२९ चैत्र २०८१, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मेष राशिलाई रोजगारीमा सफलता, सिंह राशिलाई आफन्तबाट आर्थिक सहयोग प्राप्त हुने, हेर्नुहोस् आजको राशिफल

२७ कार्तिक २०७८, शनिबार ०१:४९

कात्तिक २७, काठमाडौं | आजको पात्रो : २७ कात्तिक, शनिबार । तद्अनुसार १३ नोभेम्बर । (नेपाल संवत ११४२ कछलाथ्व) कात्तिक शुक्ल पक्ष नवमी तिथि, आज कुष्माण्ड नवमी परेको छ ।  बिहान ९ बजेर ३९ पछि दशमी तिथि लाग्नेछ । शतभिषा नक्षत्र ब्याघात योग र चन्द्रमा कुम्भ राशिमा छ ।  बागमती प्रदेशको हेटौ‌डामा रहेको कुष्माण्ड सरोबरमामा आज मेला लाग्ने गर्दछ । आज बिहान सूर्योदय ६:२४ र सूर्यास्त १७:११ मा हुनेछ ।  

शनिबारको दिन शनिदेवको उपायको लागि उत्तम दिन हो । शनिबारको दिन फलामका सामान खरिद गर्नु हुँदैन । अन्य बार खरिद गरेर ल्याएको छ भने शनिबार दान गर्न सकिन्छ । आजका देवता बायु र ग्रहदेव शुक्र हुन ।

आजको राशिफल 

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ)

रोजगारीको क्षेत्रमा सफलता हात लाग्नेछ । व्यापारबाट लाभ प्राप्त हुनेछ । सन्तानबाट साथ सहयोग प्राप्त हुनेछ । स्त्रि जातिबाट प्राप्त हुने सहयोगले तपाईँको कार्ययोजना सफल हुनेछ ।

वृष  (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो)

व्यापारव्यवसायमा सोचेअनुसार नहुनसक्छ । त्यसैले आजको दिन व्यापारबाट फाइदा नहुँदा पनि त्यति निराश नहुनु होला । आजको दिन तपाईँको मन, बचन र कर्म सकारात्मक हुन जरुरी छ । सकारात्मक सोचले मात्र तपाईँले आफ्नो दैनिक कार्य आफूभन्दा ठूला व्यक्तिबाट प्राप्त आशीर्वादले अगाडि बढ्नसक्नुहुन्छ ।

मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह)

मनमा अनेक कुरा खेल्नेछ । परिवार र आफन्तजनहरुले तपाईमाथि अनेक आरोप लगाउन सक्नेछन् ।  समय कष्टकर हुनेछ, मनमा निराशा उत्पन्न हुनसक्छ । त्यसैले आजको दिन सकारात्मक सोच राखेर काम गर्नुभयो भने मात्र खुसी हुनसक्नु हुनेछ ।   

कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो)

आजको दिन मनमा अशान्त र निराशा उत्पन्न हुनसक्छ । पारिवारिक तनावका कारण मनमा अनेकखालका समस्या आउनसक्छ । कर्कट राशिका जातकले कसैसँग विवाद र झगडा नगर्नुहोला । आजको दिन कसैसँग विवाद भयो भने तपाईँ र तपाइँसग विवाद गर्ने दुवै व्यक्तिको हानी हुनसक्छ । आकस्मिक घाटा पनि हुनसक्छ ।  

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे)

आफन्तजनबाट आर्थिक सहयोग प्राप्त हुनेछ । यात्राका समस्या हुनसक्छ । त्यसैले यात्रा गर्नुभन्दा पहिले राहुकाल छलेर शुभ साइतमा यात्रा गर्नुहोला । दाम्पत्य जीवनमा सुख प्राप्त हुनसक्छ । स्वास्थ्यमा समस्या देखिएको भएपनि क्रमिक सुधार हुनेछ ।

कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो)

मनमा चिन्ता हटदै जानेछ । तपाईको कारण आफन्तसँग सम्बन्ध विग्रन सक्छ । स्वास्थ्यमा प्रतिकुल असर पर्ने देखिन्छ । अध्ययन अध्यापनबाट सफलताप्राप्त हुनेछ । कन्या राशिका जातकले आज स्त्रि जातिको साथ सहयोगबाट कार्य गर्दा सफलता प्राप्त हुन्छ । घरका महिला सदस्यलाई उपहार दिनु राम्रो हुनेछ ।

तुला ( रा.री.रु.रे.रो.ता.ती.तु.ते)

तपाईँले आजको दिन सुरु गरेको काम सफल हुनेछ । तपाईँको कार्यमूलक यात्रा हुनेछ । कुनै कामको शुरुवात गर्नुभएको छ भने त्यो कामको सम्पादन पूरा गर्न मेहनतपूर्वक लाग्नु होला । कलाकारितामा र रचनात्मक काममा मन जानेछ । स्त्रिसँग विवाद हुनसक्छ, त्यसैले आजको दिन अलि होसियारी अप्नाउनु पर्ला ।  

वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु)

पारिवारिक समस्याका कारण मनमा अनेक चिन्ता र भय उत्पन्न हुनसक्छ । यात्राको सम्भावना पनि छ । यात्रा गर्दा सूर्योदयभन्दा पछि र सूर्यास्तभन्दा पहिले यात्रा समापन गर्नुहोला । आजको दिन सकेसम्म कसैसँग विवाद हुने कुरा नगर्नुहोला । तपाईँलाई विवादबाट हानी मात्र हुनेछ ।

धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे)

आजको दिन आकस्मिक धनलाभ हुनेछ । ग्रह बलिया भएका छन् । त्यसैले आजको दिन तपाईँले सोचअनुसारको काम हुनेछ । सन्तानबाट सुख र स्त्रीजातिको साथ सहयोगले तपाईँले राम्रो काम गर्नुहुनेछ । यात्रामा सफलता मिल्नेछ । यात्रा गर्दा प्रयोजनमूलक यात्रा मात्र गर्नुहोला । अनावश्यक यात्राले समय, धन खर्च र मनमा चिन्ता मात्र बढ्ने छ ।  

मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी)

तपाईँले गरेको कामबाट सम्मान मिल्नेछ । आफन्तजनको सहयोगले मनमा हर्ष प्राप्त हुनेछ । आजको दिन लक्ष्मीको आरधनाले तपाईलाई मनमा प्रसन्नता छाउनेछ । विगतदेखि गर्दै आएको कामबाट मान सम्मान प्राप्त हुनेछ । दुःखका कुरा कम र हर्षका कुरा बढी गर्नु होला आजको दिन ।   

कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द)

कुम्भ राशिका जातकले आजको दिन सोचअनुसारको काम  र शत्रुमाथि विजयप्राप्ति हुनेछ ।  ग्रहहरु बलवान भएका छन् । सामाजिक सेवा गर्दा मानसम्मान मिल्नेछ । आजको दिन घर नजिकको मन्दिरमा दर्शन गर्नुभयो भने तपाईमा थप उर्जा मिल्नेछ । दाम्पत्य जीवनमा सुख, समृद्धि प्राप्त हुनेछ। चन्द्रमा बलबान भएका बेला तपाईँले सोचअनुसारको काम गर्दा सफलता प्राप्त हुन्छ ।  

मीन(दी.दु.थ.झ.ञ.दे.दो.च.ची)

अनावश्यक यात्राको प्रस्ताव आउनसक्छ । त्यसैले मीन राशिका जातकले आजको दिन अध्ययन अध्यापन र आफ्नो काममा मात्र ध्यान दिनुहोला । आजको दिन यात्रा गर्दा धन, समय खर्च हुँदा मनमा निराशा छाउने छ । त्यसैले आजको दिन सकेसम्म यात्रा नगर्नुहोला ।  साँझपख शिवालयमा जाँदा मीन राशिका भएकालाई अध्यापन, लेखनमा रुचि बढ्नेछ । अध्येतासँग छलफल गर्दा मनमा प्रसन्नता छाउने छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युरोप रोजगारको मागपत्र प्रमाणीकरण एक महिनाभित्रै सुरु हुने, व्यक्तिगत श्रमस्वीकृतिमा लगाम लगाइने दाउन्नेमा ट्राफिक व्यवस्थापन गर्न डेढ सय बढी सुरक्षाकर्मी परिचालन गृहमन्त्री लेखकले राजावादीको हिंसात्मक प्रदर्शन घटनामा संलग्नहरूलाई पक्राउ गर्ने क्रम जारी रहेको बताए उत्तरी चीनमा मानिसलाई घरभित्रै बस्न अपिल गरियो, वीरगन्जमा १७ जना बालकको उद्धार विष्णुप्रसाद पौडेलले एमालेलाई कमजोर बनाउने प्रतिक्रियावादीको योजना चिर्नु सबै कार्यकर्ताको दायित्व हो भने राजावादी आन्दोलनका क्रममा भएको क्षतिमध्ये पाँच करोड बराबरको बीमा दाबी दुर्गा प्रसाईंलाई १२ दिन थुनामा राखेर अनुसन्धान गर्ने केपी शर्मा ओलीले राजतन्त्रले जनताका लागि केही नगरेको टिप्पणी गरे उच्च अदालतको आदेश बदर गर्न माग गर्दै रविले हाले सर्वोच्च अदालतमा निवेदन गगन थापाले आन्दोलनरत शिक्षकका केही माग कानून नबनाइ छिट्टै हल गर्न सकिने बताए निर्माण क्षेत्रमा काम गर्ने श्रमिकको निःशुल्क स्वास्थ्य परीक्षण पूर्वराजालाई संसदीय समिति बैठकमा बोलाउनुपर्ने जीवन परियारको माग भृकुटीमण्डपमा दुई-पांग्रे एक्सचेन्ज महोत्सव ‘यामाहा ब्लु फेस्ट’ सुरु सञ्चार तथा सूचना प्रविधिमन्त्रीले संविधान संशोधन, सुशासन र अर्थतन्त्र चलायमान बनाउने काम भइरहेको बताए तीन महिने शिशु बोकेर भागेकी युवती पक्राउ भक्तपुरको बिस्केट जात्राको आज दोस्रो दिन, भैरव र भद्रकालीको रथमा पूजाआजा नेपाल दूरसञ्चार प्राधिकरणले देशभरका सबै वडा-वडामा इन्टरनेट सेवा पुर्‍याउँदै उद्योगमन्त्रीले नेपाली उद्योगहरुले उत्पादन गरेका वस्तुहरुको पहिलो बजार घरेलु बजार भएको बताए सेनाका अधिकृत क्याडेटलाई प्रधानमन्त्रीले खुकुरी प्रदान गरे