२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पूर्वसांसद फुयाँलसहित तीन नेताले दिए नेकपामालेबाट राजीनामा

२०७८, २५ कार्तिक बिहीबार ०८:२८

कात्तिक २५, खोटाङ | नेकपा (माले)का पोलिटब्यूरो सदस्य एवं खोटाङका पुर्वसांसद कुलप्रसाद फुयाँलसहित तीन जनाले पार्टीबाट राजीनामा दिएका छन् । पार्टी नेतृत्वप्रति असहमति जनाउँदै पूर्वसांसद फुयाँल, नेकपाका केन्द्रीय सदस्य श्यामराज राई र कारीप्रसाद यादवले पार्टीको सदस्य र सम्पूर्ण जिम्मेवारीबाट मुक्त हुने गरी राजीनामा दिएका हुन् । एमालेबाट राजीनामा दिने फुयाँल प्रदेश कमिटी सचिव पनि हुन् । 

नेतृत्वले पार्टीभित्रका जायज सुझाव र फरक मतलाई निषेध गर्ने नीति अवलम्वन गर्दै आएको, पार्टीभित्र उठ्ने आलोचनालाई पूर्वाग्रही ढंगले हेर्दैआएको अवस्थामा केही समयअघि केपी ओली नेतृत्वको सरकारले गरेको प्रतिनिधिसभा विघटन जस्तो असंवैधानिक कदमलाई परोक्ष रुपमा सहयोग र समर्थन गर्ने नीति अवलम्वन गरेर गलत कदमलाई नै निरन्तरता दिने कार्य गरेको आराेप लगाउँदै तीन नेताले पार्टी सदस्य र सम्पूर्ण जिम्मेवारीबाट मुक्त हुने गरी राजीनामा दिएका हुन् । अर्का केन्द्रीय सदस्य शंकर पोखरेलले पनि अलग्गै राजीनामा बुझाएका छन् । 


पार्टी महाधिवेशनद्धारा पारित विचार, दृष्टिकोण र कार्यनीतिका सम्बन्ध लिएका दृष्टिकोणहरुलाई पार्टीको मुल नेतृत्वले विवादास्पद र स्वेच्छाचारी रुपमा आफुखुसी व्याख्या विश्लेषण गर्दै आएको केन्द्रीय कमिटी सचिवलाई बुझाइएको राजीनामा पत्रमा उल्लेख छ । ‘खासगरी नेपालको संविधानमा उल्लेखित महत्वपूर्ण अन्तरवस्तु, संघीयता, धर्मनिरपेक्षण, गणतन्त्रलगायत अधिकारका विषयमा दुविधापूर्ण दृष्टिकोणहरू अलवम्बन गर्दैआएको छ,’ राजीनामा पत्रमा भनिएको छ, ‘यी दृष्टिकोणहरू पार्टीको गत महाधिवेशनले पारित गरेको नीति, विचार, दृष्टिकोण र कम्युनिष्ट पार्टीले वर्तमान परिवेशमा लिनुपर्ने अग्रगामी दृष्टिकोण २०६२/०६३ को जनआन्दोलनको जगमा टेकेर अगाडि बढ्नुपर्नेमा सोभन्दा भिन्न रुपमा पुरातनवादी २०१७ साले दृष्टिकोण अगाडि सार्दैआएको छ, जसको कारणले पार्टीको विकास अवरुद्ध हुँदैआएको छ ।’ 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो