१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राजतन्त्र चाहिए राजनीतिमा आउन पूर्वराजा ज्ञानेन्द्रलाई देउवाको चुनौती

२४ कार्तिक २०७८, बुधबार ०८:००

कात्तिक २४, काठमाडौं | प्रधानमन्त्री शेरबहादुर देउवाले गणतन्त्र र संविधान विरोधीसँग सतर्क हुनुपर्ने बताएका छन् ।

संसारकै समावेशी संविधान बनेको भन्दै प्रधानमन्त्री देउवाले गणतन्त्रको खिलापमा अनेक गतिविधि भइरहेको भन्दै यसमा सबैले ध्यान दिनुपर्ने बताए ।

गणेशमान स्मृति शान्ति प्रतिष्ठानको कार्यक्रमलाई बुधबार सम्बोधन गर्दै उनले पछिल्लो समय देशमा राजतन्त्र पुनर्स्थापनाको कुरा आएको भन्दै गणतन्त्र राजा ज्ञानेन्द्रले नै ल्याएको जिकिर गरे । देउवाले राजतन्त्र चाहिए राजनीतिमा आउन पूर्वराजा ज्ञानेन्द्र शाहलाई चुनौती पनि दिए ।

'अब कुरा आयो राजतन्त्र पुनर्स्थापना गर्ने । गणतन्त्र राजा ज्ञानेन्द्रले नै ल्याएको हो, हामीले कहाँ ल्याएको हो र?' देउवाले भने, 'मैले सरकार सबै चढाउँछु, जे पनि चढाउन तयार छु । तर प्रजातन्त्रविरुद्ध जान सक्दिनँ सरकार भने । तर मलाई थुन्दियो । त्यसकारण एकाएक जनता तातिए । प्रजातन्त्र आइसकेको देशमा । प्रजातन्त्रको पक्षमा गइसकेको छ, त्यसकारण जनता आए । अन्तिम लडाइँ लडे । गणतन्त्र आयो । संविधान बन्यो ।'  


गणतन्त्र र संविधानको खिलापमा मान्छे लाग्न सक्ने, सहयोग गर्न सक्ने तथा अनेक गर्न सक्ने भन्दै उनले यसमा आफूहरुले ध्यान दिनुपर्ने बताए । राजतन्त्र चाहिए राजनीति गरे भइहाल्यो नि भन्दै देउवाले थपे, 'यसकारण प्रजातन्त्रको विकल्प प्रजातन्त्र नै हो । उनीहरु चुनाव लडे भइहाल्यो नि, चुनाव लड्न नसक्ने अनि प्रजातन्त्रको खिलाफ भनेर हुन्छ ? त्यसकारण प्रजातन्त्रको विकल्प प्रजातन्त्र नै हो । अरु केही हुन सक्दैन । अहिले राम्रो संविधान छ । सबैको अधिकार समेटेको छ । केही समस्या छन् भने त्यसलाई हामीले प्रजातान्त्रिक तरिकाबाटै मिलाउनुपर्छ ।'

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक