२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आज गोबद्धन पूजा, थाहा पाउनुहोस् तपाईँको राशिफल

१९ कार्तिक २०७८, शुक्रबार ०२:०४

आजको पात्रो:  आज कात्तिक शुक्लपक्ष प्रतिपदा तिथि । १९ कात्तिक, शुक्रबार । आज गोबद्धन पूजा अर्थात् गाईगोरु पूजा । आजको दिनलाई हलितिहार पनि भनिन्छ । आज म्ह पूजा पनि हो । नेवारी समुदायमा आफनो शरीरको पूजा आफैले गर्ने कार्यलाई म्ह पूजा भनिन्छ । आजदेखि नै नेपाल संवतको नयाँ वर्ष शुरुवात हुने गर्छ ।

आजबाट ११४२ बर्ष प्रारम्भ भएको छ । काठमाडौं उपत्यकाका नेवार समुदायले नेपाल संवतको स्वागत गर्ने गर्छन् । 

आज सूर्योदय बिहान ६:१८ र सूर्यास्त १७:१५ मा हुनेछ । आयुष्मान योग, स्वाती नक्षत्र चन्द्रमा तुला राशिमा रहेको छ । आज बिहान ११:२६ देखि १२:१० सम्म अभिजित मुहूर्त छ । आजको देवता हुन चन्द्रमा ग्रहदेव हुन केतु ।

आज तिहारको चौथो दिन हो । आज गाईगोरुको एकैसाथ पूजा गर्ने गरिन्छ । सनातनशास्त्रमा गाई भनेका माता समान हुन । गोरु किसानको लागि सबैभन्दा सहयोगी हो । त्यसैले आजको दिन गाईगोरुलाई मीठो खानेकुरा खान दिएर पूजा गर्ने प्रचलन छ ।  

आजको राशिफल :

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ)

मेष राशिको जातकको लागि आकस्मिक अर्थ लाभ हुनेछ । दाम्पत्य जीवनमा खुसियाली र सुखद यात्रा हुने संभावना छ । स्वास्थ्यमा ध्यान दिनु आवश्यक छ । मित्रजन र घर परिवारबाट सहयोग मिल्नेछ । 

वृष  (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो)

तपाईँले आजको दिन विगतमा गरेको कामबाट मानसम्मान मिल्नेछ । शत्रुमाथि विजयप्राप्ति हुनेछ । आर्थिक हानी हुनसक्ने छ । त्यसैले आजको दिन खर्च हुने काममा सोच पुर्याउनु होला । मनमा अनेक कुरा खेल्नेछन् । आफूले गरेको गल्तीहरुको समीक्षा गर्नुपर्ने हुन्छ ।  

मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह)

यदि आजको दिन यात्रा गर्न लाग्नु भएको छ भने अलि कष्ट हुनेछ । मनमा अशान्ति छाउने छ । अध्ययन अध्यापनको काममा लाग्नु वेश हुनेछ । नयाँ पुस्तक पढ्ने गर्दा तपाईमा उर्जा प्राप्त हुन्छ । सकारात्मक सोच राखेर अघि बढ्नु राम्रो हुनेछ । 

कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो)

आजको दिन कर्कट राशिका जातकका लागि पारिवारिक समस्याका कारण मनमा अनेक चिन्ता हुनसक्छ । आजको दिन मौन रहनु भलो हुनेछ । कसैसँग पनि वादविवाद गर्दा तपाईको लागि अपजस आउनसक्छ । त्यसैले आजको दिन मेरो लागि यस्तै नियमको पालना गर्नु ठीक छ भनेर सम्झनु होला । 

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे)

आफन्तजनबाट आर्थिक सहयोग प्राप्त हुनेछ । यात्राका समस्या हुनसक्छ ।  मित्रमण्डलीको र परिवारको साथ पाउने योग रहेको छ । तपाईले गर्नुभएको कामबाट सन्तुष्ठ प्राप्ति होला । मनमा अनेन कुरा नखेलाउनु होला । कर्म गरेको छु, फल अवस्थ प्राप्त हुन्छ भन्ने सोचका साथ सकारात्मक सोच लिनु वेश हुनेछ । 

कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो) 

मानसिक असन्तोष, परिवारमा विवाद हुनसक्ने भएकाले परिवारका सदस्य र आफ्ना इष्टमित्रसँग विवाद नगर्नुहोला । कुनै नयाँ काम गर्न आटनुभएको छ भने बाधा आउनसक्छ । आफूले गरिरहेको नियमित काममा खुसी खोज्नुहोस् ।  

तुला ( रा.री.रु.रे.रो.ता.ती.तु.ते)

तपाईले आजको दिन शुरु गरेको काम सफल हुनेछ । चन्द्रमाको साथ छ, त्यसैले तपाईले आज सबैको भलाइ हुने काम गर्दा वेश हुनेछ । सामाजिक काममा लाग्ने गर्नुभएको छ भने मानसम्मान प्राप्त हुनेछ । तपाईको मन समाजको हितको काममा लाग्नेछ ।  

वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु)

आज मेरो समय अनुकुल छैन भन्ने जानेर स्वास्थ्यमा ध्यान दिनुहोला । यात्रामा अनावश्यक समस्या आउनसक्छ । स्वाथ्स्यमा विशेष ख्याल राख्नुहोला । तपाईले समय खर्च गरेर गरेको कामबाट सफलता प्राप्त नहुनसक्छ । त्यसको कारण तपाईमा चिन्ता उत्पन्न हुनसक्छ । 

धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे)

व्यापार ब्यबसायबाट लाभ हुनेछ । सन्तानबाट साथ सहयोग, मित्रमण्डलीबाट नयाँ कार्ययोजना र स्त्रीबाट सहयोग हुनेछ । धनु राशिका जातकको लागि आजको दिन कन्याहरुलाई भोजन र दक्षिणा दिनुभएकामा तपाईको उन्नती र प्रगतिको बाटोहरु खुल्नेछन् । 

मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी)

कार्यसिद्धि हुनेछ । तपाईले गर्नु खोज्नुभएको काममा सफलता प्राप्त हुनेछ । यात्रा गर्नु अघि एकपटक सोच्नुहोला । यदी यात्रा गर्नुछ भने पूर्व तर्फ फर्केर शुरुवात गर्नुहोला । परिवारका सदस्यहरु बीच विवाद हुनसक्छ त्यसैले वादविवादमा नफस्नु होला । 

कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द)

कुभ्म राशिका जातकको लागि स्वास्थ्यसमस्या हुनसक्छ । मनमा अशान्ति जाग्नेछ । यस्तो अवस्थामा तपाई आफूबसेको स्थान नजिकको मठ मन्दिर जा देवालयमा जानु वेश हुनेछ । तपाईका लागि अनावश्यक आरोप पनि लाग्न सक्छ । परिवारका सदस्यहरुले तपाईको कामको अबमूल्यन गर्नसक्छन् । 

मीन (दी.दु.थ.झ.ञ.दे.दो.च.ची)

स्वास्थ्यमा समस्या छ भने निको हुँदै जानेछ । विहान सूर्योदयको दर्शन गर्न उत्तम हुनेछ । परिवारबाट छुट्निु पर्ने हुनसक्छ । आजको दिन तपाईले हरेक कामा सर्तकता अप्नाउनुहोला । आफूले गरेको कामबाट तपाईलाई निकै सन्तुष्ठी मिल्नेछ । त्यसैले कुनै पनि काममा धैर्यताको आवश्यकता रहेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान