५ बैशाख २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

तिहारमा जुवातास खेल्दै हुनुहुन्छ ? यस्तो छ सजायको व्यवस्था

१९ कार्तिक २०७८, शुक्रबार १५:१३

कार्त्तिक १९, काठमाडौं । जुवातास खेल्ने खेलाउने कार्यलाई नेपालको कानुनले अपराधमा राखेको छ।  २०७५ साल भदौदेखि लागु भएको मुलुकी अपराध संहिताको दफा १२५ मा पहिलो पटक जुवा खेल्ने वा खेलाउनेलाई तीन महिनासम्म कैद वा ३० हजारसम्म जरिबानाको व्यवस्था गरेको छ।

दोस्रो पटकमा एक वर्षसम्म कैद वा ५० हजारसम्म जरिबाना तोकिएको छ। दोस्रो पटक सजाय भुक्तान गरेर पक्राउ परेमा हरेक पटक थप तीन महिनासम्म कैद र १० हजार रुपैयाँसम्म जरिबाना तिर्नु पर्ने व्यवस्था छ।

जुवा खेल्न प्रयोग भएको साधन र जुवा खालमा प्राप्त सम्पुर्ण चलअचल सम्पत्ति जफत हुने कानुनी व्यवस्था छ। तर जुवा खेलेको घर वा कोठा वा ठाउँ वा सवारीसाधन भने जफत हुँदैन।


बाजी राख्नेलाई १ वर्षसम्म कैद

कुनै खेलको जित वा हारको पक्षमा बाजी राख्नेलाई पनि कैद र जरिवानाको व्यवस्था छ । कुनै पक्षले जितेमा वा हारेमा कुनै चल अचल सम्पत्ति वा प्रतिफल गुमाउने गरी बाजी राखेमा बाजीको सबै रकम जफत हुनुका साथै संलग्नलाई १ वर्षसम्म कैद र १० हजार जरिवानाको व्यवस्था छ । 

तर, सार्वजनिक महोत्सव, मेला पर्व, प्रदर्शनीमा सरकारी अनुमति लिई थोरै चलअचल सम्पत्ति पाउने वा गुमाउने गरी जुवा खेलाएमा भने त्यसलाई जुवा मानिने छैन । सरकारी अनुमति लिएर चिठ्ठा सञ्चालन गरे पनि कानुन लाग्ने छैन । सरकरको अनुमति विना चिठ्ठा कटाउन पाइने छैन ।

पौने ९ करोडको तास आयात

कानुनले तास खेल्न बर्जित गरेको छ तर मुलुकमा हरेक वर्ष करोडौं रुपैयाँको तास खुलेआम आयात र बिक्री भइरहेको छ ।चालु आर्थिक वर्ष २०७८/७९ को तीन महिनामा मुलुकमा झन्डै ९ करोडको तास आयात भएको छ ।

भन्सार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षको साउन, भदौ र आसोज महिनामा मात्र ८ करोड ७२ लाख ४१ हजारको ४३ लाख ३० हजार प्याकेट आयात भएको छ । यो गत वर्षको सोही अवधिको तुलनामा १६ प्रतिशतले वृद्धि हो । गत वर्ष २०७७/७८ पहिलो तीन महिनामा मुलुकमा ७ करोड ९५ लाख ७० हजारको ३८ लाख १६ हजार ३ सय १७ प्याकेट तास आयात भएको थियो ।

नेपालमा सबैभन्दा धेरै चीनबाट तास ल्याइन्छ । यस वर्षको तीन महिनामा चीनबाट मात्रै ७ करोड ९१ लाखको ३३ लाख ५३ हजार ३ सय ५८ प्याकेट तास आयात भएको छ । त्यसपछि भारतबाट ८१ लाख २७ हजारको ९ लाख ७६ हजार र अमेरिकाबाट एक हजारको ३६ प्याकेट तास आएको छ ।

गत वर्ष भने नेपालले यी तीन मुलुकबाहेक जर्जिया, इजरायल, मलेसियाबाट पनि तास ल्याएको थियो । वार्षिक रुपमा हेर्ने हो भने मुलुकमा २८ करोडभन्दा धेरैका तास भित्रिरहेको छन् ।गत आर्थिक वर्ष २०७७/७८ मा २८ करोड ६२ लाख ६४ हजारको १ करोड ३९ लाख ६९ हजारभन्दा धेरै प्याकेट तास आयात भएको थियो ।

कानुनले तास खेल्न बन्देज गरेको छ तर हरेक पानपसलदेखि ठूला सपिङ महलमा खुलेआम बिक्री भइरहेको छ । नेपाल सरकारको अनुमतिमा क्यासिनोमा जुवा खेल्न र खेलाउन पाइने भए पनि त्यहाँ नेपाली प्रवेश गर्न भने अनुमित दिइएको छैन ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुवै हात गुमाएका प्यालेस्टिनी बालकको तस्बिर २०२५ को विश्व प्रेस फोटो अफ द इयर देशमा केही भएन भन्ने भ्रामक प्रचार बढी भयो : मन्त्री राणा रास्वपाको महाधिवेशन आगामी फागुनमा साउदी राजदूतलाई ब्ल्याकमेल गरेको आरोपमा बङ्गलादेशी मोडल पक्राउ जापानको व्यापार घाटा ३६ अर्ब ६० करोड डलर ढलको पाइप फुटेपछि काठमाडौँस्थित थापाथली करिडोर अस्तव्यस्त अस्ट्रेलियामा बेरोजगारी दर वृद्धि मौसम खराबीका कारण हवाई उडान प्रभावित राष्ट्रिय परीक्षा बोर्डले एसइईको कापी परीक्षण र १२ को परीक्षामा सहयोग गर्न आग्रह गरे लेदो सहितको पहिरोले अरनिको राजमार्ग अवरुद्ध दुई वटा मोटरसाइकल एकआपसमा ठोकिँदा एक जनाको मृत्यु र दुई जना घाइते राप्रपाले वैशाख ७ गते सरकारले निषेधित क्षेत्र घोषणा गरेका ठाउँमा प्रदर्शन गर्ने बिहीबार नेप्सेमा साढे २६ अंकको वृद्धि रास्वपा बैठक जारी माधव नेपालले इतिहासको पाङ्ग्रा पछाडि नफर्कने बताए संघीयता र संसदीय अभ्यासलाई केन्द्रमा राखेर सातै प्रदेशका उपसभामुखको सम्मेलन सुरु पार्टी बैठकमा शेरबहादुर देउवाले भने- सरकारको कार्यसम्पादनबारे प्रधानमन्त्रीसँग कुरा गर्छु आज मध्यमदेखि भारी वर्षा, सतर्कता अपनाउन महाशाखाको अनुरोध काठमाडौँ महानगरपालिकाले कवाड संकलन केन्द्रमा डोजर चलाए ७ तोला ९६ लाल सुनसहित स्याङजाका प्रदीप अर्याल पक्राउ