लाग्ने जनाएको छ । विभागले यसअघि पनि स्मार्ट लाइसेन्स ल्याउने प्रक्रियामा रहेको भन्दै चाँडै आउने बताउँदै आएको छ । विभागले हाल लाइसेन्सको परीक्षा उत्तीर्ण गरेका र नवीकरणका लागि आवेदन दिएका सवारी चालकलाई अस्थायी परीक्षणकालीन लाइसेन्स वितरण गर्दै आएको छ । 

- आजको राजधानी दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य दोहोरो करमुक्ति सम्झौता खारेज भएका बारे मौरिससलाई औपचारिक जानकारी आप्रवासन नियममा कडाइ गरे पछि अमेरिकाद्वारा जनवरी देखि ८५ हजार भिसा रद्द वैदेशिक रोजगार विभागमा बिचौलियाको भूमिका खेलेको आरोपमा १३ जना पक्राउ ‘ढुवानीका लागि बाटो प्रयोग गरेकै आधारमा कर उठाउनु कानुनविपरीत’ नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट एनपिएलः काठमाडौँ गोर्खाज टस जितेर ब्याटिङ गर्दै विश्वविद्यालयको कुलपति प्राज्ञिक व्यक्तिलाई बनाउने गृहकार्य भइरहेको छः प्रधानमन्त्री कार्की पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड आंशिक बन्द गरेर विस्तार गरिँदै डिजिटल माध्यमबाट हुने हिंसा न्यूनीकरणका लागि सबै जुटौँः सञ्चारमन्त्री खरेल नागरिकको अपेक्षा र आवश्यकताअनुसार प्रदेश सरकारले काम गर्छ : मुख्यमन्त्री कँडेल ‘स्वस्थ मन, स्वस्थ जीवनः मानसिक स्वास्थ्य सचेतना अभियान’ शुभारम्भ एमालेको महाधिवेशनमा २४६३ जना प्रनिनिधि सहभागी हुने आफ्नो अनुभवलाई प्राधिकरणको हितमा खर्चिने कार्यकारी निर्देशक शाक्यको प्रतिबद्धता निर्धारित समयमा निर्वाचन सम्पन्न गराउन सहयोगका लागि प्रधानमन्त्रीको अनुरोध प्रतिनिधिसभा निर्वाचनलाई अझ मितव्ययी, पारदर्शी र प्रविधिमैत्री बनाउन सरकार लागिरहेको छ :प्रधानमन्त्री कार्की चीनको आवासीय भवनमा आगलागी, १२ जनाको मृत्यु भन्सार एजेन्टको आन्दोलनले जाँच‘पास’ रोकियो बढ्दो भ्रष्टाचारले मानव अधिकार सुनिश्चित गर्ने मार्गमा गम्भीर चुनौती थपेको छः उपसभामुख राना सुनचाँदीको मूल्य बढ्यो