२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

१९ विषयमा निःशुल्क सीपमूलक तालिम हुँदै, कसरी दिने अनलाइन आवेदन हेर्नुस

२४ कार्तिक २०७८, बुधबार १०:०६

कार्तिक २४, काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको लघु, घरेलु तथा साना उद्योग प्रवर्द्धन केन्द्रले विभिन्न १९ विषयमा निःशुल्क सीपमूलक तालिम सञ्चालन गर्ने भएको छ ।केन्द्रले वार्षिक कार्यक्रम अनुसार चालु आ.व. २०७८/७९ को दोस्रो त्रैमासिकमा देशमै उद्यम वा व्यवसाय गर्न इच्छुकका लागि विभिन्न विषयमा सीपमूलक तालिम सञ्चालन गर्न लागेको हो ।

हालै एक सूचना जारी गर्दै केन्द्रले इच्छुक व्यक्तिले मंसिर १ गतेसम्म अनलाइन आवेदन पेश गर्न अनुरोध गरेको छ । देशको जुनसुकै स्थानबाट पनि आवेदन दिन सकिने केन्द्रले जनाएको छ ।

कुन-कुन विषयमा हुँदैछ तालिम ?

प्याट्रन सिलाई (बेसिक, एडभान्स), व्युटिसियन (बेसिक, एडभान्स), मोटर वायन्डिङ्ग, प्लम्बिङ्ग, मोबाइल मर्मत, मोटरसाइकल मर्मत, अटोमेकानिक्स (गाडी मर्मत), कम्प्युटर मर्मत (हार्डवेयर), बेकरी बेसिक, हाउस वायरिङ्ग, खाद्य प्रशोधन, उद्यमशीलता विकास, फेसन डिजाइन, मेसिन इम्ब्रोइडरी, कृष्टल सामाग्री, कफी वारिष्टा एवं हाते इम्बोइडरी तालिम रहेका छन् ।

यस केन्द्रको वेबसाइट http://www.mcsipc.gov.com/ मा गएर आवेदन पेश गर्न सकिनेछ । उक्त वेबसाइटमा आवेदकको योग्यता, अनलाइन आवेदन पेश गर्ने तरिका एवम् अन्य विस्तृत विवरण उपलब्ध गराइएको छ ।





प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा